भर्खरै :

“अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा गर्न कोरियाबाट सेना फिर्ता गर्नुपर्छ”

तस्बिर– मजदुरहरूबीच राष्ट्रपति किम
सन् १९७२ मा एसियामा अर्को महत्वपूर्ण घटना भयो जसले संसारको ध्यानाकर्षण ग¥यो । संरा अमेरिकी राष्ट्रपति निक्सनले चीनको भ्रमण गर्नुभयो । उहाँ चीनको भ्रमण गर्ने संरा अमेरिकाका प्रथम राष्ट्रपति हुनुहुन्थ्यो । त्यही वर्षको मे महिनामा ‘द न्यु योर्क टाइम्स’का सहायक प्रधानसम्पादक सेलिसबेरीको नेतृत्वमा संरा अमेरिकी पत्रकारहरूले प्रजग कोरियाको भ्रमण गरे । प्रजग कोरिया–संरा अमेरिका सम्बन्धको इतिहासमा उनीहरूको त्यस्तो भ्रमण पहिलो थियो ।
प्रजग कोरियाको जुन ठाउँमा गए पनि सेलिसबेरी नेतृत्व प्रतिनिधिमण्डलले संरा अमेरिकाविरोधी भावना आफ्नै आँखाले देख्यो । त्यस्तो दृश्य देखेर उनीहरू ज्यादै आत्तिएका थिए । प्रजग कोरियाका राष्ट्रपति किम इल सङसँगको भेटपछि उनीहरूको त्यो मनस्थिति हुलका भयो ।
किम इल सङ आफै भ¥याङको मुखमै पुगेर अनुहारमा फराकिलो मुस्कानसहित उनीहरूको स्वागत गर्नुभयो । कोरियाली जनताबीच ज्यादै शक्तिशाली संरा अमेरिकाविरोधी भावना देखेर अमेरिकी पत्रकारहरूलाई नियास्रो लागेको हुनसक्ने भन्दै उहाँले त्यसका कारणबारे स्पष्ट पार्नुभयो ।
किम इल सङ र सेलिसबेरी नेतृत्वको प्रतिनिधिमण्डलबीच त्यो दिन भएको कुराकानीको सबभन्दा महत्वपूर्ण मुद्दा प्रजग कोरिया–संरा अमेरिका सम्बन्ध सुधार्नु थियो ।
सेलिसबेरीले प्रजग कोरिया र संरा अमेरिकाबीचको असामान्य सम्बन्ध अन्त्य गर्न के कस्ता सकारात्मक कदम चाल्न सकिन्छ भन्ने प्रश्नको उत्तरमा किम इल सङले उत्तर दिनुभएको थियो ।
उहाँले संरा अमेरिकी सरकारले प्रजग कोरियासँगको सम्बन्ध सुधार्न चाहन्छ भने कोरियाली जनताको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने बताउनुभयो । अमेरिकाले हस्तक्षेप रोके राष्ट्रिय पुनःएकीकरणको मुद्दा कोरियाली जनता आपसमा बसेर सुल्झाउने छन् ।
किम इल सङले भन्नुभयो, “आफ्नो चीन भ्रमणको क्रममा संरा अमेरिकी राष्ट्रपति निक्सन ग्रेटवाल नियाल्दै गर्दा राष्ट्रहरूबीच विभाजनको पर्खाल भत्काउनुपर्ने बताउनुभएको थियो । यदि संरा अमेरिकी सरकार यो भनाइलाई कार्यान्वयनमा लान चाहन्छ भने त्यसको सुरुआत कोरियाबाट हुनसक्छ । हिजोआज निक्सनले चीनका साथै सोभियत सङ्घसँगको सम्बन्ध सुधार्ने बताइरहनुभएको छ । यदि त्यही सत्य हो भने संरा अमेरिकाले किन दक्षिण कोरियामा आफ्नो सेना राखेको छ ? संरा अमेरिकाले त्यो क्षेत्रमा कम्युनिस्टहरूको विस्तार रोक्न सेना राखेको तर्क गर्दै आएको छ । अब त ठूलो समाजवादी देशहरूसँग उसले सम्बन्ध सुधार्ने भनेको छ । त्यसकारण, अब उसलाई दक्षिण