भर्खरै :

अमेरिकाको झूटो अनुहार र हास्यास्पद प्रदर्शन

अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले अप्रिल १८ मा अमेरिकी राष्ट्रिय सुरक्षा समितिअन्तर्गत हिन्द प्रशान्त मामिलासम्बन्धी समन्वयकर्ता कर्ट क्याम्बेलले सोलोमन टापुहरू लगायत प्रशान्त महासागरका ३ टापु मुलुकको भ्रमण गर्ने जानकारी सार्वजनिक ग¥यो ।
चीन र सोलोमन टापुहरूका सरकारबीचको सुरक्षा सहयोगसम्बन्धी प्रारूप सन्धिलाई बिथोल्ने कुचेष्टा लिएर क्याम्बेलले यस पटकको भ्रमण गर्ने अन्तर्राष्ट्रिय समुदायले ठहर गरेको छ । समान र आपसी हितको आधारमा चीन र सोलोमन टापुहरूले सो सन्धिमा हस्ताक्षर गरेका हुन् । त्यसको उद्देश्य सोलोमन टापुहरूले स्वदेशको सुरक्षाको क्षमतालाई बढाएर स्थानीय सामाजिक स्थिरता र दीर्घकालीन अवधिसम्म शान्ति र स्थिरतालाई अघि बढाउनु हो ।
यस्तो किसिमको सहयोग अन्तर्राष्ट्रिय कानुन र नियमसँग अनुकूल रहनुका साथै त्यसले कुनै पनि तेस्रो पक्षलाई लक्षित गरिएको छैन । तथापि, संरा अमेरिका र अस्ट्रेलियाले यो सहयोग क्षेत्रीय सुरक्षाका लागि त्रास र धम्कीको रूपमा बङ्ग्याएर त्यसलाई बिथोल्न खोजेका छन् । संरा अमेरिकाले सोलोमन टापुहरूका सुरक्षा र विकासमा साँचो अर्थमा ध्यान दिएको छैन, बरु तिनीहरू चीनविरुद्ध रणनीतिको ठाउँमात्र बनाएको छ ।
एसिया प्रशान्त क्षेत्रको सुरक्षाका लागि सबैभन्दा ठूलो त्रास र धम्की संरा अमेरिका नै रहेको वास्तविकताबाट प्रमाणित हुन्छ । अमेरिकाको गतिविधिले यस क्षेत्रको स्थिर प्रणालीलाई ध्वस्त बनाउँदै छ । ह्वाइट हाउसले क्याम्बेलको यस पटकको भ्रमणको उद्देश्य प्रशान्त महासागर टापुहरूका समृद्धि, सुरक्षा र शान्तिलाई सुनिश्चित पार्ने दाबी गरेको छ, तथापि सारा विश्वले त्यसमा संरा अमेरिकाको झूटो अनुहार र हास्यास्पद प्रदर्शनमात्र देखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *