बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
एमाले, काङ्ग्रेस र माओवादीहरूको ठूल्ठूला राष्ट्रिय कार्यक्रमहरू सम्पन्न भए, भनियो जनतासँग एक रुपैयाँ उठाइएन । उनीहरू नेमकिपाका युवा विद्यार्थीहरूलाई पनि पैसा नउठाई कार्यक्रम गर्न सुझाव दिन्छन् । एकथरी शिक्षाप्रेमी र कथित बुद्धिजीवी भन्नेहरू भन्छन्, सार्वजनिक उद्योग, कलकारखानाहरू एमाले, काङ्ग्रेस र माओवादी पार्टीहरूले नै ध्वस्त पारेका हुन् ।
देशका ठूल्ठूला नदीनालाहरू यिनीहरूले नै बेचेका हुन् । शासक दलहरूले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसहरूमा पढाइ हुने प्रवीणता प्रमाणपत्र तह शैक्षिक माफियाहरूकै मिलोमतोमा खारेज गरेका थिए । प्रवीणता प्रमाणपत्र तह खारेज हुँदा हजारौँ गरिब विद्यार्थीहरू यसको मारमा परेका छन् । राज्यले निजी विद्यालयहरूलाई दश जोड दुई बनाउनुपर्ने भन्दै १२ कक्षासम्म अनिवार्यरूपमा कक्षा सञ्चालन गर्न लगाएर पैसा असुल्ने क्षेत्र बढायो नागरिकलाई शिक्षा दिनुपर्ने जिम्मेवारीबाट राज्य पन्छियो ।
देशको राजनीतिक अवस्था बिँग्रदो छ । राज्यले दिनुपर्ने शिक्षा निजी विद्यालयहरूले दिइरहेका छन् । देशप्रेमी बुद्धिजीवीहरू गुनासो गर्छन् – देश बिगारेको भनेको नै पार्टीका झोले, फाइदा लुट्ने शैक्षिक माफिया कथित बुद्धिजीवी भनाउँदाहरूबाट हो । तिनै राजनीतिक दलको छत्रछायामा रहेर फाइदा लुट्ने अनि नेमकिपा पार्टी राम्रो हो भन्दै समाजमा अघि बढ्न बाधा र अवरोध सिर्जना गर्ने कस्ता बुद्धिजीवीहरू हुन् ?
एमाले, काङ्ग्रेस र माओवादीलगायत शासक पार्टीहरूले देश र जनतालाई लुटेका पैसाबाट ठूल्ठूला भड्किला र खर्चिला कार्यक्रमहरू गर्छन् भन्ने कुरा सामान्य जनताले बुझेका छन् । लुटेको सम्पत्तिको भागबन्डा नमिल्दा पार्टी र सङ्गठन टुटफुटसम्म भएका छन् । शासक दलहरू भ्रष्टाचार, कमिसनखोर, ठेकेदार, दलाली र गुण्डाहरूको आडभरोसामा अडेका हुन् भने नेपाल मजदुर किसान पार्टी देशभक्त इमानदार जनताको शक्तिमा टिकेको राजनैतिक दल हो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १३ औँ राष्ट्रिय सम्मेलन भव्यरूपमा सफल पारौँ ।
Leave a Reply