काभ्रेमा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
- बैशाख २६, २०८३
काठमाडौँ, २२ चैत । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७८ को प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलको प्रतिबद्धता प्राप्त गर्न बिहान ११ः३० बजे आयोगको सभाहलमा राजनीतिक दलका प्रमुख पदाधिकारी (अध्यक्ष वा सभापति) को उपस्थितिको लागि निम्ता गरेको थियो । आयोगका प्रमुख दिनेश थपलियाले राजनीतिक दलहरूसँग लिखित सुझावसमेत लिएर तयार भएको निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको, आयोगले तोकेको दिनमा सो आचारसंहिता लागु हुन, भोलि र पर्सि प्राध्यापकलगायतको समेत प्रतिबद्धता प्राप्त गर्ने उल्लेख गर्दै छलफलभन्दा पनि इमानदारीका साथ आचारसंहिता पालना गर्ने प्रतिबद्धता गर्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।
आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी सर्वोच्च अदालतबाट आदेश जारी भएको उल्लेख गर्दै सुविधा लिनेहरूको उम्मेदवारी खारेज हुने कानुनी व्यवस्था भएको तर्फ राजनीतिक दलहरूको ध्यानाकर्षण गराउनुभयो ।
सम्बन्धित पालिकामा बेरुजु भएका ठेकेदारले सो पालिकामा उम्मेदवारी दिन नपाउने आचारसंहिताको व्यवस्थालाई ठेकेदार उम्मेदवार हुन नपाउने समाचार प्रकाशित भएको भन्दै पत्रकारहरूसँग पनि गुनासो गर्नुभयो ।
आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न आग्रह गरेपछि सहभागी प्रतिनिधिहरूले प्रधानमन्त्री र शासक दलका नेताहरू राज्यकोषको खर्चबाट हेलिकप्टर चढेर चुनाव प्रचारमा लागेको र गठबन्धनको नाममा मतदाताको आस्थामा प्रहार गर्ने काम हुने, चुनाव चिह्नसहितको झन्डा निर्वाचन प्रचार कार्यालयमा मात्र राख्न पाउने आचारसंहिता भए पनि काठमाडौँ बागबजारमा रुख, गोलाकारभित्र हँसिया हथौडालगायत चुनाव चिह्नको झन्डा बनाउने काम भइरहेको समाचार ‘कान्तिपुर’ दैनिकको पृष्ठ ३ मा प्रकाशित भएको तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।
आयोगका अर्का आयुक्तले प्रतिबद्धतामा हस्ताक्षर गर्न अनिच्छुकहरू जान सक्ने बताएपछि स्थिति असहज भएको थियो ।
केही प्रतिनिधिहरूले निर्वाचन जित्न शासकहरू भाजपाको कार्यालयमा गएको आचारसंहिता उल्लङ्घन किन होइन भनी प्रश्न उठाएका थिए ।
आयोगले तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छ वटा दललाई राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि भनी सभाहलको अगाडि कुर्सीसँगै भित्तामा टाँसेको र त्यस पछाडि अन्य राजनीतिक दलका प्रतिनिधिहरू भनी भित्तामा टाँसेको हुँदा एमाले र जसपाबाट टुक्रिएर अलग बनेका नयाँ दुई दल कसरी राष्ट्रिय दलको मान्यता प्राप्त हुन्छन् भनी प्रश्न उठेको थियो ।
प्रमुख आयुक्तले छलफलको लागि अर्को दिन व्यवस्था गर्नसक्ने बताएपछि बैठकमा तनाव घटेको थियो ।
बैठकमा आयोगले शासक दलहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न नसकेको तर्फ अन्य दलहरूबाट आयोगलाई खबरदारी गर्ने काम भएको थियो ।
निर्वाचन मिति घोषणालगत्तै आचारसंहिता लागु हुनुपर्ने पनि कतिपय दलको आवाज थियो ।
आयोगले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि नगरे पनि सबै दल र उम्मेदवारलाई समानरूपमा लागु हुनेतर्फ सचेत गराएको थियो ।
Leave a Reply