कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
साम्राज्यवादी मुलुकहरू अहिले पनि संसारका मुलुकलाई आफ्नो छत्रछायामा राख्न चाहन्छन्, राख्ने दुस्प्रयास गरिरहेका छन् । हाल युक्रेनमा भइरहेको रुस–युक्रेन युद्ध यसको पछिल्लो दृष्टान्त हो । युक्रेनमा भइरहेको युद्ध साम्राज्यवादी देश अमेरिकाको कारण भएको हो । साम्राज्यवादी अमेरिकाले चीनलाई घेराउ गर्ने षड्यन्त्रमात्र होइन रुसलाई पनि घेर्ने दाउ रचिरहेको छ । साम्राज्यवादी देशले आफ्नो विचारभन्दा फरक देश र देशका नेता, राष्ट्रपति, प्रधानमन्त्रीहरूलाई कहिल्यै उठाउँदैनन् । अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा स्वाधीनताका शक्तिहरू, कम्युनिस्ट शक्तिहरू, देशभक्त र वामपन्थी शक्तिहरूको उदय भइरहेको बेला साम्राज्यवादी मुलुकहरू अझ सक्रिय भएर अनेक मन्त्रयुद्ध गर्छन्, गरिरहेका छन् । ‘पहिलो देश’ भन्ने अमेरिकाको विकासलाई समाजवादी देश चीनले प्रगतिमा पछार्ला भनेरै अमेरिका, बेलायतजस्ता साम्राज्यवादी मुलुकहरू समाजवादी देशविरुद्ध उभिएका छन्, अनेक मन्त्रयुद्ध गरेर अर्काे विश्वयुद्ध निम्त्याउन खोजिरहेका छन् या समाजवादी देशविरुद्ध धावा बोलिरहेका छन् ।
विश्वका मुलुकलाई हिजोझैँ आज पनि आफ्नो आधिपत्यमा राख्न नै साम्राज्यवादी देश अमेरिकाले लडाइँको जाल बुनिरहेको हो । लडाइँलाई बढावा दिएर हतियार बेची धनी बनेको अमेरिकाले अहिले पनि शान्ति, प्रजातन्त्र, मानव अधिकारको बखान गरेर विश्वका मुलुक र मुलुकका जनतालाई तर्साइरहेको छ, आतङ्कित पारिरहेको छ । विश्व ‘शान्ति’ को साइनबोर्ड झुन्ड्याएर, ‘निःशस्त्रीकरण’ को हवाला दिएर युद्ध निम्त्याउँदै छ, शस्त्रअस्त्रको व्यापार गरेर शस्त्रीकरणलाई प्राथमिकता दिँदै छ, आणविक अस्त्र नियन्त्रण भन्दै युद्ध चर्काउन अन्य देशलाई शस्त्रअस्त्र तथा आणविक अस्त्रलाई बढावा दिँदै छ । संयुक्त राज्य अमेरिका आफ्नो देशमा आणविक अस्त्र बनाउँछ अरू देशलाई बिक्री गर्छ, साम्राज्यवादी पक्षधर मुलुकमा आणविक अस्त्र बनाए पनि अमेरिका मौन रहन्छ । तर, अरू कम्युनिस्ट देशले आत्म रक्षाको निम्ति आणविक अस्त्र बनाउँदा अमेरिका विरोध गर्छ, अमेरिका ती देशलाई नाकाबन्दी गर्छ, कालोसूचीमा राख्छ र आतङ्ककारी देश भनी घोषणा गर्छ ।
संसारका मुलुकलाई आतङ्कित पार्ने देश संयुक्त राज्य अमेरिका हो । यो कुरा संसारका सबै मुलुक र मुलुकका राष्ट्रनायकहरूलाई थाहा छ । संसारका जनताको दुःख बुझ्ने, विकास चाहने समाजवादी, वामपन्थी, देशभक्त राष्ट्रका नायकहरू अरू देशमा विकासमा सहयोग गर्छन्, स्वास्थ्योपचारको निम्ति चिकित्सक पठाउँछन् । तर कुनै सर्त हुँदैन । तर, अमेरिका विकासमा बाधा हाल्छ र देश देशबीच युद्ध गराई, देशको आन्तरिक मामिलामा द्वन्द्व चर्काई हतियार बेच्छ, आतङ्कित पार्छ, जन–धनको क्षति पु¥याई कमजोर पार्छ । संसारका दर्जनौँ मुलुकमा सैनिक हस्तक्षेप गर्ने, आक्रमण गर्ने, आक्रमणमा सहयोग पु¥याउन अग्रणी भूमिका खेल्ने देश अमेरिका नै हो । अहिले पनि दर्जनौँ देशमा अमेरिकी सेना तैनाथ गरिएको छ । तर, पनि संयुक्त राष्ट्र सङ्घ मौन छ । संयुक्त राष्ट्र सङ्घ पनि अमेरिकाको कठपुतलीजस्तो भइरहेको छ ।
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका नेता किम इल सङले भनेका थिए, “साम्राज्यवादीहरू र प्रभुत्ववादीहरू आफ्नो प्रभाव क्षेत्र फैलाउने उद्देश्यले तेस्रो विश्वका मुलुकहरूलाई आफ्नो नियन्त्रणमा ल्याउन जोडतोडले तँछाडमछाड गर्दै छन् । ‘सहायता’ र ‘संरक्षण’ को निहुँमा उनीहरूले विश्वका तेस्रो मुलुकहरूको झगडामा हात हाल्न, त्यसमा खुलमखुला हस्तक्षेप गर्न प्रतिस्पर्धा गर्दै छन् । यी मुलुकलाई आफ्नो नियन्त्रणमा ल्याउन परस्पर झगडा गर्दै छन् ।” साम्राज्यवादी देश अमेरिकाले गरिरहेको आतङ्कित क्रियाकलापको मूल्याङ्कन गर्दै नेता किम इल सङले सो भनाइ राखेका हुन् ।
अब त अमेरिकाले आर्थिक सहयोगको बहाना बनाएर नेपाललाई पनि प्रयोग गर्न थालेको छ । आर्थिक सहयोगको बहानामा अमेरिकी एक कम्पनी एमसीसी लिएर नेपाल पसेको छ । साम्राज्यवादी देशहरू शक्तिको दम्भ देखाएर सहयोग गर्न पनि डर त्रास देखाउँछन् र धम्की दिन्छन् । देशघाती सर्त भएको एमसीसी सम्झौता कुनै हालतमा पारित नगर्न जनताले सरकार र सांसदहरूको ध्यानाकर्षण गरिरहँदा अमेरिकी कूटनीतिज्ञहरूले सम्झौता पारित नगरे अरू सहयोग पनि नपाउने धम्की दिए । यही धम्कीको भरमा सत्तारुढ दलका नेताहरू थरथर कामे र सम्झौता पारित गरे । तिनीहरूले अमेरिकाको स्यावासी पाए र नेपाल र नेपालीलाई धोका दिए, विश्वासघात गरे । अझ उनीहरूले एमसीसी सम्झौता पारित नभए देशमा ‘ध्वंस’ हुने कुरा पनि फलाक्न भ्याए ।
सहयोग नलिँदैमा ‘ध्वंस’ हुने कुरा के धम्की होइन ? यो कस्तो सहयोग ? यसले थाहा हुन्छ, त्यो सहयोगभित्र अर्कै ध्वंसात्मक गन्ध छ । आखिर धम्काएर नै देउवा नेतृत्वको सरकारले एमसीसी सम्झौता पारित ग¥यो र अमेरिकी शासकलाई खुसी पा¥यो । संयुक्त राज्य अमेरिकाले एक–एक देशमा आतङ्कित पार्दै, आक्रमण गर्दै जनधनको क्षति पु¥याइरहेको छ, नरसंहार गरिरहेको छ । त्यो संहार अफगानिस्तानपछि युक्रेनमा परेको छ । साम्राज्यवादी देशहरू कुनै देशको आन्तरिक मामिलामा झगडा गराउँछन्, शासकलाई कमजोर पार्छन्, एउटा देश र अर्काे देशबीच फाटो ल्याउँछन्, युद्ध निम्त्याउने वातावरण तयार गर्छन्, युद्ध गराउँछन् र हतियार बेच्छन् । चीनले विज्ञान र प्रविधि क्षेत्रमा गरिरहेको विकास अमेरिकाको लागि असह्य भएकै हो । आफ्नो देशभन्दा अरू देशले गरेको विकास हेर्न नचाहेकै हो । त्यही कारण अमेरिका छटपटिरहेको हो, अमेरिका चीनको प्रगतिमा बाधा पु¥याउन तम्सेको हो ।
पिछडिएको, गरिब या विकासशील देशहरूकै लागि विकासको नाउँमा गरिने आर्थिक सहयोगमा देशघाती सर्त किन ? यसले थाहा हुन्छ, त्यो सहयोगभित्र कुटील चाल छ । यसकारण, तेस्रो विश्वका उत्पीडित राष्ट्रहरू, समाजवादी मुलुक र असंलग्न राज्यहरू साम्राज्यवादी देशको दबाब, प्रभाव, उठबस, धम्कीसामु झुक्नु हुन्न । ती सबै देशहरू मिलेर साम्राज्यवादी नीतिको विरोध गर्नुपर्छ । सहयोग र संरक्षणको नाउँमा हुने कुनै पनि प्रभुत्ववादको विरोध गर्नुपर्छ । साम्राज्यवादी मुलुकले शान्ति, प्रजातन्त्र, मानव अधिकार, आर्थिक सहयोग र विकासको कुरा उठाए पनि यथार्थमा आफ्नो प्रभुत्व जमाउने, हिंसा भड्काउने र अन्ततः युद्ध निम्त्याउने कामबाहेक अरू गरिरहेको छैन । साम्राज्यवादी मुलुक अमेरिका यस्तै क्रियाकलापले विश्वमा बदनाम हुँदै छ, विश्वका जनता एकत्रिट हुँदै छन् । देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति एकगठ भएर लड्नैपर्छ । नत्र, साम्राज्यवादी देशहरूले एक एक पाइला गर्दै स्वाधीन देशमा भड्काउने, आतङ्कित पार्ने काम गरेर संसारका अरू मुलुकलाई हाहाकार बनाउने छन्, बनाइरहेका छन् । साम्राज्यवादी मुलुक भएसम्म यस्तो खेल भइरहनेछ । अत ः विश्वमा शान्ति छाउन, निर्धक्कसँग आ–आफ्नो देशमा विकास गर्न साम्राज्यवादी देशको आक्रामक नीतिको विरोध गर्नैपर्छ, त्यसलाई परास्त गर्नैपर्छ । विश्वका तमाम स्वाधीन र सार्वभौम देशका साझा शत्रु साम्राज्यवाद नै हो ।
Leave a Reply