भर्खरै :

स्वस्थ बन्न शारीरिक अभ्यास आवश्यक

खेल जीवनको महत्वपूर्ण अङ्ग हो । शारीरिक अभ्यास बच्चादेखि वृद्धवृद्धाहरूको निम्ति पनि जरुरी छ । शरीरका अङ्गलाई गतिशील या क्रियाशील बनाइएन भने हात खुट्टा नचल्ने या साना तिना काम पनि गर्न नसक्ने हुन्छ । शरीरलाई बलियो र स्फूर्तिलो बनाउन शारीरिक अभ्यास नगरी हुन्न । कति मानिसहरू शारीरिक अभ्यास नपुगेरै रोगी भएका छन् । शरीरलाई चलायमान बनाउन हिँड्ने, डुल्ने, खेल्ने, मनोरञ्जन गर्ने या शारीरिक अभ्यास आवश्यक हुन्छ । यसकारण, हरेक नागरिकले जीवनमा शारीरिक अभ्यास गर्नुपर्छ ।
खेलले शरीर स्वस्थ हुन्छ, तन्दुरुस्त हुन्छ । खेलाडीहरूको जीउ सामान्यतः फूर्तिलो देखिन्छ । खेलले आफ्नो व्यक्तित्व विकास गर्छ, मान सम्मान पाउँछ । खेलाडीहरू स्थानीय, क्षेत्रीय र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय समुदायमा समेत परिचित हुन्छन् । खेलले नाममात्र होइन दाम र इज्जत पनि पाउँछ । खेलाडीहरू या शारीरिक अभ्यासमा लागेका व्यक्तिहरूलाई सितिमिति रोगले छुन्दैन । खानेकुरा सजिलै पच्छ । पैसा मात्र थुपारेर मानिस स्वस्थ हुँदैन । कसैले रोग पालेर बसेको छ भने धेरै सम्पत्ति भएरै के गर्ने ? सम्पत्ति, बङ्गला, गरगहना, सुन हेरेर अशक्त जीवन बिताइरहनुको के अर्थ रहन्छ ?
समाजका कति मानिसहरू भुँडी बढेर हिँड्डुल गर्नै गा¥हो मान्छन् । शरीरले नै थाम्न नसकेपछि काम गर्ने जोश र जाँगर कसरी मिल्छ ? ठूलो मोटोपना आफ्नै लागि भारि भइरहेको हुन्छ । कहीँ चाडबाडमा जान, हितैषी या मिल्ने मित्रहरूसँग डुलेर रमाइलो गर्न पाउँदैन । यसकारण, शारीरिक अभ्यास चाहिन्छ । हुन त बिहानपख घुमफिर गर्नु, देवीदेवतास्थानमा जानु, डाफाभजनमा जानु पनि शारीरिक अभ्यासै हो । किसानहरू खेतीपातीमा लाग्नु, मजदुरहरू कलकारखाना तथा उद्योगहरूमा काम गर्नु, शिक्षकहरूले विद्यालय र कलेजमा पढाउनु पनि शारीरिक अभ्यासभित्रै पर्छ ।
कति मानिसहरू यति मोटो हुन्छन् कि हिँड्डुल गर्नै गा¥हो मान्छन् । काम गरेर कमाउने बेला, देश र समाजको हितमा लाग्ने बेला भुँडी या मोटोपनाको कारण केही गर्न नसक्ने भएपछि कतै आफ्नो जीवन आफूलाई भारिजस्तो हुँदैन र ! मोटोपन हेर्दा व्यक्तिको जस्तो समस्या हुन्छ तर त्यसले घर परिवार र समाजलाई नै असर पु¥याइरहेको हुन्छ । अतः आफ्नो शरीरलाई हर्ताकर्ता बनाउन शारीरिक अभ्यास या शारीरिक श्रमहरू गरिरहनुपर्ने हुन्छ । यसबारे सम्बन्धित विज्ञ, चिकित्सक, अग्रजहरूको परामर्शमा समाजका विभिन्न सङ्घ संस्था र पक्षहरूमार्फत अन्तरक्रिया र छलफल गरी चेतना जगाउनुपर्छ । सधैँ स्वस्थ, स्फूर्तिलो, जागरुक, हँसिलो भइरहनुपर्छ । यसका लागि टोलमा राजनीतिक कार्यकर्ता, समाजसेवी, अगुवाहरूको ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *