नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
मस्को, २४ मार्च । रुसले आफूप्रति ‘अमैत्री देशहरू’ लाई प्राकृतिक ग्यास निर्यात गर्न रूबल मात्र स्वीकार्ने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार संरा अमेरिकी डलर र युरो मुद्रामा रुसले तेल नबेच्ने बताएका हुन् । उनले रुसको ‘अमैत्री देशहरू’ भनेर युरोपेली सङ्घका सदस्य र संरा अमेरिकालाई सङ्केत गरेका छन् । केही सातायता केही पश्चिमा देशहरूले रुसी सम्पत्तिमा रोक्का गर्ने ‘अवैधानिक निर्णय’ गरेको र त्यसले गर्दा युरो र डलरको विश्वसनीयता घटेको पुटिनले सरकारी पदाधिकारीहरुसँगको भिडियो बैठकमा बताएका हुन् ।
“युरोपेली सङ्घ, संरा अमेरिकालाई हाम्रा सामान बेच्नुको कुनै अर्थ छैन । उनीहरूलाई युरो, डलर र अन्य मुद्रामा अब हामी हाम्रो सामान बेच्दैनौँ”, उनले भने ।
उनले सकेसम्म चाँडै सुरूमा रुसी प्राकृतिक ग्यास रूबलबाट मात्र बिक्री गर्ने प्रावधान लागु गर्ने बताए । तथापि, उनले रुसले आफूसँग भएको परिमाण र विद्यमान सम्झौताअनुसारको मूल्यको आधारमा ग्यास बिक्री गर्ने बताएका छन् ।
पुटिनले भने, “बिक्री गर्ने मुद्रामात्र बदल्ने हो, मैले रुसको सबभन्दा ठूलो ग्यास कम्पनी थाजप्रोमलाई विद्यमान सम्झौतामा सोहीअनुसारको हेरफेर गर्न निर्देशन दिइसकेको छु ।” पुटिनले केन्द्रीय बैङ्क र सरकारलाई सातादिनभित्र रूबलसम्बन्धी सबै प्रक्रिया निधो गर्न निर्देशन पनि जारी गरेका छन् ।
Leave a Reply