कोरियामा सेना राख्ने कुनै छुट छैन । त्यसकारण, संरा अमेरिकाले तत्काल कोरिया छोड्नुपर्छ । उसले आफ्ना सबै सैनिक आधार भत्काउनुपर्छ र आक्रमणकारी सेना फिर्ता गर्नुपर्छ । जनवादी गणतन्त्र चीन र संरा अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा संरा अमेरिकाले कोरियाली प्रायःद्वीपमा तनाव कम गर्ने काममा सहयोग गर्ने र उत्तर एवम् दक्षिण कोरियाबीच सम्पर्क विस्तार गर्ने घोषणा गरेको थियो । यदि संरा अमेरिकाले भविष्यमा कोरियामा तनाव कम नगरे र उत्तर–दक्षिण सम्पर्क स्थापना नगरे उसले जनाएको प्रतिबद्धता दबाबमा परेर गरेको झूटो प्रतिबद्धतासिद्ध हुनेछ । यदि संरा अमेरिकाले हाम्रो देशमाथि आक्रामक कार्य रोक्दैन र हाम्रो पुनःएकीकरणमा अवरोध बन्द गर्दैन भने हामी अमेरिकाविरोधी नहुने कुनै कारण नै हुनेछैन । हाम्रो देश र संरा अमेरिकाबीचको सम्बन्ध पूर्णतः संरा अमेरिकी सरकारको व्यवहारमा निर्भर रहनेछ ।”
राष्ट्रपति किमका कुरा सुनेर होटल फर्केका सेलिसबेरी त्यो रात निदाउन सकेनन् । उनले संसारका ७० भन्दा बढी देशको भ्रमण गरिसकेका थिए । ती देशका राष्ट्रप्रमुखहरूसँग उनले कुराकानी गरे । महत्वपूर्ण अन्तर्राष्ट्रिय राजनीतिक मुद्दामा उनका लेखहरू निकै चर्चित पनि छन् । तथापि, उनले किम इल सङको जीवन्त व्यक्तित्व कहिल्यै पनि भुल्न सकेनन् । राष्ट्रपति किमले संरा अमेरिका–प्रजग कोरिया सम्बन्ध सुधार्ने तरिकाबारे प्रस्ट व्याख्या गर्नुभएको थियो ।
अमेरिकी पत्रकार सेलिसबेरी अर्को बिहान सखारै खातमै बसेर राष्ट्रपति किम इल सङसँगको भेटबारे एउटा लेख लेख्नुभयो र आफ्नो पत्रिकाको मुख्यालय पठाउनुभयो ।
‘द न्यु योर्क टाइम्स’ ले सेलिसबेरी नेतृत्वको प्रतिनिधिमण्डलले किम इल सङसँग गरेको भेटवार्तासम्बन्धी लेख र तस्बिरका साथै किम इल सङको छोटो परिचयसहित दुई पृष्ठको सामग्री प्रकाशित गरेको थियो ।
त्यसपछि यूपीआई र एपीले पनि संरा अमेरिकी पत्रकारहरूसँग किम इल सङको भेटवार्ताबारे समाचार प्रकाशित गरेका थिए ।
संरा अमेरिका फर्केपछि सेलिसबेरीले संरा अमेरिकी सरकारसमक्ष प्रजग कोरियाप्रति आक्रामक नीतिको सिंहावलोकन गर्न, संरा अमेरिका–प्रजग कोरिया सम्बन्ध सामान्यकरण गर्न, दक्षिण कोरियाबाट संरा अमेरिकी सेना फिर्ता गर्न आदि नीतिगत सल्लाह प्रस्तुत गर्नुभयो । संरा अमेरिकी प्रतिनिधिसभाको वैदेशिक मामिला समितिका धेरै पटक गएर उनले आफ्ना सुझाव प्रस्तुत गरे ।
सेलिसबेरीको प्रजग कोरिया भ्रमणपछि संरा अमेरिकी प्रतिनिधि सभाअन्तर्गत वैदेशिक मामिला समितिका सदस्यहरूले दक्षिण कोरियाबाट संरा अमेरिकी सेना फिर्ता गर्ने विधेयक संसद्मा पेश गरे । सांसद स्टेफन सोलार्सले प्रजग कोरियाको भ्रमण गर्नुभयो ।
