जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार काठमाडौँ आउँदै हुनुहुन्छ । नेपाली जनता उहाँको स्वागत गर्न व्यग्रतापूर्वक प्रतीक्षामा छन् ।
कोभिड–१९ महामारीको आरम्भ यता चिनियाँ उच्च पदाधिकारीले पहिलो पटक नेपालको भ्रमण गर्दै हुनुहुन्छ । मन्त्री वाङ यीको यतिबेलाको नेपाल भ्रमणलाई नेपालका सञ्चारमाध्यम र विश्लेषकहरूले बहुकोणबाट विश्लेषण गरिरहेका छन् । उहाँको भ्रमणलाई यतिबेला गत महिना नेपालको संसदबाट अनुमोदन गरिएको अमेरिकी सहायता परियोजना एमसीसीको सापेक्षमा पनि हेरिँदैछ । यो स्वाभाविक पनि हो ।
मन्त्री वाङको यतिबेलाको भ्रमणका विशेषतः तीन वटा आयाम भएको नेपाली बुद्धिजीवीहरूले विश्लेषण गरेका छन् ।
पहिलो, सन् २०१७ मा नेपाल सामेल भएको चीनले अघि बढाएको विश्वव्यापी विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत थाँती रहेका काम कति पनि अघि बढ्न सकेको छैन । तत्कालीन सरकारहरूले बीआरआइ परियोजनाअन्तर्गत विभिन्न सम्झौतामा हस्ताक्षर गरेर पनि कार्यान्वयनमा भने ती परियोजना निकै धिमा गतिमा अघि बढिरहेका छन् अथवा अघि बढाइएको छैन । संसारभर सकारात्मक गतिमा अघि बढिरहेको बीआरआइ परियोजना नेपालको सन्दर्भमा निकै ढिला गतिमा अघि बढिरहेको विषयमा पनि मन्त्री वाङको भ्रमणको शिलशिलामा कुराकानी हुने अपेक्षा गरिएको छ । नेपालका बौद्धिक विश्लेषकहरूले यो परियोजना अघि बढाउन अब थप विलम्बन गर्न नहुने बताएका छन् ।
दोस्रो, महामारी पछि नेपाल आएको पहिलो चिनियाँ उच्च तहको टोलीसँग महामारी रोकथाम र नियन्त्रणको निम्ति चीन र नेपालबीचको सहकार्यको पनि चर्चा हुने आशा गरिएको छ । सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा कोभिड–१९ महामारी फैलिंदा नेपाल सरकारले पनि सक्दो मद्दत र महामारीविरुद्ध लड्न ऐक्यबद्धता व्यक्त गरेको थियो । समयान्तरमा महामारीको बेगले नेपाललाई पनि सतायो । नेपालमा पनि धेरै सङ्ख्यामा मानिसहरू कोभिड–१९ बाट सङ्क्रमित भए । त्यस्तो अवस्थामा नेपालमा अभाव भएका स्वास्थ्य पूर्वाधारको आपूर्तिको निम्ति चीनले ठुलो मद्दत गरेको थियो । कोभिडको दोस्रो लहरमा नेपालमा अक्सिजनको चर्को अभाव भयो । अक्सिजन सिलिन्डरको अभाव हुँदा मानिसहरूले अनाहकमा ज्यान गुमाउनुप¥यो । त्यस्तो असजिलो परिस्थितिमा चीनले नेपाली जनतालाई अक्सिजन सिलिन्डर पठाएर गरेको मद्दत कहिल्यै पनि भुल्न सकिन्न । त्यस्तै चीनले पठाएको कोभिडविरुद्धको खोपले पनि ती अप्ठ्यारा दिनमा आशाको न्यानो किरण छरेको थियो ।
चीनले कोभिड–१९ रोकथाम र नियन्त्रणको निम्ति प्रयोग गरेका उपाय नेपाली स्वास्थ्यकर्मीहरूको निम्ति निकै उपयोगी सिद्ध भएको थियो । आफै कोभिड–१९ विरुद्ध लडिरहेको चीनले छिमेकी देश नेपाललाई दिएको मद्दतको लागि आभार व्यक्त गर्ने समय आएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीमार्फत नेपाली जनताले चीन सरकार, चिनियाँकम्युनिस्ट पार्टी र चिनियाँ जनतालाई मुरी मुरी आभार व्यक्त गर्नुपर्छ ।
तेस्रो पक्ष, कोभिड–१९ ले अझै पनि संसारलाई दुःख दिन छोडेको छैन । भाइरसका नयाँ नयाँ भेरियन्टले फेरि पनि मानिसलाई दुःख दिने सम्भावनालाई पूर्णतः नकार्न सकिने अवस्था छैन । तर, यतिबेला संसारको मूल चुनौती भने कोभिड पछिको प्रभाव (पोस्ट–कोभिड इफेक्ट) सँग लड्नु हो । कोभिड महामारीले लामो समय अर्थतन्त्रमा आएको शिथिलता र यतिबेलाको युक्रेन युद्धको कारण संसारभर आर्थिक चुनौती थपिंदैछ । यो चुनौती सामना गर्न चीन सधैंझैं नेपाली जनताको साथमा हुने आशा गरौँ । शिथिल र जोखिममा रहेको नेपाली अर्थतन्त्रलाई अझ गतिशीलता दिन नेपाललाई चीनलगायत मित्र देशहरूको सहायता अपरिहार्य छ । महामारीको जोखिम कम हुँदै गए पछि अब पर्यटन क्षेत्र खुला गर्ने समय नजिकिंदैछ । महामारीअघि नेपाल भ्रमणमा आउन आतुर चिनियाँ पर्यटकहरूलाई अब स्वागत गर्ने समय नजिकिंदैछ । यसले नेपालको अर्थतन्त्रमा आशाको नवीन किरण देखापर्नेछ ।
त्यस्तै नेपाली अर्थतन्त्रमा उत्साह भर्न चिनियाँ लगानी र आयात–निर्यात व्यापारलाई फेरि पुनर्ताजगीको लागि विदेशमन्त्री वाङ यीको भ्रमण उपलब्धिपूर्ण हुने आशा गर्न सकिन्छ ।
महामारीको समयमा बन्द गरिएका चीनका नाकाहरू खोल्ने र महामारीको समयमा नेपाल फर्केका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई चीन फर्काउने विषयमा पनि अब विचार गर्नुपर्ने नेपाली जनताको भावना छ ।
भद्र र आकर्षक व्यक्तित्वका धनी विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र बसाई दुवै देशका जनताको निम्ति फलदायी हुने कामना गरौँ । चीन नेपालको छिमेकी र निकै पुरानो मित्र देश हो । इतिहासमा नेपाल र चीनबीच एकअर्कालाई हानी हुने गरी केही पनि काम नगर्ने वचनबन्धन पटक पटक गरेका छौँ । अहिले पनि नेपाली जनता यो भावनाबाट टसमस भएका छैनन् । हिजो पनि नेपाललाई चीनको अहित हुने गरी कसैलाई प्रयोग गर्न दिइएको थिएन, भोलिका दिनमा पनि यो शिलशिला जारी रहनेछ । छिमेकीको घरको छानोमा आगो लगाउने मुर्खता कुनै पनि छिमेकीले गर्न सक्दैन । विदेश मन्त्री वाङ यीको भ्रमणमा सद्भावनाका यस्ता विषयमा पनि कुराकानी हुने अपेक्षानेपाली जनताले गरेका छन् ।
विदेश मन्त्री वाङलाई नेपालमा हार्दिक स्वागत छ ।
Leave a Reply