भर्खरै :

नेपाल दक्षिण एसियासँग सहकार्यको भूमि बन्ने चीनको इच्छा

काठमाडौँ, १६ चैत (सीआरआइ) । हालै चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तान, अफगानिस्तान, भारत र नेपालको भ्रमण गर्नुभएको छ । त्यसमध्ये नेपाल चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमणको अन्तिम देश थियो । परराष्ट्रमन्त्री वाङले तेस्रोपटक नेपालको भ्रमण गर्नुभएको हो ।
वर्तमान अन्तर्राष्ट्रिय जटिल परिस्थितिमा चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमणले नेपाललगायत दक्षिण एसियाली छिमेकी मुलुकमाथि महत्व दिएको देखाएको छ ।
मन्त्री वाङले नेपाललाई चीनले गरेको तीनवटा सहयोगबारे जानकारी दिनुभएको छ । पहिलो, नेपाललाई आफ्नै राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्ग खोज्न समर्थन दिएको छ । दोस्रो, स्वतन्त्र स्वदेशी तथा विदेशी नीति अवलम्बन गर्न नेपाललाई समर्थन गरेको छ । तेस्रो, ‘बेल्ट एन्ड रोड’ निर्माणमा नेपालको अझै गहिरो सहभागीलाई समर्थन गरेको छ । चीनले नेपालको चाहनालाई पूर्णरूपमा सम्मान गरेर नेपाल दक्षिण एसियासँग सहकार्यको भूमि बन्ने र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा अझै ठूलो भूमिका खेल्ने प्रतीक्षा लिएको देखिएको छ ।
साथै द्विपक्षीय महत्वपूर्ण सहयोगलाई गतिशील पार्दै नाका सञ्चालनमा प्रत्याभूति दिने इच्छा पनि चीनले व्यक्त गरेको छ । चीनले अन्तर्देशीय बिजुली सहयोगको विकासबारे छलफल गर्ने, आर्थिक र मानवीय आदानप्रदान मार्गलाई विस्तार र विविध पार्ने, हिमाल पार बहुआयामिक सम्पर्क नेटवर्कको निर्माण गर्ने आशा पनि चीनले गरेको छ ।
चीनले ती वचनलाई व्यवहारमा उतारिरहेको छ । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको यस भ्रमणताका आपसी आर्थिक, प्राविधिक, कृषि, पूर्वाधार प्रबन्ध, चिकित्सासम्बन्धी सहयोग दस्तावेजको हस्ताक्षर समारोहमा दुई देशका परराष्ट्र मन्त्रीले साक्षी बस्नुभएको छ । तीमध्ये नेपालमा ध्यानाकर्षण बनेको चीन–नेपाल अन्तर्देशीय रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहयोग दिने र नेपाललाई थप ४० लाख कोरोना खोप प्रदान गर्ने रहेका छन् । समेटिएका सहयोगको विषयबाट हेर्दा नेपालका लागि आवश्यक पूर्वाधार निर्माण तथा जनजीवनको सुधारमा केन्द्रित छ ।
चिनियाँ परराष्ट्र मन्त्रीले भन्नुभएको छ, “बितेका वर्षहरूमा बीआरआईसम्बन्धी आपसी सहयोगमा उपलब्धि हासिल गरिएको छ जसबाट नेपालको निर्माणमा समर्थन दिइएको छ ।”
चीन–नेपाल मैत्री सहयोगको भविष्य फराकिलो छ र अझ उच्च स्तरमा पुग्ने हाम्रो विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *