भर्खरै :

तःमँुज्या आयोजक समिति गठन

भक्तपुर, १८ साउन । साहित्यकार, कलाकार र भाषाप्रेमीहरुको बुधबार बसेको भेलाबाट ३७ औं नेपाल भाषा साहित्य तःमुँज्या तथा साँस्कृतिक कार्यक्रमको आयोजक समिति गठन भएको छ । आगामी असोज १६ र १७ गते भक्तपुरको खँला योसिख्योमा हुने साहित्य सम्मेलन भव्य रुपमा सफल बनाउन गठित आयोजक समितिको बलराम सिंबञ्जार संयोजक हुनुहुन्छ । समितिको सहसंयोजकमा राजेन्द्र चवाल, सचिवमा केशव तमखू, सहसचिवमा विजय लोहला र कोषाध्यक्षमा पुरुषोत्तम तमखू र सह काोषध्यक्षमा  नारायणभक्त भेले हुनुहुन्छ । समितिको सदस्यमा कृष्णप्यारी भुजू,पूर्णगोपाल राजचल, बलराम न्हिसुतू, नारायणकृष्ण माक, रामेश्वर मचामसी, विष्णुप्रसाद ख्याजू, आशकुमार मचामसी, शिवराम किजू, कृष्णप्रसाद छुस्याकी, मंगलेश्वर धोँजू, सरस्वती सिंख्वाल, सरिना द्योला, सम्झना खाइजू, दिपक माक, नरेश खत्री, राजन त्वानाबासू, श्याम द्योला, चञ्चला न्हिसुतू र विष्णुप्रसाद कर्माचार्य हुनुहुन्छ ।
आयोजक समिति गठन कार्यक्रममा बोल्दै नेपाल भाषा साहित्य तःमुँज्याका अध्यक्ष चन्द्रबहादुर उलकले तःमुँज्या जनताले वर्गीय र राजनीतिक शिक्षा लिने विद्यालय भएको बताउनुभयो ।
तःमुँज्याका सचिव सुरेन्द्रराज गोसाईले तःमुँज्या कुनै एक भाषाको मात्र नभई सम्पुर्ण कामदार जनताको आवाज मुखरित गर्ने दबु भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, संस्कृतिककर्मी सत्यनारायण दिदीया र नारायणप्रसाद त्वानाबासूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *