हर्मुजदेखि पनामासम्म अमेरिकाको डकैती
- बैशाख २६, २०८३
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई उचालेर दङ्ग बनाए । नेपाल र भारतको जस्तो मित्रता कतै छैन, नेपाल–भारत सम्बन्ध विश्वकै अनुपम भनी प्रम मोदीले के उचालेका थिए नेपालका प्रम दङ्ग भए र मुसुमुसु हाँसी नाक फुलाए । भारतीय शासकहरूले नेपाली शासकहरूलाई नानाभाँतीका बखान गरेर उचाल्ने र अनि बजार्ने या थचार्ने काम गरिरहेको नेपाल सरकारले अझै पत्तो पाएको छैन । भारतीय शासकहरू कहिले आर्थिक सहयोग त कहिले विकासको प्रलोभन देखाएर नेपाल सरकारलाई खुसी पार्छन् र खुसीमा रमेर नेपाली शासकहरू भारतीय पक्षसँग असमान सन्धि सम्झौता गर्छन्, भूमि मिच्छन् नेपाली भूमि डुबानमा पारेर उठिबास गर्छन् । यसरी नेपाल र नेपालीलाई हुनसम्मको दुःख दिएर आहत पु¥याउने भारतीय शासकहरू भारतको थिचोमिचो, सीमा अतिक्रमण आदिको कुरा उठाउँछ भनेरै ढाकछोप गर्छन् र भन्नै लागेको कुरा पनि भन्न नदिने वातावरण तयार गर्छन् । यसैमा नेपाली शासकहरू मख्ख पर्छन् । नेपाल र नेपालीको पक्षपोषणभन्दा भारतीय शासकहरूको गुणगान गर्ने अन्धभक्त नेपाली नेता देउवा यसका दृष्टान्त हुन् ।
कसैले भनेको कुरा सही या गलत नसोची, नबुझी उफ्रने, समर्थन गर्ने कुनै पनि शासकहरूले देशको मुहार फेर्न सक्दैनन् । प्रम देउवा भारतका पुराना मित्र भन्दै नेपाल–भारत सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन देउवाले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्न पछि नपर्ने भारतीय प्रम मोदी देउवाको भारत भ्रमणबाट उत्साहित हुनु आश्चर्यको विषय भएन । देउवा प्रमले नेपालका ठूलठूला खोलानालाहरू भारतलाई हस्तान्तरण गरेकै हुन् । देशका ठूलठूला सरकारी उद्योग, कलकारखाना तथा संस्थानहरू भारतीय उद्योगपति या विदेशी दलालहरूलाई सस्तोमा बेचेकै हुन् । भारतीय शासकहरूले जे गरे पनि, जे भने पनि मौन बस्ने नेपाली शासकहरूको कमजोरी देखेपछि नेपाल–भारत सम्बन्ध उचाइमा पुगेको भन्न किन पछि पर्छ ? पहिले पहिले त नेपाली शासकहरू भारत भ्रमण गएपछि असमान सन्धि सम्झौता गरेर नेपालको के छोडेर आउने हो भन्ने चिन्ता हुन्थ्यो । नेपाल सरकारले भारतलाई कुनै न कुनै असमान सन्धि गर्ने गरेकै कारण नेपाली जनतामा त्यो चिन्ता छाएको हो । यसरी असमान सन्धि सम्झौता गर्ने एक प्रम देउवा नै हुन् । यसरी भारतीय शासकहरूको अन्धसमर्थन र पक्षपोषण गर्ने नेपालका प्रम देउवाको प्रशंसा गरिएकोमा के आश्चर्य !
Leave a Reply