नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
प्योङयाङ, जुलाई ३०(केसीएनए) । प्रजग कोरियाली विदेशमन्त्रालयका प्रवक्ताले आइतबार एक सार्वजनिक वक्तव्य जारी गरेका छन् ।
वक्तव्यमा भनिएको छः
जुलाई २८ मा आइसीबीएम ह्वासोङ–१४ को दोस्रो परीक्षण प्रक्षेपणमा प्राप्त भव्य सफलता प्रजग कोरियाको महान विजय हो जसले पुनः एकपल्ट जुछे आणविक शक्तिको स्वाधीन प्रतिष्ठा र आत्मसम्मान विश्वस्तरको रकेट शक्तिको रुपमा प्रदर्शन गरेको छ ।
परीक्षण प्रक्षेपणले कुनै पनि स्थान, समय र अवस्थामा आइसीबीएमको अचानक प्रक्षेपण गर्न प्रजग कोरियाको क्षमता निश्चय गर्नुका साथै संरा अमेरिकाको सम्पूर्ण भूमि प्रजग कोरियाका मिसाइलको आक्रमण क्षेत्रभित्रै रहेको प्रष्टतः प्रमाणित गरेको छ ।
प्रजग कोरियाले यो पटक गरेको अधिकतम क्षमतावान आइसीबीएमको परीक्षण प्रक्षेपण प्रजग कोरियाविरुद्ध अर्थहीन बात लगाउने, नाकाबन्दीलाई निरन्तरता दिन निरर्थक बाहनाबाजी गर्ने र प्रजग कोरियाविरुद्ध दबाब अभियान चलाउने संरा अमेरिकालाई कडा चेतावनीको रुपमा पठाएको छ ।
आइसीबीएमको दोस्रो सफल परीक्षण प्रक्षेपण नजिकबाट हेरिरहेको हुनुपर्ने संरा अमेरिकी नीति–निर्माताहरुले अहिले प्रजग कोरियामाथि हमला गर्ने हिम्मत गरे आक्रामक दिमाग बोकेको राज्य संरा अमेरिकाले सजिलै उम्कन नपाउने कुरा प्रष्ट बुझेको हुनुपर्दछ ।
कदाचित संरा अमेरिका होसमा आएन र सैनिक दुस्साहस तथा ‘कडा नाकाबन्दी’लाई निरन्तरता दिइरह्यो भने प्रजग कोरियाले पूर्वघोषणाअनुसार नै न्यायको बलियो कदममार्फत प्रतिरोध गर्नेछ ।
प्रजग कोरियामाथि हमला गर्ने र अझ कडा खालको नाकाबन्दी थोपर्ने संरा अमेरिकी हल्लाबाजीले प्रजग कोरियालाई अझ बलियो बनाउने काम भएको छ र त्यसले आणविक अस्त्र बनाउने प्रजग कोरियाका कारणलाई पुष्टि मात्र गरिरहेको छ ।
संरा अमेरिकी साम्राज्यवादको निर्ममताका कारण आफ्नो भूमिमा लगातार युद्धका विनाशकारी विग्रह भोगिरहेका कोरियाली जनताको लागि आफ्नो राज्य जोगाउन शक्तिशाली युद्धको लागि तयार अवस्थामा रहनु अवश्यम्भवी रणनीतिक विकल्प हो र यो नै उपेक्षा गर्न नसकिने वा कसैले तोड्न पनि नसक्ने अमूल्य रणनीतिक सम्पत्ति हो ।
प्रजग कोरियाविरुद्ध संरा अमेरिकी आक्रामक र नृशंस नीतिमा आधारित रक्तपातपूर्ण युद्ध थोपरेर आधा शताब्दीदेखि कोरियाली जनतामाथि दुःख र दुर्भाग्य लादेका याङ्कीहरुले यदि प्रजग कोरियाको पटक–पटकको चेतावनीबीच पनि यो भूमिमा आणविक लठ्ठी प्रहार गर्ने हिम्मत गर्छ भने विगतमा प्रजग कोरियालाई उसले जस्तो आणविक हतियार देखाएर तर्साउने गरेको थियो त्यस्तै आणविक रणनीतिक शक्ति प्रयोग गरेर संरा अमेरिकालाई व्यवहार सिकाउनेछ ।
संरा अमेरिकाले विश्वको आणविक शक्ति र रकेट शक्ति बनिसकेको प्रजग कोरियाको रणनीतिक अवस्था प्रष्ट बुझ्न जरुरी छ । संरा अमेरिकाले प्रतिरोधको लागि प्रजग कोरियाली सेना र जनताको दृढता बुझ्न आवश्यक छ । अनि प्रजग कोरियालाई कुनै पनि हानी पु¥याउन सक्ने मुर्खतापूर्ण सपनाबाट संरा अमेरिका ब्युँझनु पर्दछ ।
कदाचित संरा अमेरिका होसमा आएन र सैनिक दुस्साहस तथा ‘कडा नाकाबन्दी’लाई निरन्तरता दिइरह्यो भने प्रजग कोरियाले पूर्वघोषणाअनुसार नै न्यायको बलियो कदममार्फत प्रतिरोध गर्नेछ ।
Leave a Reply