भर्खरै :

उद्योगी–व्यापारीलाई नेतृत्व गर्नेको तराजुमा ठगी ?

उद्योगी–व्यापारीहरूबाट हुने कालोबजारी, कृत्रिम मूल्यवृद्धि, तौलमा ठगीलगायत नियन्त्रण गर्न सङ्घदेखि स्थानीय तहसम्मका सरकारबाट बरोबर अनुगमन भइरहेको छ । यस्तो अनुगमनमा जिल्ला प्रशासन कार्यालय र उद्योगी–व्यापारीहरूको सङ्गठनका प्रतिनिधिहरूको पनि संलग्नता छ ।
केही समयअगाडि अनुगमन टोली भक्तपुर उद्योग–वाणिज्य सङ्घका पदाधिकारीको हार्डवेयर बिक्री पसलमा पुग्यो । टोलीले डन्डी–सिमेन्ट तौल लिने मेसिन अनुगमन गर्दा तौलमा ठगी हुने खालको तराजु भेटियो । तर, प्रशासनसमेत संलग्न टोलीले उद्योग–वाणिज्य सङ्घका जिल्ला पदाधिकारीको पसल भएको हुँदा आँखा चिम्लेको र कुनै कारबाहीको लागि सिफारिस नगरेको जनगुनासो हालै सार्वजनिक भयो । यो जनगुनासो सत्य हो, होइन टोलीमा संलग्न भएका र पसलका मालिक स्वयम्ले स्पष्ट गर्नु जरुरी छ । ठगी काममा लागेका कसैलाई पनि छुट दिन नहुने ग्राहकहरूको मत हो ।
प्रहरी प्रशासनले कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि सृजना गरेकालार्ई र सर्वसाधारण जनतालाई ठगी गर्ने उद्योगी–व्यापारीहरूलाई कारबाहीमा कन्जुस्याईँ गर्न नहुने जनताको मत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *