विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
नेमकिपा इमानदारीपूर्वक राजनीति गर्छ । नेमकिपाको यस्तै राजनीतिले गर्दा अरू समुदायका जागरुक, सामाजिक अभियन्ता, देशभक्त युवाहरूले नेमकिपाले गरिरहेको योगदानको उच्च मूल्याङ्कन गरिरहेका छन् । नेमकिपाको सही राजनीतिले गर्दा उनीहरूले देशको लागि नेमकिपा नभई नहुने पार्टीको रूपमा हेर्न थालेका छन् । एक सञ्चारकर्मीले एक जागरुक, देशभक्त नागरिकसँग सोधे, “तपाईँ अहिले कुनै राजनीतिक दललाई रोज्नुपर्यो भने कुन दललाई रोज्नुहुन्छ रु” उनको जिज्ञासाको जवाफमा जागरुक सो युवाले भने, “म नेपाल मजदुर किसान पार्टी रोज्छु ।” किन भन्ने प्रश्नको अर्को जवाफमा उनले भने, “नेमकिपाको राजनीतिको आफ्नै शैली छ । नेमकिपा नेपालकै स्रोत र साधन प्रयोग गरी विकास गर्न जोड दिन्छ । आफ्नो श्रम, समय र बुद्धि नेपालमै खर्च गर्न जोड दिन्छ । आयातभन्दा निर्यातमा जोड दिएर नेपाललाई आत्मनिर्भर बनाउन नेमकिपा लागिरहेको छ । नेमकिपा लोभलालचमा फसेको छैन, सत्ता राजनीतिमा लागेको छैन । नेमकिपा देश जोगाउने अभियानमा छ । विदेशी थिचोमिचोको नेमकिपा विरोध गर्छ ।” यो उनको स्वविवेक अभिमत हो । उनले नेमकिपाले गरिरहेको राजनीतिको मूल्याङ्कन गर्दै व्यक्त गरेको अभिमत हो । यो नेमकिपाले गरिरहेको सही राजनीतिको मूल्याङ्कन हो ।
तर, ठूला र सत्तासीन राजनीतिक दलहरू सिद्धान्त र विचारको राजनीति गर्दैनन् । सही राजनीति गरिरहेका दलका नेता तथा कार्यकर्ता भड्काउन लोभलालच देखाउँछन्, जागिर दिने आश्वासन दिएर मन बिगार्ने काम गर्छन् । यसको निम्ति पैसाको खोलो बगाउँछ । उनीहरू सानो दलले केही गर्नसक्दैन, सरकारमा जाँदैन भनी मन भाँड्ने काम गर्छन् । ठूला दलहरू पैसामुखी राजनीतिमा हामफाल्छन् । तिनीहरू निष्ठाको राजनीतिको क्रम भङ्ग गरेर पैसाको राजनीति बनाउँछन् । पैसाको खोलो बगाएकै कारण निर्वाचन महँगो हुन गएको हो । जाँड रक्सी, पैसा, मासुभातको राजनीतिबाट दल र जनतामाथि उठ्नुपर्छ । चुनावमा जथाभावी पैसा खर्च गरेर जित्ने उम्मेदवारको ध्यान देश र जनताको सेवा गर्न होइन, आफ्नो भएको खर्च उठाउनेतिर ध्यान जान्छ । यसरी पैसाको भरमा राजनीति भइरहेको कारण राजनीतिमा विकृत देखिएको हो । नेमकिपा यस्ता विकृत राजनीतिको भन्डाफोर गर्छ, जनतामाझ उदाङ्ग्याउँछ । आदर्शोन्मुख समाज स्थापना गर्न नेमकिपा लागिपरेको हो, लागिरहनेछ । किनकि, नेमकिपाको दीर्घकालीन उद्देश्य समाजवाद स्थापना गर्नु हो ।
Leave a Reply