बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
मागेर विकासको पोको बाँड्ने सरकारले देशलाई कहिल्यै आत्मनिर्भर बनाउन सक्दैन । देशको आर्थिक स्रोत या राजस्वमा कमी भएको भनी सरकारी उद्योग तथा कलकारखानाहरू व्यक्तिलाई बेच्ने सरकारले कहिले पनि देशलाई आत्मनिर्भर बनाउँदैन । सरकारी कलकारखाना निजीकरण गर्ने र विदेशी शक्तिराष्ट्रसँग सहयोग मागेर देशको विकास हुने सपना बाँड्ने सरकारले के आत्मनिर्भरको बाटो रोज्छ ? विदेशीको इसारामा उठबस गर्ने, विदेशी सहयोगमा बाँच्ने सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले आत्मनिर्भर अर्थतन्त्र नभएसम्म देशको समग्र विकास हुन नसक्ने विचार व्यक्त गरेर देशप्रति माया देखाएका होलान् ।
देशको विकास गर्न आत्मनिर्भर अर्थतन्त्र मजबुत पार्नु छ भने तद्नुसार सरकारको नीति तथा कार्यक्रम तय हुनुपर्छ र तय भएको कार्यक्रमलाई लागु गरिनुपर्छ । देश आत्मनिर्भर बनाउन जनताका आधारभूत आवश्यकता पूर्ति गरिनुपर्छ । आधारभूत आवश्यकता पूरा गर्न उद्योग, कलकारखाना खोल्नुपर्छ । स्वदेशमै रहेका प्राकृतिक स्रोत र साधन प्रयोग गरिनुपर्छ । देशको हरेक विकास योजनाहरूमा कुनै अनियमितता हुनुहुँदैन । कमिसनको चक्करमा फस्नु हुँदैन । विकासको योजनामा कार्यकर्ता पोस्ने काम गर्नु हुँदैन । नयाँ नयाँ कुरा पत्ता लगाउन वैज्ञानिक पद्धतिबाट अध्ययन, अनुसन्धान र खोजीनीति गरिनुपर्छ । हरेक नेपालीसँग रहेको श्रम, सीप, अनुभव आफ्नै देशमा उपयोग हुनुपर्छ । देशका हरेक जिम्मेवार व्यक्तिहरू इमानदार हुनुपर्छ, निःस्वार्थरूपले देश र जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले काम गर्नुपर्छ । वस्तुको पहिचान गरी निर्यात बढाइनुपर्छ र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनुपर्छ । देशको विकास सन्तुलित हुनुपर्छ । विद्यालय र कलेज जिल्ला–जिल्लामा आवश्यकताअनुसार खोल्नुपर्छ । जिल्ला–जिल्लामा अस्पतालहरू खोल्नुपर्छ । गाउँ–गाउँसम्म बाटो र बिजुली पुग्नुपर्छ । आधुनिक कृषिऔजार गाउँ–ठाउँमा पुग्नुपर्छ । नयाँ नयाँ बीउबिजनको विकास हुनुपर्छ । नयाँ नयाँ प्रविधिको विकास हुनुपर्छ । अनि पो देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । आत्मनिर्भर भए देशको मुहार फेर्न सकिन्छ या विकास गर्न सकिन्छ ।
आत्मनिर्भरको कुरा उठाउने देउवा सरकारले यस्तो कुनै काम गरिरहेको छैन, काम गर्न कुनै पूर्वाधार तयार गरिरहेको छैन । पूर्वप्रधानमन्त्री केपी ओलीले म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ भन्दैमा भ्रष्टाचार नहुने होइन । भ्रष्टाचार रोक्न सकिएन । वर्तमान प्रम देउवाले देशलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर देश आत्मनिर्भर हुँदैन । यो कुरा सत्तासीन दलका नेताहरूलाई राम्ररी थाहा छ । बोलेको कुरालाई लागु गर्न नीति, नियम तथा कार्यक्रम बनाइनुपर्ने हुन्छ, कार्यक्रम लागु गरिनुपर्ने हुन्छ । नत्र, देश आत्मनिर्भर हुनेछैन । ठूलठूला कुरा गर्ने सरकार पटक–पटक बनिसकेको छ । तर, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भइरहेको छ । यो सरकारको कमजोरी हो । यो सरकार गम्भीर नहुँदाको परिणाम हो । यो सरकार दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदाको फल हो । यो सरकार जिम्मेवार नहुँदाको परिणाम हो ।–
Leave a Reply