अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ६ वैशाख । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिको आयोजनामा मङ्गलबार समसामयिक विषयमा प्रशिक्षण तथा निर्वाचन परिचालन समिति गठन सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पदको लागि मरिहत्ते गर्ने शासक दलका नेताहरूले राजनैतिक नैतिकता गुमाएको हुँदा उनीहरूमा जनतासामु मत माग्न जाने हैसियत नभएको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टी विकासको नाममा भागशान्ति खोज्ने पार्टी नभएको उल्लेख गर्दै देश र जनताको विकास र सेवाको निम्ति सदैव इमानदारीपूर्वक समर्पित रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले कम्युनिस्ट नामधारी राजनैतिक दलहरूले सामन्त र पुँजीपतिहरूको सेवा गर्दै जनतालाई धोका दिइरहेको उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीको सङ्घर्षले गर्दा किसानहरूले मोहीयानी हक प्राप्त गर्न सफल भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगु नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा चाँगुका उपाध्यक्ष केशवप्रसाद तिमिल्सेना र मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
भेलाले न्हुछेभक्त फोजूको अध्यक्षतामा २०१ सदस्यीय चाँगुनारायण नगरस्तरीय निर्वाचन परिचालन समिति गठन ग¥यो ।
Leave a Reply