क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
गत फेब्रुअरी (सन् २०१४) मा रुसी मूलका विद्रोहीहरूले युक्रेनको मारिउपोलको बन्दरगाह बन्द गर्दै गर्दा ‘न्युयोर्क टाइम्स’ ले सहरको र खासमा पश्चिमा सभ्यताको रक्षा गरिरहेका नायकहरूको स्तुतिगान गायो । मूलद्वारमा बर्बरहरूविरुद्ध बहादुर एजोभ बटालियन लड्दै थियो । तर, यी ‘नायकहरू’ नाजी हुन् भन्ने कुरा टाइम्सले आफ्ना पाठकहरूलाई भनेन । तीमध्ये केहीले त स्वस्तिक र एसएस चिह्नहरू लगाएका थिए ।
रिक लेमेनले टाइम्समा लेखेको लामो लेख अमेरिकी प्रचारबाजीकै ढर्रामा लेखिएको छ । त्यसै पनि टाइम्स दुष्प्रचारको माध्यममा खस्केको छ । लेखले कीभमा सत्ता विद्रोहपछि बनेको नयाँ सरकारको अँध्यारो पाटो लुकाएको छ । तर, लेमेनको लेख केही कुरामा उल्लेखनीय छ । किनभने, रिपब्लिकन पार्टीको वर्चस्व रहेको अमेरिकी संसद्ले हालैमात्र एजोभ बटालियनको साठगाँठ नाजीहरूसँग हुनाले उसलाई दिइने अमेरिकी सहयोग रोक्का गर्नुपर्ने सर्वसम्मतले पारित ग¥यो ।
अमेरिकाका क्रूर सांसदहरूले पनि कीभको तीखा सूल बनेका नाजी हमलाकारीहरूलाई पचाएनन् । यी हमलाकारीहरूले सरकारको निम्ति पूर्वी युक्रेनमा रुसी मूलका जनताको सफाया गर्दै छन् । यी नाजीहरूको प्रशंसा गर्ने न्युयोर्क टाइम्सको इमानदारी र निष्ठालाई के भन्ने ?
नाजी दागहरू उल्लेख गर्न टाइम्सलाई पाना अपुग थिएन । महत्वपूर्ण एजोभ नेताहरूबारे त्यस लेखले विस्तृतरूपमा प्रकाश पारेको थियो । तर, यी नाजीहरूले अहिले चलिरहेको गृहयुद्धमा अमेरिकी पक्षबाट कसरी भूमिका खेल्दै छन् भन्नेबारे असजिलो सत्य उल्लेख गर्न टाइम्सलाई पाना अपुग भइरहेको छ । टाइम्सले एजोभलाई ‘स्वयम्सेवक दल’ मात्र भन्यो ।
यद्यपि, जून १० मा अमेरिकी संसद्ले प्रतिरक्षा समायोजन ऐनमा दुईपक्षीय संशोधन ग¥यो । रिपब्लिकन सांसदहरू मिसिगानका जोन कोन्यर्स जुनियर र फ्लोरिडाका टेड योहोले यो प्रक्रिया अघि बढाएका थिए । यो संशोधनले एजोभ बटालियनलाई अमेरिकी तालिम दिन रोक्छ । साथै, यसले इराक र युक्रेनका लडाकुहरूलाई काँधबाट विमानलाई मार हान्ने मिसाइलहरू दिन रोक लगाउँछ ।
“गएको रात संसद्ले मेरो संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेकोमा म खुसी छु । यसले हाम्रो सेनालाई एजोभ बटालियनका हानिकारक नवनाजीहरूलाई तालिम दिन रोक्ने भयो । साथै, घातक र सजिलै बोक्न सकिने विमानप्रतिरोधी हतियारहरू यी अस्थीर क्षेत्रहरूबाट टाढा राख्नुपर्ने मेरो प्रस्ताव पनि लागु हुने भएको छ,” कोन्यर्सले भने ।
उनले युक्रेनको एजोभ बटालियनलाई युक्रेनी राष्ट्रिय सेनाको १ हजार स्वयम्सेवकसहितको मिलिसिया भने । ‘फरेन पोलिसी’ पत्रिकाले एजोभ बटालियनलाई ‘खुला नवनाजी’ र ‘फासीवादी’ भनेको छ । एजोभ कुनै गुप्त सेना होइन । युक्रेनका अन्तरिममन्त्री आर्सेन अभाकोभले युक्रेनी हतियारधारी मिलिसियाको हेरविचार गर्छन् । उनले एजोभ सैनिकहरूलाई सैन्य तालिम दिन युक्रेन पुगेका ३०० जना अमेरिकी सैन्य सल्लाहकारहरूले एजोभ दलका सैनिकहरूलाई पहिलो तालिम दिने घोषणा गरेका थिए । अमेरिकी सेनाको सो मिसनको गोप्य नाम ‘फेयरलेस गार्जियन’ थियो ।
गोरो छालाको सर्वोच्चता
शुक्रबार ‘ब्लुमबर्ग’ पत्रिकामा लियोनिड बिलेत्स्कीको लेख छापियो । लेखमा कोन्यर्सले “युक्रेनी सांसद आन्द्रेइ बिलेत्स्कीले नेतृत्व गरेको सेनामा किन खोट हुने देखे” भनी चर्चा गरेका छन् । कोन्यर्स संसदीय अश्वेत ककसका संस्थापक हुन् । बिलेत्स्की गोरावादी हुन् ।
बिलेत्स्कीले सन् २००५ यता ‘युक्रेनी देशभक्त’ पार्टी चलाएका थिए । यो पार्टी एजोभ बटालियनको माउ हो । सन् २०१० को एक अन्तर्वार्तामा उनले सो सङ्गठनलाई राष्ट्रवादी ‘हमलाकारीहरू’ भने ।… यो समूहको विचारधारा ‘सामाजिक राष्ट्रवाद’ हो । बिलेत्स्की इतिहासकार हुन् । त्यसैले उनले त्यो शब्दले कसैलाई नझुक्याउने उनले राम्ररी बुझेका थिए ।
सन् २००७ मा सरकारले जातिवादी टिप्पणी गर्नेहरूलाई जरिवाना तिर्नुपर्ने नियम ल्याएपछि बिलेत्स्कीले सो सरकारी निर्णयको विरोधमा आवाज उठाए । उनले भने, “व्यवस्थापिका तहमा किन ‘अश्वेतप्रेम’ हो ? आफ्नो र आफ्नो परिवार प्रतिरक्षा गर्न उठ्ने सबैलाई तिनीहरू थकाउन चाहन्छन् ! आफ्नो भूमिको मालिक बन्ने हक लिन चाहनेहरूको मनोबल घटाउन चाहन्छन् ! तिनीहरू हरेक पराई वस्तुको प्रतिकार गर्ने यस राष्ट्रको जैविक प्रतिरोधात्मक क्षमता तहसनहस पार्न चाहन्छन् र पुरानो युरोपमा जे गरियो, हामीमाथि त्यही गर्न चाहन्छन् । फ्रान्सेली, जर्मन र बेल्जियनहरूका लागि प्रवासीहरू सन्त्रास बन्न पुगेका छन् । त्यहाँका सहरहरू फटाफट ‘ध्वाँसे’ बन्दै छन् । त्यहाँका कुनाकाप्चासम्म पनि अपराध र लागूपदार्थको तस्करी पुगेको छ ।”
ब्लुमबर्ग थप लेख्छ, “आफ्नो सङ्गठन लगातार विभिन्न गोली हानाहान र लडाइँहरूमा संलग्न भएपछि बिलेत्स्की सन् २०११ मा जेल गए । युक्रेनको कथित क्रान्तिको गौरवबीच गत वर्ष उनलाई राजनीतिक बन्दीको रूपमा रिहा गरियो । पूर्वराष्ट्रपति भिक्टर यानुकोभिचविरुद्ध भड्केको हिंसात्मक विद्रोहमा अर्धसैन्य तालिमहरू पाएका दक्षिणपन्थी सङ्घसङ्गठनहरूले महत्वपूर्ण भूमिका खेले । नयाँ शासकहरूले कृतज्ञता ज्ञापन गर्न चाहे । यी शासकमध्ये उग्र राष्ट्रवादी पार्टी स्वबोदाका मान्छेहरू पनि थिए ।”
पूर्वमा चलेको युद्धले बिलेत्स्कीका हमलाकारीहरूलाई ठूलो मौका दियो । उनीहरूले त्यति मान्यता पाउने कहिल्यै कल्पना गरेका थिएनन् । तिनीहरू जोडतोडले लडे । अन्त्यमा एजोभ बटालियनका ४०० लडाकु राष्ट्रिय सेनाको अङ्ग बने । तिनले आफ्नो सङ्ख्या बढाएर २ हजार पु¥याउने अनुमति पाए र ग¥हौँ हतियारहरूसम्म पहुँच पाए । तिनका केही सदस्यहरूले पाखुरामा नाजी चिह्नहरूको ट्याटु बनाए के भो ? ती दस्ताको झन्डामा नाजीहरूले दोस्रो विश्वयुद्धताका प्रयोग गर्ने नाजी चिह्न (वुल्फ्सान्जल) बनाए के भो ?
युक्रेनको फोकस पत्रिकामा गत सेप्टेम्बरमा छापिएको अन्तर्वार्तामा राष्ट्रिय सेनाका हर्ताकर्ता अभाकोभले आफ्ना नायकहरूको बचाउ गरे । नाजी चिह्नबारे उनले भने, “धेरै युरोपेली सहरहरूमा यसलाई सहरको छाप मानिन्छ । हो, एजोभमा भर्ना भएका धेरै साथीहरूको विशेष विश्व दृष्टिकोण छ । तर, त्यसमाथि औँला ठड्याउने अधिकार तपाईँलाई कसले दियो ? एजोभ बटालियनले देशको लागि जे ग¥यो, त्यो नबिर्सिनुस् ¤ मारिउपोलको मुक्ति, इलोभाएस्क, एजोभ सागरनजिकैको पछिल्ला आक्रमणहरू सम्झिनुस् ¤ तिनको आलोचना गर्नेहरूलाई ईश्वरले तिनले गरेको कामको १० प्रतिशत पनि फत्ते गर्ने सामथ्र्य दिऊन् ¤ मलाई यी साथीहरूले नाजी विचार प्रचार गर्छन्, स्वस्तिक चिह्न लगाउँछन् र केके जाति गर्छन् भन्नेहरू सबै झूटा र मूर्खहरू हुन् ।’”
जून १० मा अमेरिकी संसद्ले गरेको मतदानले अमेरिकाले काखी च्यापेको कीभ सरकारको यो कालो पाटो उजागर भएको हुनसक्छ । पश्चिमा समाचार माध्यमहरूमा धेरै हुँडलिए पनि धेरै महिनादेखि वास्तविकता जगजाहेर थियो । ‘रुसी दुष्प्रचार’ भनेर तिनले वास्तविकता लुकाइरहेका थिए ।
यो वास्तविकताबारे टाइम्सले पनि कम्तीमा एकचोटि उल्लेख गरेको थियो । एउटा लेखभित्र अलिकति कुरा उप्काइएको थियो । २०१४ अगस्ट १० मा टाइम्सको एउटा लेखमा एजोभ बटालियनमा नाजी प्रभाव रहेको उल्लेख थियो । अर्कै विषयबारे लेखिएको लामो रिपोर्टको अन्तिम तीनवटा अनुच्छेदमा यो कुरा उल्लेख थियो ।
टाइम्सको सो रिपोर्टमा यस्तो लेखिएको थियो, “दोनेत्स्कको लडाइँ प्राणघाती छ । नियमित सेनाले टाढैबाट पृथकतावादीहरूमाथि बमबारी गर्छ । बमबारीपछि दोनेत्स्कलाई घेरिरहेका अर्थसैन्य समूहहरूले अराजकतापूर्ण र हिंसात्मक आक्रमण गर्छन् । उनीहरू सधैँ सहरी लडाइँमा होमिन तम्तयार रहन्छन् ।”
“कीभका अधिकारीहरूले मिलिसिया र सेनाले आफ्ना गतिविधिहरू समन्वय गर्ने भने । तर, ७ हजारको हाराहारीमा रहेका ती लडाकुहरू आक्रोशित छन् । कहिलेकाहीँ तिनीहरू नियन्त्रण गर्नै नसकिने बन्छन् । मारिन्का गाउँ कब्जा गर्ने एजोभ भनिने एउटा समूहले स्वस्तिक चिह्नसँग मिल्दोजुल्दो नवनाजी चिह्नसहितको झन्डा फर्फराउँछ ।”
मेरुदण्डमा सिल्का
लन्डनको एउटा रुढीवादी पत्रिका ‘टेलिग्राफ’ ले एजोभ बटालियनबारे अझ विस्तृत विवरण छाप्यो । त्यसका संवाददाता टम पारफिटको लेखमा यस्तो लेखियो, “रुससमर्थित दोनेत्स्क र लुहान्स्क ‘जनगणतन्त्र’ लाई तह लगाउन कीभले स्वयम्सेवी अर्धसैन्य दस्तालाई प्रयोग गर्छ । यसले युरोपको मेरुदण्डमा सिल्का हान्नुपर्छ ।”
“हालसालै बनेका डोनबास, दिनाइप्रो र एजोभजस्ता बटालियनहरू औपचारिकरूपमा गृह मन्त्रालय मातहत छन् । तिनको नेतृत्वमा हजारौँ मान्छे छन् । तर, तिनलाई थोरै पैसा दिइएको छ । तिनलाई तालिम अपुग छ र तिनको विचारधारा प्रायः डरलाग्दो छ । एजोभको सदस्यले आफ्नो झन्डामा नवनाजी वुल्फ्सान्जेलको चिह्न बोक्छ । यस बटालियनका सदस्यहरूले हाकाहाकी आफूलाई गोरावादी र यहुदीविरोधी बताउँछन् ।”
टेलिग्राफको सो रिपोर्ट मिलिसियाहरूसँगको अन्तर्वार्तामा आधारित थियो । केही मिलिसियाहरूले होलोकस्ट (नाजी यातना) को वास्तविकतामा शङ्का गरे । उनीहरूले एडोल्फ हिटलरको महिमागान गरे र आफूहरूलाई नाजी बताए ।
बिलेत्स्की एजोभ दस्ताका कमान्डर हुन् । उनी “सामाजिक राष्ट्रियसभा नामक अतिवादी युक्रेनी समूहका प्रमुख हुन् ।” बिलेत्स्कीको घोषणा उद्धृत गर्दै टेलिग्राफको सो लेख लेख्छ ः
“यो सङ्गीन घडीमा हाम्रो राष्ट्रको ऐतिहासिक जिम्मेवारी विश्वका गोरा जातिहरूलाई आफ्नो अस्तित्वको अन्तिम धर्मयुद्धमा नेतृत्व गर्नु हो । यो धर्मयुद्ध म्लेच्छहरूको नेतृत्वमा रहेका लघुमानवहरूविरुद्ध हो ।”
अर्को शब्दमा दोस्रो विश्वयुद्धपछि पहिलोचोटि एउटा सरकारले युरोपेली जनतामाथि नाजी हमलाकारीहरू खटाएको छ । कीभ सरकारलाई आफूले गरेको कामको हेक्का छ । टेलिग्राफले युक्रेनी अधिकारीहरूसँग पनि कुराकानी ग¥यो । ती अधिकारीहरूले केही मिलिसियाहरूले अतिवादी विचारधारा अँगालेको तथ्यबारे आफूहरू सचेत रहेको बताए । तर, तिनले यी मिलिसियाहरू लडाइँका लागि मनैदेखि उत्प्रेरित भएको कुरा बढी महत्वको हो भने ।
तर, रुसी मूलका मान्छेहरूले गरेको प्रत्याक्रममा परेर गत अगस्टमा कीभका धेरै उपलब्धि माटोमा मिसाइदिए । उनीहरूले एजोभ र अन्य सरकारी दस्ताहरूलाई (बन्दरगाह नगरी) मारिउपोलबाट खेदे । त्यहाँ ‘फरेन पोलिसी’ का रिपोर्टर अलेक लुनले पनि नाजीहरू भेटेका थिए । उनले लेखे ः
“आगोमा लपेटिएको मारिउपोलको प्रशासनिक भवन र सहरभरिका सैन्य चौकीहरूमा युक्रेनको निलो र पहेँलो झन्डा फहरिरहेको छ । तर, धातु प्लान्टनजिकको खेलकुद विद्यालयमा अर्को चिह्न देखिन्छ । त्यहाँ हिटलरको सेनाले प्रयोग गरेको वुल्फ्सान्जेल चिह्न देखिन्छ । त्यो चिह्नलाई नवनाजी समूहहरूले अपनाएका छन् ।… रुस समर्थक दस्ताहरूले आफूहरू युक्रेनी राष्ट्रवादी र ‘फासीवादीहरू’ सँग लडिरहेको बताउँछन् । एजोभजस्ता बटालियनहरूको सन्दर्भमा यी दाबीहरू एकदम सत्य हुन् ।”
हिटलरी (एसएस) हेल्मेटहरू
युक्रेनको सरकारी सेनाको नेतृत्वमा नाजीहरू रहेका प्रमाणहरू धमाधम आउन थालेका छन् । एजोभ मिलिसियाका सिपाहीहरूले आफ्ना उपकरणहरूलाई स्वस्तिक र ‘एसएस चिह्न’ ले सजाएको भिडियो हेरेर जर्मनहरू झस्किए । ‘एनबीसी’ समाचारले रिपोर्ट लेख्यो ः “जर्मनीको समाचार संस्था जेडीएफले युक्रेनी सैनिकहरूले आफ्ना हेल्मेटहरूमा नाजी चिह्नहरू लगाएको भिडियो साँझपख प्रसारण ग¥यो… त्यसमा जर्मनहरूले आफ्नो इतिहासको अँध्यारो विगतका तस्बिरहरू देखे ।”
“त्यो भिडियो नर्वेको समाचार संस्था टीभी २ को क्यामेरा समूहले युक्रेनमा खिचेको थियो । “हामी उर्जफ सहरको पूर्वी भागमा युक्रेनको एजोभ बटालियनबारे रिपोर्ट खिच्दै थियौँ । त्यति नै बेला हामी यी सैनिकहरूसामु पुग्यौँ,” ओएस्तेन बोगेनले एनबीसी समाचारलाई भने । उनी एउटा निजी टेलिभिजन च्यानलका संवाददाता हुन् । दृश्यहरू रेकर्ड गर्नुभन्दा केही मिनेटअघि बोगेनले आफूले बटालियनका प्रवक्तालाई बटालियनले फासीवादी विचार अङ्गीकार गर्छ कि भनी सोधेको बताए । बोगेनले भने, “उत्तर यस्तो थियो ः पटक्कै गर्दैन, हामी युक्रेनी राष्ट्रवादीमात्र हौँ ।’”
अमेरिका समर्तिक सरकारले नाजी हमलाकारीहरूलाई युक्रेनी सहरहरूमाथि आक्रमण गर्न पठाइरहेको कुरा समाचार बन्नलायक छ । तैपनि, अमेरिकाको एउटा प्रमुख समाचार माध्यम ‘वासिङटन पोस्ट’ ले तिनको व्यवहारलाई छुट दिन असामान्य बहानाबाजी ग¥यो । एजोभले स्वस्तिक चिह्न प्रयोग गरेको प्रसङ्गलाई तर्कपूर्ण देखाउँदै त्यो उसको ‘रुमानीपन’ मात्र हो भन्यो ।
होलोकस्टको दुराचार र दोस्रो विश्वयुद्धको विध्वंससँग जोडिएको चिह्नबारे अचम्मको वर्णन वासिङटन पोस्टले सेप्टेम्बरमा छापेको मुख्य खबरका अन्तिम तीन अनुच्छेदमा पढ्न पाइन्छ । एजोभ लडाकुहरूको चित्रण गर्दै पोस्टका संवाददाता एन्थोनी फाइयोला तिनलाई ‘लडाइँले दाग लागेका देशभक्तहरू’ भन्छन् । तिनले ‘रुसी आक्रमण’ को भद्र शैलीमा प्रतिकार गरिरहेको र आवश्यक परे ‘गुरिल्ला युद्ध’ को सहारा लिन तम्तयार रहेको उल्लेख गर्छन् ।
