क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
कालीकोट, ७ वैशाख । नेपाल मजदुर किसान पार्टी, तिलागुफा नगर समितिको आयोजनामा मङ्गलबार चिल्खायामा जनसभा सम्पन्न भयो ।
जनसभामा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपा कसैको बैसाखी टेकेर उभिन नचाहेको भन्दै निर्वाचनको क्रममा नेमकिपाले विभिन्न पार्टीबाट अनेक धोका खाइसकेको विचार राख्नुभयो ।
उहाँले नेमकिपाले विचार र सिद्धान्त आत्मसात गर्नेलाई मात्र पार्टीको सदस्यता दिने गरेको भन्दै पार्टी विकासको नाममा जथाभावी सदस्यता वितरण गर्ने काम नगर्ने धारणा राख्नुभयो ।
विगतमा तिलागुफा नपाका उपप्रमुखसमेत अमेरिका गएर हराएको सन्दर्भ उल्लेख गर्दै शासक दलबाट विजयी यस्ता जनप्रतिनिधिले नगरपालिकाको मात्र होइन देशकै बदनामी गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले नेमकिपा विजयी भएमा जनताले परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तिलागुफा प्राकृतिक स्रोतसाधनले सम्पन्न भएको भन्दै परिवर्तनको निम्ति पर्याप्त सम्भावना भएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले राजनीतिक नेतृत्वमा इमानदारी सबभन्दा मुख्य आवश्यकता छ भन्नुभयो । जनताको निःस्वार्थ भावनाले सेवा गर्नको निम्ति राजनीतिमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
नेमकिपा तिलागुफा नपाका अध्यक्ष सूर्यबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाही, नेमकिपा कालीकोट जिल्ला समिति अध्यक्ष खड्कराज शाही, जिल्ला सदस्य नरेन्द्रबहादुर रोकाया, नेक्राशिसङ्घका मनमोहन पाण्डेलगायतले बोल्नुभएको थियो ।
Leave a Reply