नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
जुम्ला, १० चैत । नेपाल मजदुर किसान पार्टी, सिँजा गाउँ समितिले बिहीबार नराकोट बजारमा विरोध सभाको आयोजना गरेको छ ।
देशघाती एमसीसी सम्झौताको विरोधमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देशका मुख्यमुख्य उद्योगधन्दा बन्द गरेर शासक दलका नेताहरूले विदेशीसामु भिख माग्दै हिँडेको बताउनुभयो । उहाँले वीरगञ्ज चिनी कारखाना, भृकुटी कागज कारखानालगायत ३९ वटा उद्योग कौडीको मूल्यमा बिक्री गरेर देशलाई पराधीन गराएको बताउनुभयो ।
उहाँले एमसीसीको पैसाले देशको विकास हुन्छ भन्नु गलत भएको भन्दै विदेशी सहयोगबाट मात्र देश बन्छ भन्नु झूट भएको बताउनुभयो । उहाँले निर्वाचनको निम्ति १० लाख युवाले म्यादी प्रहरीमा आवेदन भरेबाट देशको बेरोजगारी समस्या कति जटिल रहेछ भन्ने प्रस्ट भएको भन्दै रोजगारी नभएसम्म देश बन्दैन भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सरोजराज गोसाईले शासक पार्टीहरूले ‘व्याख्यात्मक घोषणा’ को आवरणमा एमसीसी सम्झौता पारित गरेर देशघात गरेको तर्क राख्नुभयो । उहाँले नेपाली शासकहरूले वादशाहका नयाँ लुगा कथाका ठगहरूले जस्तै नेपाली जनतालाई ठगिरहेको भन्दै आगामी निर्वाचनमा देशघाती पार्टीहरूलाई नेपाली जनताले सजाय दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले कर्णाली प्रदेशमा नेमकिपाले कम्युनिस्ट पार्टीको क्रान्तिकारी झन्डा सबभन्दा पहिले फहराएको भन्दै पञ्चायती निरङ्कुश व्यवस्थासामु नझुकेका कार्यकर्ताले शासक पार्टीहरूविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने बताउनुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीले देशको सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनता सचेत हुनुुपर्ने बताउनुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका उपाध्यक्ष बिर्खबहादुर रावतले जनतालाई धोका दिने र प्रतिक्रियावादीसामु आत्मसमर्पण गर्नेलाई जनताले सजाय दिने बताउनुभयो ।
नेमकिपा, सिँजा गाउँ समितिका अध्यक्ष गणेशबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा कनकासुन्दरी गाउँ समिति अध्यक्ष माधवप्रसाद काफ्ले, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका धर्मेन्द्र अधिकारी, नेमकिपा जुम्ला जिल्ला समितिका सदस्य रणबहादुर रोकाया, नेमकिपा सिँजा गाउँ समितिका सचिव लालभक्त सार्कीलगायतले एमसीसी सम्झौतविरुद्धको आन्दोलन जारी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
विरोधसभा अगाडि देशघाती एमसीसी सम्झौता खोरज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारासाथ विरोध जुलुस प्रदर्शन गरिएको थियो ।
विरोध जुलुसमा सिँजाको पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।
Leave a Reply