लेखले रुसीहरूविरुद्ध “तोडफोड गर्ने, छानीछानी हत्या गर्ने र अन्य विद्रोही उपाय अपनाउने” एजोभका योजनाहरूमा कत्ति पनि आपत्तिजनक कुरा भेट्टाएन । जब कि अन्य स्थानमा यिनै गतिविधि गरे त्यसलाई आतङ्कवाद भन्ने गरिन्छ । अतिवादीहरूले युक्रेन सरकारलाई पनि यस्तो धम्की दिएका छन् । राष्ट्रपति पेत्रो पोरोशेन्कोले पूर्वी भेगमा बसोबास गर्ने रुसी मूलका जनतासँग शान्ति सम्झौता गरे मिलिसियाले त्यो कुरा रुचाउनेछैन ।
लेख लेख्छ, “कीभ सरकारले विद्रोहीहरूसँग आफूले समर्थन नगर्ने सम्झौता गरे वा त्यस्तो खण्ड आइपरे अर्धसैन्य लडाकुहरूले आफूहरूले रुससमर्थक व्यक्तिहरूमाथि हमला गर्नसक्ने वा आफ्नै नेतृत्व वा आफ्नै सरकारमाथि हमला गर्नसक्ने बताए ।”
वासिङटन पोस्टको लेख युक्रेनबारे लेखिएका अन्य लेखजस्तै थियो । त्यसले पूर्वमा रुसी मूलका जनताविरुद्ध लडिरहेको कीभको सेनाको प्रशंसा गरेको थियो । तर, उसले एजोभ ब्रिगेडको ब्यारेकमा कुँदिएको स्वस्तिकको फोटोबारे व्याख्या गर्ने विषयमा छिट्टै सोच्नुपथ्र्यो । रिपोर्टका अन्तिम तीन अनुच्छेदहरूमा फाइयोला लेख्छन्, “एकजना पल्टन नेताले आफ्नो नाम कर्ट बताए । उनले आफ्नो समूहको अति दक्षिणपन्थी दृष्टिकोणले युरोपभरिबाट दुई दर्जन विदेशी लडाकुहरू आकर्षित गरेको बताए ।”
“एउटा कोठामा एउटा सिपाहीले आफ्नो सिरानीमाथि चम्किलो स्वस्तिक चिह्न राखेको थियो । तर, कर्टले… विचारधारासम्बन्धी प्रश्नको उत्तर दिएनन् । धेरै स्वयम्सेवक किशोर उमेरका हुनाले चिह्न र अतिवादी विचारहरूलाई ‘रुमानी’ विचारको रूपमा लिने गरेको उनले बताए ।”
यी सबै तथ्यहरू छापामा आइसकेका छन् । तैपनि, न्युयोर्क टाइम्सले गत फेब्रुअरीमा एजोभ बटालियनले मारिउपोलको रक्षा गर्दा यो वास्तविकतालाई आफ्नो लेखमा ठाउँ दिएन । तर के नाजी गतिविधि समाचार दिन लायक हुन्न ? अन्य सन्दर्भमा टाइम्सले युरोपमा नाजीहरूले टाउको उठाएको सङ्केत पायो कि समाचार दिइहाल्ने वा निन्दा गरिहाल्ने गर्दै आएको छ । तथापि, युक्रेनमा सोही विषयबारे टाइम्स मौन छ । त्यही युक्रेनमा जहाँ आन्द्रेइ पारुबीजस्ता नवनाजीहरूले (सन् २०१४) विद्रोहपछिको पहिलो राष्ट्रिय सुरक्षा प्रमुखको पद पाए र जहाँ नाजी मिलिसियाहरू सत्ताको सैन्य कारबाहीहरूका केन्द्रमा छन् ।
सङ्कटबारे पाठकहरूलाई पूरा जानकारी दिनुभन्दा ‘न्युयोर्क टाइम्स’ अमेरिकी सरकारको मुखपत्र बनिरहेको छ । परिस्थिति अमेरिका र रुसबीच आणविक मुठभेडसम्म पुग्ने सम्भावना छ । तर, ‘न्युयोर्क टाइम्स’ ले कीभका नाजी लडाकुहरूलाई खालि ‘रुसी प्रचारबाजी’ भनी बेवास्ता गरिरहेको छ ।
अनुवाद : सुरज
Leave a Reply