भर्खरै :

अमेरिकाले विश्वलाई आफ्नो इमानदारी देखाउने चीनको अपेक्षा

पेइचिङ, १९ मार्च (सीआरआई) । “हामीले चीन–अमेरिका सम्बन्धको विकासलाई सही बाटोमा मात्रै अघि बढाउने मात्रै होइन, उचित अन्तर्राष्ट्रिय जिम्मेवारी पनि वहन गर्नुपर्छ र विश्व शान्तिको लागि प्रयास गर्नुपर्छ ।”, पैचिङ समय अनुसार १८ तारिखको साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडियो वार्ताका क्रममा उक्त कुरा बताउनुभएको हो । उहाँको भनाइले प्रमुख देशका नेताको राजनीतिक बुद्धिमत्ता र जिम्मेवारी झल्किएको छ ।
सन् २०२१ नोभेम्बरमा चीन र अमेरिकाका राष्ट्र प्रमुखहरूबीचको भिडियो बैठकपछिको यो दोस्रो शीर्ष नेतास्तरीय ‘क्लाउड आदानप्रदान’ थियो । चार महिनापछि अन्तर्राष्ट्रिय परिस्थितिमा ठूलो परिवर्तन आएको छ । महत्वपूर्ण क्षणमा चीन र अमेरिकाका नेताहरूले चीन–अमेरिका सम्बन्ध र युक्रेनको अवस्था जस्ता साझा चासोका विषयहरूमा स्पष्ट र गहिरो विचार आदानप्रदान गर्न फेरि भिडियो वार्ता आयोजित गरेका हुन् । यो दुवै देश र विश्वका लागि ठूलो महत्वको विषय हो ।
यस पटकको वार्तामा राष्ट्रपति बाइडेनले आफ्नो प्रतिबद्धता दोहो¥याउनुभयो । यस सन्दर्भमा राष्ट्राध्यक्ष सीले ‘महान महत्व’ बारे विचार व्यक्त गर्नुभयो र चीन–अमेरिका सम्बन्धको वर्तमान अवस्था ‘सीधा अमेरिकाका केही व्यक्तिहरूले दुई पक्षबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न नसकेको कारणले’ भएको औँल्याउनुभयो । “राष्ट्रपति महोदयको सकारात्मक भनाइलाई व्यवहारमा उतारिएको छैन, अमेरिकाले चीनको रणनीतिक नियतलाई गलत तरिकाले बुझेको छ र गलत अर्थ लगाएको छ ।”, राष्ट्राध्यक्ष सीले भन्नुभयो ।
तीमध्ये थाइवान मुद्दा चीन–अमेरिका सम्बन्धमा सबैभन्दा जटिल र संवेदनशील मुद्दा हो । हालको अमेरिकी प्रशासनले बारम्बार ‘एक चीन नीति’ लाई कायम राख्ने वाचा गरेको छ । तर, उसले जे गरेको छ त्यो ठीक उल्टो दिशामा गएको छ, यसले थाइवान जलडमरु क्षेत्रको शान्तिलाई गम्भीर रूपमा कमजोर पारेको छ, चीन र अमेरिकाबीचको तनावलाई बढाएको छ । भेटमा राष्ट्राध्यक्ष सीले अमेरिकाका केही व्यक्तिहरूले ‘थाइवान स्वतन्त्रता’ का शक्तिहरूलाई गलत सङ्केत पठाएको छ, ‘यो धेरै खतरनाक छ’ र थाइवान मुद्दालाई सही ढङ्गले सम्हालिएन भने यसले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्ने कुरामा पनि जोड दिनुभयो ।
यस पटकको वार्तामा राष्ट्राध्यक्ष सीले फेरि एक पटक ‘अन्तर्राष्ट्रिय जिम्मेवारी’ को बारेमा कुरा गर्नुभयो र युक्रेन सङ्कटलाई सम्बोधन गर्न चीनको अडान दोहो¥याउनुभयो । राष्ट्राध्यक्ष सीले युक्रेनी सङ्कटको समाधानका लागि वार्ता जारी राख्ने, नागरिक हताहत हुनबाट जोगाउनु पर्ने, मानवीय सङ्कटलाई रोक्ने र युद्धलाई चाँडै नै रोक्नु जरुरी रहेको औँल्याउनुभयो । वार्तामा अमेरिकी पक्षले स्थिति तनावपूर्ण हुन नदिन चिनियाँ पक्षसँग संवाद गर्न इच्छुक रहेको बताएको छ ।
‘स्थिर र विकासशील चीन–अमेरिका सम्बन्ध दुबै पक्षका लागि लाभदायक छ ।’ दुई राष्ट्र प्रमुखको सहमति अनुसार, यस पटकको भिडियो वार्ता रचनात्मक छ । यो आशा छ कि अमेरिकाले आफ्नो वचनलाई व्यवहारमा पालना गर्नेछ र दुई राष्ट्र प्रमुखहरूबीच भएको सहमतिलाई कार्यान्वयन गर्न र राष्ट्रपति बाइडेनको राजनीतिक प्रतिबद्धता पूरा गर्न ठोस कदम चाल्नेछ ।
दुई जना राष्ट्रानायकले चीन–अमेरिका सम्बन्ध र युक्रेन परिस्थितिलगायत साझा अभिरूचिका विषयबारे खुला तथा गहिरोरूपमा वैचारिक आदानप्रदान गर्नुभएको छ ।
बाइडेनले अमेरिकाले चीनसँग नयाँ शीत युद्ध गर्न नचाहेको बताउँदै चीनको व्यवस्थाको परिवर्तन गर्न नखोज्ने र गठबन्धनलाई बढाएर चीनको विरोध गर्न नचाहेको बताउनुभयो । थाइवान स्वतन्त्रताको समर्थन नगर्ने भन्दै चीनसँग द्वन्द्व गर्ने मनसायसमेत नभएको व्यक्त गर्नुभयो । अमेरिकाले चीनसँग खुला वार्ता गरी सहयोगलाई बढाएर एक चीनको नीतिमा अडिग सही अमेरिका–चीन सम्बन्धको स्थिर विकासलाई प्रवद्र्धन गर्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो । आफूले राष्ट्राध्यक्ष सीसँग घनिष्ठ सम्पर्क राखेर अमेरिका–चीन सम्बन्धलाई दिशानिर्देश गर्ने इच्छा लिएको बाइडेनले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *