रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काभ्रे, ५ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति काभ्रेको आयोजनामा शनिबार विद्यार्थी भेला भयो
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् जिल्ला समिति काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले इतिहासमा केही विद्यार्थी नेतृत्वले पद र सस्तो लोकप्रियताको कारण धोका दिएको र जिल्लामा विद्यार्थी सङ्गठनको गतिविधिमा कमी आएकोले अबको नेतृत्व सचेत हुनुपर्ने बताउनुभयो ।
जिम्मेवारी बहन गर्नको लागि योग्य हुनुपर्ने र जिम्मेवारी दिँदा निजको व्यक्तित्व कस्तो छ भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
विद्यार्थीविना कुनै पनि आन्दोलन अघि बढ्न नसक्ने भएकोले सिक्ने सिकाउने काममा लाग्न सुझाउँदै उहाँले नेमकिपाले जनतालाई सचेत र सङ्गठित गर्दै समाजवादी बाटोमा अघि बढेको कुरा नयाँ पुस्तामा लैजानुपर्ने जिम्मा विद्यार्थी सङ्घको भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसीको आलोचनात्मक विरोध गर्ने सबै विकासविरोधी होइन । एमसीसी सम्झौता देशघाती भएकोले एमसीसीको पक्षमा बोल्नेहरू सबै देशद्रोही हुन् ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङले देशघाती एमसीसी स्विकार्नुले निकट भविष्यमा अमेरिकाले नेपाललाई नाटोमा समेट्ने र नेपाली सेनालाई भाडाको सेनाको रूपमा प्रयोग गर्ने भएकोले समयमै सचेत र सङ्गठित हुनु आवश्यक भएको बताउनुभयो ।
विद्यार्थी सङ्गठनहरू चलायमान बनाउन विद्यार्थी साथीहरूले निरन्तर गतिविधि सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भारतीय विस्तारवादले दार्चुला जिल्लाको महाकाली नदीको सीमामा भारतले विनाअनुमति पक्की बाँध बाँधेर नदीको बहाव नेपालतर्फ फर्काएको घटनाप्रति नेक्राविसङ्घले विरोध गरिरहेको उहाँले बताउनुभयो ।
पँुजीवादी शिक्षाले सस्तो ज्यामी मात्रै तयार गर्ने भएकोले उत्पादन श्रमसँग जोडिएको समाजवादी शिक्षाका लागि निरन्तर सङ्घर्ष गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोजक समितिका उपाध्यक्ष तारा तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा तारा न्यौपाने, रमेश तामाङ, स्वस्तिका तामाङ र कोपिला लामा तामाङले पनि बोल्नुभएको थियो ।
भेलाले सेमसल तामाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
Leave a Reply