क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
काठमाडौँ, ७ वैशाख । यही वैशाख ९ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदै छ । विद्यार्थीहरू परीक्षाको लागि तयारी गर्दै छन् । गएको दुई वर्षमा कोरोनाको कारण आन्तरिक मूल्याङ्कनको आधारमा नम्बर दिइएको थियो । विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा बोर्डले प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको थियो । यो वर्ष भौतिक उपस्थितिमै परीक्षा हुने भएको छ ।
परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । कापी र प्रश्नपत्रको बन्दोबस्त गरिसकेको छ । शान्ति–सुरक्षाको व्यवस्था मिलाइसकेको छ । प्रवेशपत्रको बन्दोबस्त भइसकेको छ । परीक्षा शान्तपूर्वक सञ्चालन हुनेछ । तर, कोरोना रोगको कारण विद्यालय नियमित सञ्चालन नभएको हुँदा विद्यार्थीहरूको शैक्षिकस्तरमा ¥हास हुने हो कि भन्ने चिन्ता शिक्षक र अभिभावकहरूमा छ । परीक्षा बोर्डले यो वर्ष आन्तरिकतर्फ ४० र बाह्यतर्फ ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने निर्णय गरेको छ । त्यति प्रतिशत अङ्क नल्याउने विद्यार्थीलाई ननग्रेडेड अर्थात् अनुत्तीर्ण सरह मानिनेछ ।
एसईई उच्च शिक्षा हासिल गर्ने एउटा खुड्किलो हो । एसईईमा प्राप्त गरेको अङ्क उच्च शिक्षा हासिल गर्न महत्वपूर्ण मानिन्छ । त्यसैको आधारमा विषय छनोट गर्न सजिलो हुन्छ । विद्यार्थीले अङ्क राम्रोमात्र प्राप्त गरेर हुँदैन । विषय छान्दा विद्यार्थीको रूचि हुुनपर्छ । घरको क्षमता हेर्नुपर्छ । यी सबैको आधारमा विषय छनोट गर्नुपर्ने हुन्छ ।
कति विद्यार्थीहरू बढी अङ्क ल्याउन चिटिङ्ग गर्छन् र खासै पढ्दैनन् । कति अभिभावक स्वयं चिटिङ्ग गर्न सघाउँछन् । कति शिक्षकहरू पनि विद्यार्थीलाई चिटिङ्ग गराउन सहयोग गर्छन् । कति शिक्षकहरू चिटिङ्ग गरे पनि नदेखेझैँ बस्छन् । तर, यस्तो कार्य सबै जिल्लामा हुन्छ भन्ने होइन । सबै शिक्षक र विद्यार्थीहरू त्यस्ता हुँदैनन् । विगतमा हामीले परीक्षा कोठाबाट बोराका बोरा चिटिङ्ग फेला भएको दृश्य देखेका थियौँ या समाचार पढेका थियौँ । नक्कली विद्यार्थीहरूले परीक्षा दिएको र पछि पक्राउ परेको जानकारी पनि पाएका थियौँ । कति परीक्षा केन्द्रमा चिटिङ्गमा संलग्न शिक्षकहरू पक्राउमा परेका थिए । विगतका यी र यस्तै अन्य कमीकमजोरीहरू अबको परीक्षामा दोहो¥याउनु हुँदैन ।
यो परीक्षामा कुनै पनि नक्कली विद्यार्थी सामेल नहोऊन् । चिटिङ्ग गर्ने, चिटिङ्गमा सहयोग गर्ने कुनै पनि विद्यार्थी, शिक्षक र केन्द्राध्यक्षहरू कारबाहीमा नपरून् । परीक्षा बोर्डले प्रश्नपत्र आउट हुने सन्दर्भमा पनि ध्यान पु¥याउनुपर्छ । परीक्षा शान्त र संयमपूर्वक सफल होस् । विद्यार्थीहरूको परीक्षाको सफलताको कामना !
Leave a Reply