भर्खरै :

बन्द भएका उद्योगहरू सञ्चालन हुनुपर्छ

बन्द भएका उद्योगहरू सञ्चालन हुनुपर्छ

काठमाडौँ, २ भदौ । नयाँ सरकार गठनको लागि देशको सम्पत्ति ध्वस्त गर्नु राम्रो सङ्केत हुँदै होइन । के नयाँ सरकार गठन गर्न देश ध्वस्त गर्नुपर्छ ? नयाँ सरकार गठन गर्न अन्तर्राष्ट्रिय या विदेशी सङ्घ संस्थामा अध्यक्ष, सदस्य बन्नैपर्छ र ? विदेशी सङ्घ संस्थामा आबद्ध व्यक्तिहरू आज कुनै मन्त्री बनेका छन्, कुनै सांसद त कुनै वरिष्ठ डाक्टर बनेका छन् । जेनजी आन्दोलनमा संलग्न व्यक्तिहरू नै आज सरकारको नेतृत्व तहमा छन् । जेनजी आन्दोलनमा लागेका युवा विद्यार्थीहरूमा साँच्चै परिवर्तनको चाहना होला† इमानदारीपूर्वक आन्दोलनमा लागेको होला । तर, आन्दोलनका सबै अगुवा या नेतृत्व गर्नेहरूमा साँच्चै देशमा आमूल परिवर्तनको चाहना देखिँदैन । जेनजी आन्दोलनका एक थरी अगुवाहरू यो सरकारको विरोधमा छन् । उनीहरू जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम नगरेको बताउँछन् ।
युवाहरूको नेतृत्वमा बनेको सरकारले देश र जनताको लागि के ग¥यो ? अहिले देशको अर्थतन्त्र सुस्त छ । अर्थतन्त्र सुस्त भएकोले आन्तरिक बजार चलायमान भएन । यसको कारण लगानी बढ्न सकेको छैन । स्वदेशी लगानीकर्तामा अन्योल र अविश्वास बढाएको छ । व्यवसायीहरू सरकारको नीति कस्तो हुन्छ, ‘पर्ख र हेर’ को अवस्थामा छन् । कुनै उद्योगधन्दामा लगानी गरे उत्पादन हुन नपाउँदै केही होला कि भन्ने डर उनीहरूमा छ । उद्योग सञ्चालन गरेर डुब्ला कि भन्ने चिन्तालाई राज्यले मेट्न सकेको छैन । आफ्नो उद्योग र लगानी सुरक्षित होला कि नहोला भन्ने चिन्ता रहेसम्म देशमा चाहेर पनि उद्योग, कारखानामा लगानी गर्न उद्योगी व्यापारीहरू डराउँछन् । भदौ २३ र २४ गतेको तोडफोड र आगजनीले उनीहरू त्रसित छन्† त्यो दिन फेरि दोहोरिने हो कि भनी उद्योग व्यवसायीहरू चिन्तित छन् ।
देशको एक ठुलो जनशक्ति युवा जनशक्ति हो । सरकारले युवा जनशक्तिलाई उपयोग गर्न सकेको छैन† काममामको व्यवस्था गर्न सकेको छैन । काममामको खोजीमा नेपाली युवाहरू हरेक दिन विदेश पसिरहेका छन् । युवाहरूको विदेश पलायनले देशमा आवश्यक जनशक्ति तयार हुँदैन । नयाँ शक्ति तयार हुँदैन† भएको जनशक्तिलाई प्रयोग गरिँदैन भने देश कसरी बन्छ ? स्वदेशमा रोजगारी र अवसरको अभावकै कारण लाखौँ युवाहरू बिदेसिएका हुन् । विदेश पसेका युवाहरूबाट प्राप्त हुने रेमिट्यान्सबाट सरकार चलिरहेको छ भनी सरकार ढुक्क छ । उत्पादनशील क्षेत्रमा लगानीको कमीले देशको अर्थतन्त्र कमजोर भएकोमा शङ्का छैन । यही कारण आधारभूत आवश्यकता पूर्ति गर्न नसकेको हो । देशको अर्थतन्त्र आयातमुखी छ । स्वदेशी उत्पादन बढाउनेतर्फ सरकारको ध्यान पुगेकै छैन । देशमा एक समय चलेका दर्जनौँ उद्योगहरू अहिले पनि बन्द छन् । देशका उद्योग तथा कारखाना बन्द भएपछि जनताको आवश्यकता कसरी पूरा हुन्छ ?