सन् १९९४ मा संरा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले प्रजग कोरियाको भ्रमण गरेर राष्ट्रपति किम इल सङसँग भेट्नुभयो । संरा अमेरिकी राजनीतिक नेता, सार्वजनिक व्यक्तित्व र धार्मिक नेताहरूको लगातारको प्रजग कोरिया भ्रमणले प्रजग कोरिया र संरा अमेरिकाबीच संवादको नयाँ इतिहास बन्दै गयो ।
स्वाधीनताको लागि साम्राज्यवादविरोधी लक्ष्यमा योगदान
प्रजग कोरियाका राष्ट्रपति किम इल सङले आफ्नो सिङ्गो जीवन मानिसको स्वाधीनताको लागि साम्राज्यवादविरोधी लक्ष्य हासिल गर्न समर्पण गर्नुभयो ।
उहाँ आफैले प्रतिपादन गर्नुभएको जुछे विचारधाराको दार्शनिक सिद्धान्त राष्ट्रिय मुक्ति सङ्घर्षमा विलक्षणताका साथ कार्यान्वयन गर्दै संसारभरका उत्पीडित जनताले आफ्नै अग्रसरता र सङ्घर्षबाट वास्तविक स्वतन्त्रता र स्वाधीनता हासिल गर्न राष्ट्रिय मुक्ति आन्दोलनको निम्ति पथप्रदर्शन गर्नुभयो ।
सन् १९३० को जूनमा उहाँले उपयुक्त रणनीतिक र कार्यनीतिक उद्देश्यसहित आफ्नै क्रान्तिकारी सेना बनाएर सशस्त्र सङ्घर्ष गर्ने नीति अघि सार्नुभयो ।
इतिहासमै पहिलो पटक उपनिवेशहरूको राष्ट्रिय मुक्तिको लागि क्रान्तिका समस्याबारे वैज्ञानिक र सैद्धान्तिक व्याख्या गर्दै र जापानविरोधी सशस्त्र सङ्घर्षलाई सफलतामा पु¥याएर उहाँले राष्ट्रिय मुक्ति सङ्घर्षको इतिहासमा उत्कृष्ट उदाहरण पेश बनाउनुभयो ।
सन् १९६८ मा क्युवाको हवानामा भएको सांस्कृतिक सम्मेलनमा ‘राष्ट्रपति किम इल सङको प्रत्यक्ष नेतृत्वमा अघि बढाइएको कोरियाली जनताको जापानविरोधी सशस्त्र सङ्घर्ष’ शीर्षकको दस्तावेज पारित गरियो । सो दस्तावेजलाई एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताको राष्ट्रिय मुक्तिको लागि साम्राज्यवादविरोधी सङ्घर्षका रणनीति र कार्यनीतिको रूपमा अघि बढाउने निधो गरिएको थियो ।

सन् १९७२ मा अमेरिकी पत्रकार सेलिसबेरीसँग किम इल सङ


दस्तावेजमा भनिएको छ, “सदा विजयी प्रतिभाशाली कमान्डर राष्ट्रपति किम इल सङको नेतृत्वमा जापानविरोधी सशस्त्र सङ्घर्षमा विजय हासिल भयो । उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यक्रम र ती कार्यक्रम हासिल गर्न प्रस्तुत वैज्ञानिक तरिका तथा उहाँको प्रभावशाली रणनीतिक र कार्यनीतिक नेतृत्वको कारण यो विजय सम्भव भएको हो ।”
राष्ट्रपति किम इल सङले संसारका उत्पीडित जनताका राष्ट्रिय मुक्ति सङ्घर्षमा समर्थन गर्नुभयो र विजय हासिल गर्न उत्साहित गर्नुभयो ।
मोजाम्बिक, अङ्गोला र जिम्बाबेलगायत विभिन्न देशका जनतालाई उहाँले अमूल्य अनुभव र महत्वपूर्ण सल्लाह दिनुभयो । ती देशका जनताले साम्राज्यवाद र उपनिवेशवादबाट मुक्त हुन सशस्त्र सङ्घर्ष गर्दै गर्दा उनीहरू अनुरोधमा राष्ट्रपति किमले सक्दो सबै सहायता गर्नुभयो ।
