भर्खरै :

देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको पार्टी नेमकिपा

भक्तपुर, ४ वैशाख । स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा नेपाल मजदुर किसान पार्टीले चुनावप्रचारको क्रममा विभिन्न स्थानमा कार्यकर्ता भेलाको आयोजना गरिरहेको छ । भेलाले चुनाव प्रचार समिति पनि गठन गर्दै आएको छ ।
यसैबीच नेपाल मजदुर किसान पार्टी, भनपा वडा नं. २ इताछेँ एकाइ समितिको आयोजनामा शनिबार नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालको आतिथ्यमा स्थानीय वडावासीहरूको उपस्थितिमा निर्वाचन परिचालन समिति गठन भयो ।
उक्त भेलामा अतिथि प्रेम सुवालले नेमकिपाले राष्ट्रघाती एमसीसीको सदन र सडकमा निरन्तर विरोध गर्दै आएको बताउनुभयो ।
जनताले देशप्रेमी र देशघाती पार्टी छुट्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशप्रेमी जनताको निःस्वार्थपूर्वक सेवा गर्दै आएको नेमकिपालाई आगामी स्थानीय तहको निर्वाचनमा अत्यधिक बहुमतले विजय गर्न आग्रह गर्नुभयो ।
इताछेँ एकाइ समितिका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त भेलामा राजेन्द्र चवाल, रवीन्द्र खर्बुजा, हरिप्रसाद बासुकला, विनोदचरण राय र श्यामसुन्दर मातांलगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
उक्त भेलाले रवीन्द्र खर्बुजाको अध्यक्षतामा ११५ सदस्यीय निर्वाचन परिचालन समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *