रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
दैलख, ५ चैत । नेपाल मजदुर किसान पार्टी, दोस्रो आठबिस नगर सम्मेलन शनिबार सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार राकम कर्णालीमा भएको बन्दसत्रबाट जयबहादुर सिजापतिको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।
शनिबार आयोजित शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा पार्टी कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले निर्वाचनमा को को लड्ने भन्दा घोषणापत्रमा के के उल्लेख गर्ने भन्नेमा पार्टीको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन घोषणापत्रको लडाइँ भएको भन्दै पार्टीको सिद्धान्त तथा नीतिअनुसारको स्थानीय तहको घोषणापत्र तयार हुनुपर्ने भन्दै जनताबीच गएर घोषणापत्र तयार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले अयोग्य व्यक्तिलाई निर्वाचित गर्नुको अर्थ नभएको भन्दै माक्र्सवादी सिद्धान्तको हतियार बोकेरमात्र नेमकिपाका कार्यकर्ताले पुँजीवादी पार्टीविरुद्ध लड्न सक्ने विचार राख्नुभयो । निर्वाचनको उपयोग गर्नुको अर्थ पुँजीवादी व्यवस्थामा रम्ने नभएर प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त बनाउन जनतालाई तयार गर्नु उहाँको तर्क थियो । प्रजातान्त्रिक केन्द्रियताको सिद्धान्तअनुसार पार्टीका हरेक समितिको सञ्चालन हुनुपर्ने भन्दै हरेक कार्यकर्ताले पार्टीले जनताबीच गएर सिक्नुपर्ने धारणा राख्नुभयो ।
युक्रेनको युद्ध संरा अमेरिकी साम्राज्यवाद र रुसबीचको युद्ध भएको भन्दै रुसलाई ध्वस्त बनाएर चीनमाथि हमला गर्न युक्रेनलाई मोहडा बनाउन खोजिएपछि रुसले पहिल्यै युक्रेनमाथि आक्रमण गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले नेमकिपाले विजय प्राप्त गरेका स्थानीय तहहरूमा प्रतिनिधिहरूले इमानदारीसाथ काम गरिरहेको धारणा राख्नुभयो । उहाँले कम्युनिस्टहरू सबभन्दा बढी सक्रिय र अनुशासित हुने भन्दै देश र जनताको स्वार्थभन्दा कम्युनिस्टको अरू कुनै स्वार्थ नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा इन्जिनियर समाज नेपालका केन्द्रीय उपाध्यक्ष नरेश खत्रीले एमसीसी सम्झौता पारित गर्ने पार्टीहरूलाई देशघातीको रूपमा जनताबीच नङ्ग्याउनुपर्ने विचार राख्नुभयो । उहाँले देशको सार्वभौमिकता खतरामा परेको उल्लेख गर्दै देशभक्त जनता एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समितिका सदस्य सौरी कामी, लालबहादुर कठायत, लोमन बडुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीलाई नेमकिपाका केन्द्रिय सदस्य सरोजराज गोसाईले पार्टीको विधानअनुसार शपथग्रहण गराउनुभएको थियो ।
Leave a Reply