भर्खरै :

ट्रम्पबाट नाकाबन्द हुन पाउनु गौरवको कुरा–माडुरो

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले संरा अमेरिकाले हालै आफूविरुद्ध लगाएको नाकाबन्दीको प्रतिकार गरेका छन् ।
भेनेजुयलामा आयोजित एक सार्वजनिक समारोहमा बोल्दै माडुरोले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै भने,‘तिमीले जस्तो नाकाबन्दी थोपर्न सक्ने हो, थोपर तर म स्वतन्त्र जनताको नेता हुँ ।’
राष्ट्रपति माडुरोमाथि नाकाबन्दी लगाएको भन्दै संरा अमेरिकी ट्रेजरी डिपार्टमेन्टले घोषणा गरेलगत्तै उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।
नाकाबन्दीको अर्थ संरा अमेरिकी क्षेत्राधिकारअन्तर्गत पर्ने माडुरोका सबै सम्पत्तिमाथि रोका गरिएको छ र साथै माडुरोसँग कोही पनि संरा अमेरिकी नागरिकले सम्बन्ध राख्न पाउने छैनन् ।

‘मलाई साम्राज्यवादी महोदय डोनाल्ड ट्रम्पबाट नाकाबन्द हुनुमा गौरव लाग्छ ।’

माडुरोले नाकाबन्दीले भेनेजुयलाको राष्ट्रिय संविधानसभामाथि ‘साम्राज्यवादी हमला’ भएको भन्दै आक्रोश पोखे ।
‘ममाथि नाकाबन्दी किन ? मैले जनताले स्वतन्त्र रुपमा संविधानसभाको लागि मतदान गर्न सक्ने प्रजातान्त्रिक चुनावको आयोजना गरेकाले ममाथि नाकाबन्दी हो ?’, उनले भने,‘मलाई साम्राज्यवादी महोदय डोनाल्ड ट्रम्पबाट नाकाबन्द हुनुमा गौरव लाग्छ ।’
माडुरोले संरा अमेरिकी दबाबका कारण संविधानसभा नबिथोलिने समेत स्पष्ट पारे ।
‘भेनेजुयलाको मुख कसैले थुन्न सक्दैन । कसैले पनि र केही पनि राष्ट्रिय संविधान सभाका काम रोक्न सक्नेछैन ।’, उनले भने ।
भेनेजुयलाको निर्वाचन कार्यालयअनुसार आइतबार भएको संविधानसभा निर्वाचनमा ८० लाख जनताले मतदान गरे । त्यो भनेको ४१ प्रतिशत हुन आउँछ ।
माडुरो चुनावमा जनताको सहभागिता शान्तिप्रति भेनेजुयाको प्रतिबद्धता र संविधानसभाले देशको चालु राजनीतिक द्वन्द्वको समाधानको चाहना राखेका स्पष्ट भएको बताए ।
‘उन(ट्रम्प)लाई भेट्नुमा मलाई खुशी लाग्नेछ र म उनीसँग हात मिलाउन चाहन्छु । तर उनले भेनेजुयलामा आफ्नो जीवनकै सबभन्दा गम्भीर गल्ती गरिरहेका छन् किनभने भेनेजुयला यो क्षेत्रसँग सम्बन्धको मियो हो ।’, माडुरोको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *