राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
काठमाडौँ, १६ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको त¥ेहौँ राष्ट्रिय सम्मेलन आज कीर्तिपुरमा सुरु हुँदै छ । ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरौँ, समाजवादी शिक्षा व्यवस्थाको निम्ति सङ्घर्ष गरौँ’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलनको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नु हुने ते¥हौँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले जानकारी दिनुभयो ।
संयोजक गुरुङका अनुसार बिहीबार मध्यान्ह कीर्तिपुर,पाँगास्थित जनसेवा माविबाट सम्मेलनको उद्घाटन जुलुस सुरु हुनेछ । जुलुस कीर्तिपुर नयाँ सडक हुँदै स्मृति भवनमा पुगी उद्घाटन समारोहमा परिणत हुनेछ । उद्घाटन समारोहमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ, सचिव प्रेम सुवाल, नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाई, नेमकिपा केन्द्रीय सदस्यहरू अनुराधा थापामगर र सिर्जना सैंजू, नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनलगायत वक्ताहरूले बोल्नुहुने कार्यक्रम रहेको नेक्राविसङ्घ केन्द्रीय कार्यालयले जनाएको छ ।
सम्मेलनको उद्घाटन समारोहमा सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिनेछ ।
सम्मेलनमा सहभागी बन्न देशभरका विभिन्न जिल्लाका प्रतिनिधि र पर्यवेक्षक काठमाडौँ उपत्यका आइपुग्नुभएको संयोजक गुरुङले बताउनुभयो ।
नेक्राविसङ्घले सम्मेलनको सन्दर्भमा जारी गरेको अपिलमा एमसीसी सम्झौतामार्फत साम्राज्यवादी र विस्तारवादीहरूले नेपालको सार्वभौमिकतामाथि आक्रमण गर्नेमा दुविधा नभएको भन्दै ते¥हौँ सम्मेलन साम्राज्यवादविरोधी सङ्घर्ष अघि बढाउने खुड्किलो हुने उल्लेख छ ।
नेक्राविसङ्घले नेपालको शिक्षा क्षेत्रमा नवउदारवादी विकृति पुँजीवादी व्यवस्थाको दोष भएको भन्दै पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्थाको स्थापना नै बहुमत कामदार जनताका छोराछोरीको हितमा रहेको बताइएको छ ।
यसअघि नेक्राविसङ्घको बा¥हौँ राष्ट्रिय सम्मेलन विसं २०७५ वैशाख २८ देखि ३० गते कीर्तिपुरमा भएको थियो ।
Leave a Reply