तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, ६ चैत । नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिको आयोजनामा शनिबार सदरमुकाम खलङ्गामा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्ली काफ्लेले नेपालको समाजवादी क्रान्तिमा अवरोध गर्न संरा अमेरिकाले नेपालमा एमसीसी परियोजना लागु गर्न खोजेको धारणा राख्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमाथि दमन गर्न अमेरिकी सेना नेपालमा प्रवेश गर्ने सम्भावना भएको भन्दै देशको स्वतन्त्रता तथा सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा देशघाती पार्टीहरूलाई सैद्धान्तिकरूपमा आलोचना गर्ने उल्लेख गर्दै नेमकिपाको विचारको जीत निश्चित भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले माक्र्सवादको हतियार बोकेर पुँजीवादी पार्टीहरूविरुद्ध लड्ने धारणा राख्नुभयो । आगामी निर्वाचनमा पनि पुँजीवादी पार्टीहरूले साम, दाम, दण्ड र भेदको नीति अपनाउन सक्ने भन्दै जनतालाई सचेत बनाउने काम नेमकिपाका कार्यकर्ताको हो भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले कार्यकर्ताको सांस्कृतिकस्तर उकास्न अध्ययनमा जोड दिनुपर्ने भन्दै सङ्गठनभित्र आलोचना र आत्मालोचनाको संस्कृतिलाई जीवन्त राख्नुपर्ने धारणा राख्नुभयो ।
इन्जिनियर समाज नेपालका केन्द्रीय उपाध्यक्ष नरेश खत्रीले आगामी निर्वाचनलाई एमसीसी सम्झौताविरुद्धको आन्दोलनको रूपमा लिनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रम नेमकिपा, जुम्ला जिल्ला अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।
Leave a Reply