‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
युक्रेन सङ्कट सुरु भएको दुई महिना भयो । यो समयावधिमा रुस र युक्रेनी सेनामा ठूलो क्षति भयो । ४० लाखभन्दा बढी मानिस शरणार्थी बने । चीन, युरोपेली सङ्घ, फ्रान्स, जर्मनी, टर्की, इजरायललगायत देशहरूले रुस र युक्रेनलाई वार्ताको टेबुलमा ल्याउन अहोरात्र मिहेनत गरिरहेका छन् । अरू देशहरू शान्ति स्थापनाको प्रयास गरिरहेको बेला संरा अमेरिकी राष्ट्रपति जो बाइडेन भने युक्रेन र अन्य नाटो देशहरूमा हतियार पठाउन व्यस्त छन् । उनले नाटो र जी ७ शिखर सम्मेलनमा आगोमा घ्यू थप्ने काम गरिरहेका छन् । उनीहरूले रुसमाथि विध्वंसात्मक नाकाबन्दी थोपरेका छन् र विश्व व्यवस्थालाई नयाँ आकार दिन खोजिरहेका छन् । यसबाट संरा अमेरिका युक्रेन लडाइँ चालु राख्ने पक्षमा रहेको प्रस्ट छ ।
संरा अमेरिकी सैनिक (हतियार) उद्योगले युद्धबाट कमायो अकुत नाफा
संरा अमेरिकाका स्वतन्त्र पत्रकार बेन्जामिन नोर्टनले संरा अमेरिका र अन्य पश्चिमा देशहरू युक्रेनी सङ्कट सकेसम्म लम्बिएको हेर्न चाहेको बताउँछन् । युक्रेनको लडाइँ लम्बिँदै गएसँगै संरा अमेरिकाको यो खास मनसाय दिनानुदिन प्रस्ट हुँदै गएको छ । यो सैनिक द्वन्द्वबाट संरा अमेरिकी सैनिक उद्योगले अकुत नाफा कमाएको छ । जति जति लडाइँ लम्बिनेछ, त्यति नै उनीहरूले नाफा कमाउनेछन् ।
संरा अमेरिकाले आफ्नो यही उद्देश्य पूरा गर्न युक्रेन सङ्कट उछालेको हो । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई नाटोको सदस्य नबनाउनेमा सहमति जनाएका भए रुसले त्यहाँ कुनै सैनिक कारबाही गर्ने थिएन । बाइडेनलाई यो कुरा राम्ररी थाहा थियो । तर, उनले ठीक उल्टो काम गरे । उनले युक्रेनलाई नाटोमा सामेल बन्न उत्साहित गरिरहे । उनले रुसले कोरेको लक्ष्मणरेखा नाघ्न खोजिरहे । त्यसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सैनिक कारबाहीमा उतार्यो । अनि त्यही युद्धबाट संरा अमेरिकाले फोहोर पैसा उमार्न थाल्यो ।
सन् १७७६ मा संरा अमेरिका बन्यो । त्यसयता उसले २४४ वर्षको समयावधिमा २२५ भन्दा बढी लडाइँ एक्लै वा मिलेर लड्यो । स्थापनायता २० भन्दा कम वर्षमात्र उसले शान्तिपूर्वक बितायो । सन् १९४५ देखि २००१ को ७६ वर्षमा संसारभर १५३ देशमा २४८ वटा सैनिक द्वन्द्व भए । तीमध्ये संरा अमेरिकाले २०१ वटामा आफैले नेतृत्व ग¥यो वा ऊ सहभागी बन्यो ।
संरा अमेरिकी इतिहासकार पल अटउडले एकपटक भनेका थिए, “अमेरिकीहरूको लागि युद्ध एउटा जीवन पद्धति हो । युद्ध, दासता र नरसंहारबीच संरा अमेरिका महाशक्तिको रूपमा जन्मियो–हुर्कियो ।
संरा अमेरिकी सरकारले संसारका अरबौँ जनताका दुःख र समस्याबारे कति पनि वास्ता गर्दैन । उसले आफ्नै स्वार्थलाई मात्र सर्वोपरि ठान्छ । संरा अमेरिकी सैनिक उद्योगले कति पैसा कमायो भन्ने नै उसको मूल चासोको विषय हुने गरेको छ ।
दोस्रो विश्वयुद्धबाट अमेरिकी सैनिक उद्योग बितेका ७७ वर्षमा लगातार फैलिरहेको छ । संरा अमेरिकाका ती हतियार कारखाना सबभन्दा युद्धपिपासु र राज्यको भित्रसम्म बलियो प्रभाव जमाएर बसेको क्षेत्र हो । संरा अमेरिकी राजनीतिमा ४ हजारभन्दा बढी दबाब समूहले सैनिक उद्योगको पक्षमा काम गर्दै आएका छन् । संरा अमेरिकाका कोही पनि राष्ट्रपतिले ती उद्योगलाई समर्थन नगरे उनीहरूले सामान्यतः चुनाव हार्ने गरेका छन् ।
संरा अमेरिकी वित्तीय र ऊर्जा समूह पनि खुसियाली मनाउँदै
संरा अमेरिकी सैनिक उद्योगको प्रत्यक्ष सम्बन्ध अमेरिकी आर्थिक केन्द्र वाल स्ट्रिटसँग छ । त्यसकारण, युक्रेन युद्धको अर्को ठूलो विजेता वाल स्ट्रिट पनि हो । मार्टिन मारिटा रकफेलर समूहबाट नियन्त्रित छ, जनरल डाइनामिस्क मोर्गन समूह र लकहिड मार्टिन क्यालिफोर्निया समूहको नियन्त्रणमा छन् । अमेरिकाका आर्थिक घरानाले सैनिक उद्योगबाट पनि अकुत धनराशी कमाउने गरेका छन् ।
विश्व पुँजीको अवस्थाबारे निगरानी राख्ने संस्था ईपीएफआरको प्रतिवेदनअनुसार युक्रेन सङ्कट सुरु भएको दुई सातामा संसारको धितोपत्र र शेयर बजारमा लगातार पुँजी लगानी बढेको थियो । संरा अमेरिकी पुँजी बजारमा मात्र खुद ७ अर्ब ७७ करोड अमेरिकी डलर लगानी भित्रियो । युरो र पाउन्डसँगको कारोबारबाट पनि संरा अमेरिकी डलरले लाभ उठायो । खासमा उनीहरूले विगतमा पनि यस्तै गरेका थिए । सन् १९९९ मा सङ्घीय गणतन्त्र युगोस्लाभियामाथि नाटोले वमबारी ग¥यो । त्यत्तिबेला डलरको तुलनामा युरोको भाउ निकै ओरालो लाग्यो । तर, संसारभरको भुक्तानी र सञ्चयको कारण डलरको भाउ भने बढ्यो । त्यसकारण, त्यत्तिबेला वाल स्ट्रिटले युद्ध लगातार भइरहोस् भन्ने चाहना राखेको थियो ।
युक्रेन सङ्कटले संरा अमेरिकालाई युरोपमा रुसको तेल र ग्यास रोक्ने राम्रो बहाना पायो । यसैलाई कारण देखाएर नोर्ड स्ट्रीम ग्यास पाइपलाइन रोकियो । फलतः युरोपेली देशहरू तेल र ग्यासको निम्ति रुसबाट अमेरिकाको मुख ताक्न बाध्य भए । सन् २०२१ मा युरोपेली देशहरूले रुसबाट १ खर्ब ५५ अर्ब क्युविक मिटर ग्यास आयात गरेको थियो । युरोपले खपत गरेको कुल ग्यासमध्ये यो ४२ प्रतिशत थियो ।
संरा अमेरिकाको चर्को दबाबमा युरोपेली सङ्घले यो वर्ष रुसबाट आयात गर्ने कुल ग्यासमध्ये १ खर्ब १० अर्ब क्युविक मिटर कटौती गर्ने योजना बनाएको छ । त्यसको पूर्ति उनीहरूले अमेरिकाबाट गर्ने विचार गरेका छन् । प्रारम्भिक चरणमा संरा अमेरिकाले यो वर्ष युरोपलाई १५ अर्ब क्युविक मिटर ग्यास दिनेछ । संरा अमेरिका युरोपको दुःखमा साथ दिइरहेको छैन । बरु ऊ आफ्नो नाफाको हिसाबकिताब गरिरहेको छ ।
युक्रेन सङ्कटअघि र त्यसयता संरा अमेरिकाको व्यवहार र त्यसको कारण नियाल्दा आफ्ना ठूला कुरालाई नपत्याउन संसारलाई उसले प्रस्ट जनाउ दिएको देखिन्छ । बरु हामीले सकेसम्म चाँडो शान्तिपूर्ण समाधानको निम्ति धेरै देशहरूको सहकार्यमा सन्तुलित र दिगो युरोपेली सुरक्षा बन्दोबस्त गर्न जरुरी छ । त्यसो गर्दामात्र रुस र युक्रेनका साथै रुस र युरोपका रणनीतिक सुरक्षा चासोको पनि उचित सम्बोधन गर्न सकिनेछ ।
लेखक चीन तथा विश्वव्यापीकरण केन्द्रका वरिष्ठ अधिकारी हुनुहुन्छ ।
सीजीटीएनबाट अनुदित सामग्री
Leave a Reply