वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
काभ्रे, १९ चैत । मित्र पार्टी कोरियाली मजदुर पार्टीका महासचिव एवम् प्रजग कोरियाका राष्ट्रपति किम इल सङको ११० औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा बनेपामा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले प्रजग कोरियाले आत्मनिर्भर र मानवकेन्द्रित जुछे विचारधारामा आधारित सिद्धान्तको माध्यमबाट साम्राज्यवादी अमेरिकाको नाकाबन्दीको सामना गर्दै समृद्धि हासिल गरिरहेको बताउनुभयो ।
पुँजीवादी पश्चिमा सञ्चारमाध्यमले प्रजग कोरियाबारे भ्रामक समाचार प्रचार गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रजग कोरियाको उत्तराधिकारी साम्राज्यवादविरोधी सङ्घर्षबाट खारिएर आएको हो, पुख्र्यौली नासो होइन ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले साम्राज्यवादविरोधी नेता किम इल सङले प्रतिपादन गर्नुभएको विचार र प्रजग कोरियाको बारेमा गहन अध्ययन गर्नुपर्ने बताउनुभयो ।
जापानी साम्राज्यवादलाई परास्त गरेर किम इल सङले समाजवादी आजुलाई अगाडि बढाएको चर्चा गर्दै उहाँले साम्राज्यवादी अमेरिकालाई वार्ता वा युद्धमा हाँक दिइरहेको छ भन्नुभयो ।
नेमकिपा बनेपा नगर समितिका सदस्य राममन्दिल श्रेष्ठले सङ्ख्याभन्दा विचारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा विनोद बजगाईँ, ओमप्रसाद मानन्धर, लक्ष्मी मानन्धर, ज्ञानेन्द्र डंगोल, अस्मिता खरेललगायतले किम इल सङको देनबारे बोल्नुभएको थियो ।
Leave a Reply