हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
संरा अमेरिकाका किशोरकिशोरी अहिलेसम्ममै सबभन्दा बढी मानसिक समस्याले पिरोलिएका समाचारहरू सार्वजनिक भएका छन् । त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले यो महिनाको सुरुआतमा सन् २००९ देखि २०२१ सम्मको तथ्याङ्क अध्ययन गरी नतिजा प्रकाशन ग¥यो । सो प्रतिवेदनअनुसार ‘सधैँ आफ्नो मन खिन्न वा निराश हुने’ बताउने अमेरिकी विद्यालय तहका विद्यार्थीहरूको सङ्ख्या २६ प्रतिशतबाट बढेर ४४ प्रतिशत पुगेको छ ।
उनको शब्दमा चार वटा शक्ति नै किशोर किशोरीहरूको दुःखका कारण हुन् : सामाजिक सञ्जालको प्रयोग, सामाजिकताको अवनति, संसारमा मानसिक तनावका कारण र ती सम्बन्धी समाचार र आधुनिक स्याहार सुसारको व्यवहार ।
सन् २०२१ को सुरुका ६ महिनामा सरकारले गरेको पछिल्लो सर्वेक्षण मुख्यतः महामारी र त्यसले मानसिक स्वास्थ्यमा पारेको असरमा केन्द्रित थियो । सर्वेक्षणले विभिन्न जनसाङ्ख्यिक समूहबीच फ्क फ्क नतिजा देखाउनुका साथै महामारीको समयमा एकचौथाइ किशोरीहरूले आत्महत्याबारे सोचेको र किशोरहरूको तुलनामा यस्तो सोच्ने किशोरीहरू दोब्बर भएको तथ्याङ्कले देखायो । त्यस्तै अन्य समुदायको तुलनामा गोरा किशोरकिशोरीहरू तुलनात्मकरूपमा चाँडै दुःखी हुने गरेको देखिएको छ ।
द एटलान्टिकका स्तम्भकार डेरेक थम्पसनले गत अप्रिल ११ मा यो तथ्याङ्कबारे गरेको व्याख्या चित्तबुझ्दो छ । उनको शब्दमा चार वटा शक्ति नै किशोर किशोरीहरूको दुःखका कारण हुन् : सामाजिक सञ्जालको प्रयोग, सामाजिकताको अवनति, संसारमा मानसिक तनावका कारण र ती सम्बन्धी समाचार र आधुनिक स्याहार सुसारको व्यवहार ।
तथ्याङ्कले थम्पसनको तर्कलाई जोड दिएको छ । यो अवस्थाको निम्ति सजिलै महामारीलाई मात्र दोषारोपण गर्नुभन्दा त्यसअघिको अवस्थाबारे पनि विचार गर्न कर लगाउँछ । महामारीअघि पनि आत्महत्या र लागुऔषध दुव्र्यसनीजस्ता ‘दुःखद मृत्यु’ को कारण औसत आयु दर घट्दै गएको सीडीसीको बुझाइलाई पुष्टि गरेको छ ।
तर, यो विश्लेषणमा एउटा प्रमुख कुरा भने छुटेको छ : राजनीति । खासमा थम्पसनले औँल्याएका चार शक्तिको मूल जरामा राजनीति छ । यसबारे छलफल गराँै ।
पहिलो, सामाजिक सञ्जालहरू नै युवा पुस्ताको ध्यान खिच्ने उद्देश्यले बनाइएको हुन्छ । उनीहरूलाई अनलाइनमा बसिरहन मन लाग्न गरी बनाइएको हुन्छ । अनि उनीहरूबाटै जम्मा गरिएको थप तथ्याङ्क प्रयोग गरी युवाहरूलाई आकर्षण गर्ने नयाँ नयाँ तरिका प्रयोग गरिरहेको हुन्छ । एउटा पुरानो भनाइ छ, तिमीले उत्पादन गरेको कुरा नै निःशुल्क हुन्छ ।
नियमन नगरिएको सामाजिक सञ्जालको प्रभाव ऐतिहासिक र स्वास्थ्य दुवै हिसाबले विशेष ढङ्गले सुरक्षित गरिएको हुन्छ । मानसिक स्वास्थ्यमा त्यसको घातक प्रभाव पार्ने कुरा हामीलाई थाहा छ । तथ्याङ्क अर्थतन्त्र (डाटा इकोनोमी) नियमन गर्ने नीतिहरू भएको पनि हामीलाई थाहा छ । यो मामिलामा अमेरिकीहरू चिनियाँ र युरोपेलीहरूभन्दा निकै पछाडि छन् ।
दोस्रो, सामाजिकताको कमी । आजका युवाहरूले प्रविधिको अत्याधिक प्रयोग गर्दा उनीहरूको सामाजिकतामा कमी हुन थालेको छ । यसको एउटा कारण कोभिड–१९ महामारी पनि भएको छ । तर, हामीले नीतिगत कारणले अमेरिकामा कसरी सामाजिकता कम हुँदै गएको छ भन्ने कुरामा विचार गर्नुपर्छ ।
म अमेरिकाको एउटा सानो नगरमा हुर्केको हुँ । मैले सन् २०१३ मा मेरो स्नातक सकाएँ । सीडीसीको माथि उल्लेखित सर्वेक्षणको तथ्याङ्कको सुरुको एकतिहाइको मैले पनि प्रतिनिधित्व गर्छु । म धेरै वर्ष विदेशमा बसेँ । आजभोलि म युरोपमा बस्छु । अमेरिकामा हिँड्न मिल्ने सडकको अभाव छ । सार्वजनिक यातायातको कमी छ । सार्वजनिक खुला क्षेत्र कम हुँदै जाँदा मानसिक स्वास्थ्यमा प्रभाव पारेको छ किनभने यसले समुदाय भन्ने भावनालाई नै कमजोर बनाएको छ ।
सोच्नुस् त । हिँड्ने सडक नै नभएको सहरमा हुर्केको किशोर अथवा किशोरी सानो उमेरमा पनि सवारी साधन चलाउने अनुमति दिने राज्यमा नबस्दा अथवा बुबाआमाले निजी सवारी साधन किन्ने क्षमता नराख्दासम्म कहीँ जान आउन आफ्ना आमाबुबाको भरपर्नुपर्छ । संरा अमेरिकाका बहुमत किशोरकिशोरीको अवस्था यस्तो छ । सार्वजनिक पूर्वाधारको कमी हुनुको अर्थ सारमा तपाईँ कहीँ पनि जानुबाट रोकिनु हो । साथीहरूसँग भेट्ने ठाउँ हुँदैन । सामाजिक जीवन हुँदैन । यो संरा अमेरिकाको सामाजिक अथवा खुला क्षेत्रविरोधी आवास नीतिको परिणाम हो ।
थम्पसनले तेस्रो कारण तनाव दिने विषय भनेका छन् । थम्पसनको खास अर्थ जलवायु परिवर्तन, सार्वजनिक स्थानमा गोली हानाहान अथवा जथाभावी गोली प्रहार, लडाइँ र महामारीजस्ता युवाहरूलाई प्रभावित बनाउने राजनीतिक मुद्दा हुन् । यस्ता विषय आफैले भन्दा यी विषयमा सञ्चारमाध्यमले दिने समाचारले किशोरकिशोरीलाई तनावमा पार्न मद्दत गरिरहेको हुन्छ । हरेक पुस्ताले आफ्नो समयलाई सबभन्दा कठिन अथवा आफू नै सबभन्दा प्रतिकूल समयमा बाँचिरहेको ठान्छन् भन्ने कुरा सत्य हो ।
अमेरिकाका नाम चलेका बुद्धिजीवी नोम चोम्स्कीले हालै भनेका छन्, “हामी मानव इतिहासकै सबभन्दा खतरनाक समयमा आइपुगेका छौँ ।” बीसौँ शताब्दीको मध्यतिर यहुदी समुदायमा हुर्केका अहिले ९३ वर्षका चोम्स्कीको यो भनाइ मननयोग्य छ । चोम्स्कीेले संसारका धेरै ठाउँको भ्रमण गरेका छन् । उनले भियतनाम युद्ध र प्यालेस्टाइनमाथि कब्जा देखेका छन् । उनी पनि आजका युवाहरू यसअघि कहिल्यै नदेखिएजस्तो चुनौती सामना गरिरहेको ठान्छन् ।
अन्तिम बुँदा, ‘आधुनिक अभिभावकीय स्याहारसुसार’ लाई आजका आमाबुबाहरू आफ्ना छोराछोरीलाई सकेसम्म प्रतिस्पर्धामा खरो उतार्ने चाहना पाल्न बाध्य छन् । सकेसम्म बढी सोहोर्ने आजको पुँजीवादी झगडाको कारण उनीहरू यस्तो चाहना पाल्न बाध्य छन् । थम्पसनले कलेजमा भर्ना गर्न अथवा कुनै जागिर दिलाउन आमाबुबाले छोराछोरीलाई कसरी तयारी गर्ने गरेका छन् भन्ने कुराको व्याख्या गरेका छन् । राज्यले शिक्षाको लागि लगानी गर्न तयार नहुँदा हुने यस्तै हो ।
ओइसीडी देशहरूमध्ये अधिकांश देशहरूमा अनिवार्य माध्यमिक शिक्षाको व्यवस्था छ । तर, संरा अमेरिकामा त्यो व्यवस्था छैन । आजका अमेरिकी युवाहरूमध्ये अधिकांशले सामना गरिरहेको एउटा समस्या भनेको ऋणको बोझ हो । शैक्षिक ऋणमात्र १६ खर्ब अमेरिकी डलर बराबरको छ । आफ्ना छोराछोरीले छात्रवृत्ति नपाए आमाबुबाले पनि त्यो ऋणको भारी बोक्नु पर्छ । जसले अमेरिकाको मध्य आयका जनताको जीवनलाई थप कठिन बनाएको छ ।
अमेरिकी युवाहरू आज निराश हुनुका धेरै कारण छन् । ती सबै समस्या राजनीति र युवाहरूको अर्थपूर्ण प्रतिनिधित्व गर्ने सरकारको असमर्थताको कारण निम्तिएका हुन् । युवा अमेरिकीहरूको हालत उनीहरूका आमाबुबाको भन्दा खराब भएको छ । अमेरिकी सपना आकाशको चन्द्रमा जस्तै भएको छ । जसले किशोरकिशोरी र युवाहरूलाई निराश बनाएको छ ।
(लेखक हाल प्रागमा बस्ने अमेरिकी पत्रकार, स्तम्भकार र राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।)
स्रोतः द ग्लोबल टाइम्स
अनुवाद : सुशिला
Leave a Reply