सन् १९८० को अप्रिलमा रोबर्ट जी मुगाबेले प्रजग कोरियाको भ्रमण गर्नुभयो । एक शताब्दीभन्दा लामो समय उपनिवेशवादी उत्पीडन र शोषणबाट पिल्सिएका जिम्बाबेका जनताले दीर्घकालीन सशस्त्र सङ्घर्षबाट स्वतन्त्रता हासिल गरेलगत्तै उहाँ प्रजग कोरियाको भ्रमणमा निस्कनुभएको थियो । उहाँले राष्ट्रपति किम इल सङलाई भन्नुभएको थियो,“हाम्रा अनुरोध र न्यायपूर्ण सङ्घर्ष कोरियाली जनता र कोरियाली जनता पार्टीका न्यायपूर्ण सङ्घर्षसँग मेल खाएकोले हामीले धेरै सहायताको निम्ति अनुरोध ग¥यौँ । तपाईँले हाम्रो आग्रह सहजै स्वीकार्नुभयो र वाचा पूरा गर्नुभयो । वास्तवमा तपाईँ हाम्रो सबभन्दा नजिकको मित्र र अविभाज्य सहयोद्धा बन्नुभयो ।”
राष्ट्रपति किम इल सङले स्वाधीनताको निम्ति सङ्घर्ष गरिरहेका प्रगतिशील जनताको निम्ति उत्साह र आत्मविश्वास बन्नुभयो । मानिसको स्वाधीनताको लक्ष्य हािसल गर्न उहाँले महत्वपूर्ण योगदान गर्नुभयो ।
सन् १९९१ अप्रिलमा प्योङयाङमा आयोजित अन्तर संसदीय सङ्घको ८५ औँ सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति किम इल सङले ‘स्वतन्त्र र शान्तिपूर्ण नयाँ विश्वको लागि’ शीर्षकको मन्तव्य दिनुभएको थियो ।
भाषणमा किम इल सङले अन्तर्राष्ट्रिय समुदायमा समान हैसियतका सबै देश र राष्ट्रहरूले स्वाधीनता कायम राख्नुपर्ने, शक्ति राजनीतिको विरोध गर्नुपर्ने र आक्रमण र युद्ध रोक्न विश्वभर संयुक्त सङ्घर्ष चलाउनुपर्नेमा जोड दिनुभएको थियो ।
सन् १९८१ फेबु्रअरीमा प्रजग कोरियाको भ्रमणमा निस्कनुभएका फ्रान्सेली समाजवादी पार्टीका नेता फ्रान्कोइस मिटराँसँगको भेटमा किम इल सङले नयाँ विश्व युद्ध हुन नदिन युरोपेली देशहरू कुनै पनि मोर्चामा सामेल हुन नहुने बरु आफ्नै देशलाई स्वाधीन र तटस्थ राख्नुपर्ने बताउनुभयो । उहाँले बरु विकासशील देशहरूलाई स्वाधीनता जोगाउन, शान्ति स्थापना गर्न र स्वाधीनता सार्वभौम राज्यको रूपमा रहन मद्दत गर्नुपर्ने बताउनुभयो ।
मिटेराँले किम इल सङलाई आफूले यस्ता अमूल्य विचार कसैबाट नसुनेको र किमको सल्लाहमा धेरै समस्याको विश्लेषण र मूल्याङ्कन भएको बताउनुभयो ।
त्यही वर्षको मे महिनामा मिटेराँ फ्रान्सका राष्ट्रपति निर्वाचित हुनुभयो । उहाँले जी ७ सम्मेलनमा किम इल सङलाई वर्तमान युगका महत्वपूर्ण नेता भएको बताउनुभएको थियो ।
राष्ट्रपति किम इल सङको निधन भएको २६ वर्ष बितिसकेको छ । तथापि, मानव जातिको स्वाधीनताको लागि साम्राज्यवादविरोधी लक्ष्यमा उहाँको योगदानलाई उही तेजका साथ कदर गरिन्छ ।
जनता नै आफ्ना शिक्षक
सन् १९९२ अप्रिलमा संरा अमेरिकी अखबार ‘द वासिङ्टन टाइम्स’ का पत्रकारहरूको प्रतिनिधिमण्डलले प्रजग कोरियाको भ्रमण ग¥यो । उनीहरूले कोरियाली जनताका नेता तथा संसारका प्रसिद्ध पाका राजनेता किम इल सङसँग भेट्ने इच्छा व्यक्त गरे ।
राष्ट्रपतिले उनीहरूलाई भेट्न समय मिलाउनुभयो र उनीहरूले उठाएका प्रश्नको उत्तर दिनुभयो ।
प्रतिनिधिमण्डलका प्रमुखले उहाँलाई रुचि, मनोरञ्जन गर्ने तरिका र मनपर्ने खेलबारे जिज्ञासा राख्नुभयो ।
मुसुक्क हाँस्दै राष्ट्रपतिले आफ्नो कुनै विशेष रुचि वा मनोरञ्जन गर्ने कुनै विशेष तरिका नभएको बताउनुभयो । उहाँले पुस्तक पढ्नु र जनतासँग घुलमिल हुने र सरसङ्गत गर्नु आफ्नो रुचि भएको बताउनुभयो ।
प्रतिनिधिमण्डलका नेताले भन्नुभयो, “मैले अहिलेसम्म धेरै राष्ट्रप्रमुख र नेताहरूलाई भेटिसकेको छु । कसैको रुचि शिकार गर्नु, माछा मार्नु, पौडी खेल्नु तथा मनोरञ्जनात्मक गतिविधिमा रमाउनु हुने गरेको छ । तर, पुस्तक पढ्ने र जनतासँग घुलमिल हुनेजस्तो रुचि कसैको सुनेको छैन । तपाईँको रुचि निकै सरल छन् । त्यसलाई रुचि नै भन्न मिल्छ, मिल्दैन थाहा छैन । तथापि, तपाईँको जवाफको विशेष महत्व छ । तपाईँको रुचि खास महान व्यक्तिको रुचि हो । तपाईँजस्ता राजनेता संसारमा दुर्लभ छ ।”
सन् १९९४ को अप्रिलमा सीएनएन अन्तर्राष्ट्रियका पत्रकारहरूको प्रतिनिधिमण्डलले पनि राष्ट्रपति किम इल सङसँग भेटेको थियो ।
उनीहरूसँगको भेटघाटमा पनि राष्ट्रपतिलाई उहाँका रुचिबारे प्रश्न गरिएको थियो ।
उहाँले भन्नुभएको थियो, “पुस्तक पढ्नु, जनतासँग घुलमिल हुनु र कुराकानी गर्नु नै मेरा रुचि हुन् भन्छु । पुस्तक मौन शिक्षक हो । मेरो लागि जनता सबभन्दा स्रोत सम्पन्न र जानकार शिक्षक हुन् । जनता दर्शन, अर्थतन्त्र र साहित्यका मिश्रण हुन् । त्यसकारण, म उनीहरूसँग घुलमिल हुन्छु र धेरै कुरा सिक्छु ।”
लामो समय आफ्नो देशको नेतृत्वको गर्ने क्रममा किम इल सङले कुनै पनि नीति वा निर्णय गर्नुअघि जनताकै बीचमा जाने गर्नुभएको छ ।
कुनै कारखानामा जाँदा उहाँ मजदुरहरूका विचार सुन्नुहुन्छ, उनीहरूका तेलले चिल्ला भएका हात समातेर कुरा गर्नुहुन्छ । गाउँमा जाँदा उहाँ धान खेतको ड्याङमा बसेर किसानहरूलाई चुरोट खान दिनुहुन्थ्यो र किसानी कामबारे छलफल गर्नुहुन्थ्यो ।
त्यसरी नै उहाँले धेरै नीति र कार्यक्रमको खाका बनाउनुभएको छ । ताएन कार्य पद्धति, चोङसान री भावना र चोङसान री पद्धति त्यसरी नै बनाइएका नीति तथा कार्यक्रम हुन् । उहाँले त्यसरी नै ‘हाम्रो देशमा समाजवादी ग्रामीण प्रश्नबारे थेसिस’ लेख्नुभएको छ ।
संसारका सञ्चारमाध्यमले लेखेका छन्, “राष्ट्रपति किम इल सङका महान् विचार जनताको बीचमा जन्मिने गरेको छ ।” “जनताप्रति उहाँको विचारले उहाँको सदाविजयी नेतृत्वको मूल कारण हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *