वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
पेइचिङ, २ अप्रिल । चीनका राष्ट्रपति सी चिनफिङले युरोपेली नेताहरूसमक्ष युक्रेन सङ्कटमा मद्दत गर्न चीन र युरोपेली सङ्घबीच सहकार्य गर्नेबारे चारबुँदे सुझाव प्रस्तुत गर्नुभएको छ । शुक्रबार युरोपेली नेताहरूसँगको भिडियो बैठकमा उहाँले विशेषतः युरोपेली सङ्घ, संरा अमेरिका र नाटोबीच संवाद बढाउन र प्रभावशाली एवम् दिगो युरोपेली सङ्घीय सुरक्षा ढाँचा बनाउन युरोपेली सङ्घले खेल्न सक्ने महत्वपूर्ण भूमिकालाई टेवा पु¥याउने विषयमा राष्ट्रपति सीले प्रस्ताव पेश गर्नुभएको हो ।
पर्यवेक्षकहरूले चीनले युरोपसमक्ष व्यवहारिक समाधान पेश गरेको र युक्रेन सङ्कटको कूटनीतिक ढङ्गले समाधान गर्न युरोपेली सङ्घलाई उत्साहित गरिरहेको बताएका छन् । रुसमाथि नाकाबन्दी लगाउन चीनलाई पनि दबाब दिनु र संरा अमेरिकाले भने भने जस्तो मान्नुको सट्टा युरोपेली सङ्घलाई चीनले आफ्नो निर्णय क्षमता आफ्नै हातमा राख्न र आफ्नो सुरक्षाको लागि आफैले काम गर्न सुझाव दिएको छ ।
शुक्रबार भिडियो लिङ्कमार्फत भएको २३ औँ चीन–युरोपेली नेताहरूको बैठकमा राष्ट्रपति सीले युरोपेली परिषद्का सभापति चाल्र्स मिचेल र युरोपेली आयोगका सभापति उर्सुला भोन डेर लेएनसँग भेट्नुभएको हो । बैठकमा दुईपक्षीय सहकार्य र युक्रेन सङ्कटमा केन्द्रित रहेर छलफल भएको थियो ।
युक्रेनको अवस्था अहिलेसम्म जस्ताको तस्तै भएकोमा दुःख व्यक्त गर्दै चीनले युक्रेन मुद्दामा चीनको अडान स्थिर र प्रस्ट भएको सीले बताउनुभयो ।
“चीन शान्तिको पक्षमा छ र हरेक मुद्दामा आफ्नो निर्णय र निष्कर्ष स्वतन्त्ररूपमा निकाल्ने गर्छ”, सीले भन्नुभयो ।
सीले युक्रेन समस्याको राजनीतिक समाधानको निम्ति युरोपेली सङ्घले गरिरहेको प्रयासलाई समर्थन गर्ने र आफ्नै ठाउँबाट शान्ति वार्तालाई उत्साहित गर्ने बताउनुभयो । “कुनै पनि ठूलो मानवीय सङ्कट रोक्न चीन युरोपेली सङ्घसँगै उभिनेछ”, सीले भन्नुभयो ।
उहाँले वर्षौंदेखि युरोपमा पेचिलो बन्दै गएको क्षेत्रीय सुरक्षा व्यवस्था नै आजको युक्रेनी तनावको मूल कारण भएको बताउनुभयो । त्यसको समाधान भनेको सबै सम्बन्धित पक्षका जायज सुरक्षा चासोको उचित समाधान गर्नु भएको भन्दै उहाँले युरोपेली सङ्घलाई प्रमुख भूमिका स्वीकार्दै वर्षौंको अन्तरालमा बनेको अहिलेको समस्या समाधान गर्न युरोप, रुस, संरा अमेरिका र नाटोबीच संवादलाई चीनले समर्थन गर्ने बताउनुभयो । उहाँले वार्ताबाट सन्तुलित, प्रभावकारी र युरोपमा दिगो सुरक्षा ढाँचा बन्ने समाधान निस्कने आशा व्यक्त गर्नुभयो ।
उहाँले अवस्थालाई नियन्त्रण बाहिर जान नदिन चीन र युरोपेली सङ्घ आफै प्रतिबद्ध हुनुपर्ने, सङ्कट अन्यत्र फैलिन रोक्नुपर्ने र सबभन्दा महत्वपूर्ण विश्व अर्थतन्त्रलाई प्रणालीबद्ध, नियमसङ्गत र बलियो जगमा टेकाएर सर्वसाधारण जनताको आत्मविश्वास बढाउनुपर्ने बताउनुभयो ।
चीन र युरोपेली नेताहरूबीचको शुक्रबारको बैठकअघि चिनियाँ विश्लेषकहरूले युक्रेन सङ्कटले चीन र युरोपेली सङ्घबीचको सम्बन्ध प्रभावित नहुने बताएका थिए । उनीहरूले युरोपेली सङ्घले आफ्नो विदेश नीति संरा अमेरिकाको हातमा छोड्न नहुने बताएका थिए । त्यसो गर्दा युरोपेली सङ्घको हित छायामा पर्ने, युरोपको आर्थिक पुनःस्थापना र जनजीवनमा जटिलता आउने र रणनीतिक स्वाधीनता हासिल गर्ने युरोपेली लक्ष्यविपरीत हुने बताएका छन् ।
सी र युरोपेली नेताहरूबीचको बैठकअघि युरोपका केही समाचार स्रोतहरूले युक्रेन सङ्कट समाधानमा रुसको सहयोगको निम्ति चीनसँग गुहारिरहेको र केही अधिकारीहरूले कदाचित रुसलाई चीनले मद्दत गरे चीनसँग उसका सबभन्दा ठूला व्यापार साझेदारहरू युरोप र संरा अमेरिकाको सम्बन्ध नराम्ररी बिग्रने बताएका थिए ।
Leave a Reply