रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, २० मार्च । चीनका राष्ट्रपति सी चिनफिङले युक्रेन सङ्कट पछाडिका कारण समाधान गर्न रूससँग संवाद गर्न संरा अमेरिका र नाटोलाई आग्रह गर्नुभएको छ । शुक्रबार संरा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भिडियो बैठकमा उहाँले मनपरी थोपरिएको नाकाबन्दीको विरोध गर्नुभयो ।
“युक्रेन सङ्कट हामीले देख्न चाहेको घटना होइन । यी घटनाले फेरि एकपटक देशहरू लडाईंको मैदानमा भेट्ने बिन्दुमा पुग्न नहुने देखाएको छ । द्वन्द्व र लडाईं कसैको पनि हितमा छैन । शान्ति र सुरक्षा नै अन्तर्राष्ट्रिय समुदायले सबभन्दा महत्व दिने कुरा हुन्”, सीले भन्नुभयो ।
बैठकमा बाइडेनले संरा अमेरिका नयाँ शीतयुद्धको पक्षमा नरहेको, चीनको राजनीतिक प्रणाली बदल्न नचाहेको, चीनविरूद्ध कसैसँग मोर्चाबन्दी बलियो बनाउन नचाहेको, ‘ताइवान टुक्र्याउन’ अथवा चीनसँग द्वन्द्व नचाहेको बताएपछि सीले ती प्रतिबद्धतालाई आफूले निकै गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
चीन–संरा अमेरिका सम्बन्धबारे सीले दुई देशको सम्बन्धमा अहिलेको अवस्थाको प्रत्यक्ष कारण संरा अमेरिकाका केही मानिसले दुई देशका राष्ट्रपतिबीच भएको महत्वपूर्ण साझा सहमतिलाई पछ्याउन नचाहेको र बाइडेनका सकारात्मक अभिव्यक्तिअनुसार काम नगरेको बताउनुभयो । संरा अमेरिकाले चीनको रणनीतिक मनसायलाई गलत ढङ्गले बुझ्नुका साथै न्यूनाङ्कन गरेको उहाँको भनाइ थियो ।
झन्डै दुई घण्टा चलेको बैठकमा दुवै नेताहरूले दुईपक्षीय सम्बन्धलाई सही पथमा फर्काउन दुवै पक्षका कार्यदललाई मूर्त कदम चाल्न आग्रह गर्नुभयो । दुवै पक्षले युक्रेनी सङ्कट समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवै नेताहरूले बैठक रचनात्मक भएकोमा सहमति जनाउनुभयो ।
बैठकमा राष्ट्रपति सीले युक्रेनी सङ्कटको विषयमा मात्र कुरा नगरी बृहत् विषयमा आफ्ना धारणा राख्नुभयो ।
उहाँले सुरक्षा र कूटनीतिबारे समग्र धारणा राख्नुका साथै आफ्ना सिद्धान्तमा जोड दिनुभएको चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्येता लु सियाङले भने ।
युक्रेन सङ्कटबारे राष्ट्रपति सीको भनाइले प्रस्टरूपमा चीनको धारणा राख्नुका साथै उच्च तहमा उभिएर युक्रेन र रूसबीच, संरा अमेरिका, नाटो र रूसबीच शान्ति वार्ताको निम्ति उत्साहित गर्नुभएको अध्येता लुले भन्नुभयो । उहाँले केही संरा अमेरिकी वरिष्ठ अधिकारीहरूले चीनमाथि आक्रामक दबाब दिए पनि चीनको गतिलाई कति पनि प्रभावित बनाउन नसक्ने बताउनुभयो ।
“मेरो विचारमा शुक्रबारको वार्ता चीन–संरा अमेरिकी सम्बन्धको लागि अर्थपूर्ण मात्र होइन, बरू विश्वको भूराजनीतिक अवस्थाको निम्ति समेत महत्वपूर्ण छ । चीनका नेताको भनाइले समस्या सामना गर्न प्रमुख शक्तिको जिम्मेवारी बहन गर्नुपर्ने देश संरा अमेरिकाले सङ्कट निम्त्याउन कस्तो भूमिका खेलिरहेको छ भन्ने धेरै देशले नियाल्दै गरेको सङ्केत गरेको छ”, लुले भने ।
राष्ट्रपति सीले बैठकमा ताइवानको विषयमा पनि बोल्नुभयो । सीले यदि संरा अमेरिकाले ताइवानको प्रश्नको आगो खेल्दै गरे र चीनका मूल हितमाथि तलमाथि पार्न खोजे चीन र संरा अमेरिकाबीच कुनै मैत्रीपूर्ण वा सकारात्मक अन्तरक्रिया नहुने सङ्केत दिनुभएको अध्येता लुले बताउनुभयो ।
“युक्रेन सङ्कट संरा अमेरिकाको निम्ति टाउको दुःखाइ बनिसकेको छ । ऊ पक्कै पनि चीनसँग भिड्न आउनेछैन । संरा अमेरिका र त्यहाँका नेताहरूले नाकाबन्दी थोपरेर वा दबाब दिएर सबै समस्या समाधान गर्न सकिन्छ भने मनोभावना त्याग्नु राम्रो हुनेछ । किनभने राजनीतिक सङ्कट वा आर्थिक मुद्दा चीन र रूसबिना कुनै पनि विश्वव्यापी समस्या समाधान गर्न असम्भव छ”, लुले भने ।
सी र बाइडेनबीचको बैठक सुरू हुन एक घण्टा अघि चीनले युक्रेन मुद्दामा संरा अमेरिकी धम्की वा दबाब कहिल्यै स्वीकार नगर्ने र यदि संरा अमेरिकाले चीनका जायज मुद्दामा हानी पु¥याउन खोजे कडा प्रतिक्रिया दिने सङ्केत गरेको थियो । चीनले यस्तो प्रतिक्रिया यसअघि विरलै मात्र दिने गरेको छ ।
Leave a Reply