देशका उद्योगी व्यवसायीहरूको माग नै लगानीको वातावरण बनाइनुपर्छ भन्ने हो । लगानीको वातावरण र सुरक्षा सुनिश्चित नभएको कारण उद्योगधन्दा नखोलिएको हो कि भन्ने स्वयम् उद्योगीहरूको तर्क रहेको छ । एकातिर सरकारको दृष्टिकोण नै स्पष्ट हुँदैन । यो झन्डै दुईतिहाइ प्राप्त युवाहरूको सरकार हो, कसैले हल्लाउन सक्दैन भनेर मनपरी निर्णय गरेमा, दबाएमा त्यसको परिणाम राम्रो हुनेछैन । सरकारको कमी कमजोरीको भागिदार व्यवसायीको टाउकोमा थोपर्नु उचित हुँदैन । हाल बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्न राज्यले पहल गर्नुपर्छ । नेपालले आयात बढी गरेर देशको अर्थतन्त्र बलियो बनाउन सक्दैन । हामीले स्वदेशमै उत्पादन बढाउनुपर्छ । नेपाली वस्तु तथा सेवाको प्रतिस्पर्धामा क्षमता बढाउनुपर्छ । अनि मात्र रोजगारी सिर्जना गर्न सकिन्छ† उत्पादन वृद्धि गरेर आर्थिक उपार्जन गर्न सकिन्छ । नत्र देश जसको नेतृत्वमा सरकार आए पनि जहिल्यै परनिर्भर भइरहनेछ । देश अरुको भरमा बसिरहनुपर्ने हुन्छ ।
सत्तारुढ दलका नेता र मन्त्रीहरू दूरदर्शी हुनुपर्छ । सरकारको दृष्टिकोण व्यापक हुनुपर्छ । देश सञ्चालकहरू दूरदर्शी भएनन्; उनीहरूमा व्यापक दृष्टिकोण भएन भने सरकारले गर्ने निर्णय र बनाउने नीति कच्चा हुन्छ† त्यो देश र जनताको हितमा हुनेछैन । राज्यले विदेश र विदेशीको हितमा होइन नेपाल र नेपालीको पक्ष या सेवामा ऐन कानुन बनाउनुपर्छ । बनाइएको ऐन कानुन लागू गर्नुपर्छ । सिंहदरबार, संसद् भवन, सर्वाेच्च अदालत, राष्ट्रपति भवन जलाउनेमा प्रत्यक्ष संलग्न नै नभए पनि उत्साहित गर्ने, टेवा पु¥याउनेमा हाल सरकारको नेतृत्व गर्ने युवा नेताहरूको हात रहेको कुरामा जेनजी आन्दोलनको नेतृत्व गर्ने युवा नेताहरू नै दुखेसो पोख्छन् । आखिर जुन दलको नेतृत्वमा सरकार गठन भए पनि तोडफोड र आगजनी गरिएको सम्पत्तिको जीर्णाेद्धार, मर्मत सम्भार र पुनः निर्माण गर्नैपर्छ । के हाम्रो काम बिगार्ने, तोडफोड गर्ने, जलाउने अनि त्यसलाई मर्मत, जीर्णाेद्धार र पुनः निर्माण गरेर देशको सम्पत्ति सिध्याउने हो ? यसरी तोडफोड र आगजनी गरेर देश विकास हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *