भर्खरै :

भक्तपुर नगरपालिकाको पाँच वर्ष

नगरवासीको नाउँमा नगर प्रमुख सुनिल प्रजापतिको सम्बोधन
भक्तपुर नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू,
भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मि. मात्र छ । पछिल्लो जनगणनाको प्रारम्भिक प्रतिवेदनअनुसार भक्तपुर नगरपालिकाको जनसङ्ख्या ७८,८५४ र मतदाता सङ्ख्या ५७,२७० रहेको छ । यो नगर हाल १० ओटा वडामा विभाजित छ । यस नगरमा कृषकहरूको बाहुल्यता छ । जनसङ्ख्याको वृद्धिसँगै यहाँ कृषियोग्य जग्गा जमिन कम हुँदै गएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा हामी भारी मतले विजयी भयौँ । भक्तपुरका जनताले नेमकिपाका प्रमुख सुनिल प्रजापतिलाई २५,७३० मत र उपप्रमुख रजनी जोशीलाई २५,७११ मत दिएर विजयी बनाउनुभयो । निकटम प्रतिद्वन्दी नेकाका प्रमुख उम्मेदवारले ६,५६० मत र उपप्रमुखले ६,५८७ मतमात्र प्राप्त गर्नुभएको थियो । भक्तपुरवासी जनताले नेपाल मजदुर किसान पार्टीलाई अपार माया र विश्वास गरी नगर प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउनुभयो र पाँच वर्षसम्म जनताको सेवा गर्ने अवसर दिनुभयो । हाम्रो कार्यकालमा नगरपालिकाको तर्फबाट जे जति कामहरू भए ती सबै कामहरूमा भक्तपुरवासी दाजुभाइ दिदीबहिनीहरूको निरन्तर साथ र सहयोग प्राप्त भयो । हामी सम्पूर्ण जनप्रतिनिधिहरूको तर्फबाट भक्तपुरवासी जनताप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछौँ ।
हामीले २०७४ साल जेठ ७ गते शपथ ग्रहण गरी सोही मितिदेखि नगर र नगरवासीहरूको हितलाई केन्द्रमा राखी काम गर्दै आयौँ । १५ वर्षसम्म जनप्रतिनिधिविहीन अवस्था, २०७२ सालको भूकम्पबाट पूरै नगर क्षत विक्षतको स्थिति, नयाँ संविधान र सङ्घीयता कार्यान्वयन गर्नुपर्ने बेला निर्वाचित भएको हँुदा हाम्रोसामु विकास निर्माणलगायत थुप्रै चुनौतीहरू थिए । इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणलगायत जनताका सरोकारका कामलाई प्राथमिकतामा राखीअगाडि बढ्यौँ । यस अवधिमा हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत नगर र नगरवासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरूका साथै थुप्रै विकास निर्माणका कामहरू सम्पन्न ग¥यौँ । ङातापोल्हँ मन्दिर, भैरवनाथ मन्दिर, नृत्य वत्सला मन्दिर, न्हू पुखू (रानी पोखरी) लगायतका सम्पदाहरूको पुनःनिर्माण÷जीर्णोद्धार सम्पन्न हुनु हाम्रो कार्यकालका उल्लेख्य कामहरू हुन् ।
‘कला—संस्कृतिको नगर’, ‘नाचगानको राजधानी’ उपनाम पाएको यस नगरलाई पछिल्लो चरणमा जर्मन वास्तुविद् नील गुत्सोले ‘संसारको जीवित सङ्ग्रहालय’ भनी परिभाषित गर्नु भएको छ । आकारले सानो यो नगरलाई ‘ज्ञान विज्ञानको केन्द्र’, पर्यटकीय गन्तव्यस्थल बनाउने हाम्रा अग्रजहरूले सुरु गर्नुभएको अभियानलाई हामीले निरन्तरता दिँदैछौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा ‘सय वर्षपछिको भक्तपुर’ नामक एक पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तकलाई हामी जनप्रतिनिधिहरूले काम गर्ने पथप्रदर्शक मानेर काम गर्दै आयाँै । हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रूपमा विकास गर्ने कोसिस गर्दैछौँ । जनताको साथ र सहयोगले काम गर्न हामीले सहज महसुस गरेका छौँ । जनप्रतिनिधि, कर्मचारी र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आजको अवस्थामा आई पुग्न सम्भव भएको हो ।
हामीले स्थानीय तहको स्वायत्ततालाई विशेष ध्यान दिएका छौँ । स्वायत्तता माथि कहीं कतैबाट हुने हस्तक्षेपलाई हामीले अस्वीकार गर्दै आयौँ । सङ्घीयता संविधानले अङ्गीकार गरी सक्दा पनि सिंहदरबारमा बस्ने पदाधिकारीहरूले एकात्मक सोच त्याग्न सकेनन् । स्थानीय तहले गर्ने विभिन्न काममा बाधा हाल्ने र स्वतन्त्ररूपमा काम गर्न नदिई स्थानीय तहलाई विभिन्न नाउँमा नियन्त्रण गर्न खोजे । केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुको सट्टा सङ्घीयता र संविधानको भावनाविपरीत सशर्त र समपूरक बजेटमा वृद्धि गर्ने नीति लिए । स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिई केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरूलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो । आर्थिक ऐन, नियमावलीविपरीत स्थानीय तहलाई उपभोक्ता समितिमार्फत काम गराउन रोक लगाउन सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयले परिपत्र गर्नु, निरन्तर सञ्चालन भइरहेको ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई ‘आफ्नै’ १०० शøयाको अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारका जनविरोधी कामहरू हुन् । यस्ता थुप्रै चुनौतीहरूबीच भक्तपुर नगरपालिकाले जनताको हितलाई ध्यानमा राखी काम गर्दै आयो ।
भक्तपुर नगरपालिकाको आय–व्ययसम्बन्धी विवरण हरेक वर्ष जनता समक्ष प्रस्तुत गर्दै आएका छौँ । यस आर्थिक वर्ष २०७८÷७९ को आय व्यय र नगरपालिकामा हामी निर्वाचित भएदेखि हालसम्म गरेका केही महत्वपूर्ण गतिविधिहरू र विकास निर्माणलगायतका विषयमा नगरवासीहरूको जानकारीको निम्ति संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्छौँ ः
खर्चतर्फ :
यस नपाको आ.व. २०७८।७९ मा चालु खर्च शीर्षकमा रु. १,१०,२२,१७,२०० (एक अर्ब दश करोड बाइस लाख सत्र हजार दुई सय) र पुँजीगत खर्च शीर्षकमा रु. ८२,९७,८२,८०० (बयासी करोड सन्तान्नब्बे लाख बयासी हजार आठ सय) गरी कूल रु. १,९३,२०,००,००० (एक अर्ब त्रियानब्बे करोड बीस लाख) विनियोजन भएकोमा आ.व. २०७८÷७९ को वैशाख ७ गते सम्ममा चालु शीर्षकतर्फ रु. ६९,८३,६२,००२ (उनान्सत्तरी करोड त्रियासी लाख बैसठ्ठी हजार दुई) मात्र खर्च भई विनियोजित रकमको ६३.३५ प्रतिशत खर्च भएको छ भने पुँजीगत शीर्षकतर्फ रु. ३२,३१,५१,६९४ (बत्तीस करोड एकत्तीस लाख एकाउन्न हजार छ सय चौरानब्बे) खर्च भई विनियोजित रकमको ३८.९४ प्रतिशत खर्च भएको छ । यस आ.व.मा कूल विनियोजित बजेटको ५१.१४ प्रतिशत रकम खर्च भइसकेको छ ।
आयतर्फ :
आन्तरिक स्रोततर्फ चालु आ.व. २०७८।७९ को वैशाख ७ गतेसम्म करीब ९ महिनाको अवधिमा १४ करोड ६७ लाख राजश्व सङ्कलन भयो । गत वर्ष सोही अवधिमा करिब रु. ९ करोड ६२ लाख सङ्कलन भएको थियो । यस वर्ष रु. ५ करोड ५ लाखले राजश्व सङ्कलन वृद्धि भएको छ । पर्यटनतर्फ गत वर्षको तुलनामा रु. २ करोड ५ लाखले वृद्धि भयो भने गैर पर्यटनतर्फ रु. ३ करोड वृद्धि भएको छ । यस आ.व. २०७८÷७९ मा गैरपर्यटनतर्फ विभिन्न कर दस्तुरमा रु. १६ करोड अनुमान गरिएकोमा वैशाख ७ गतेसम्मको ९ महिनाको अवधिमा रु. १२ करोड १२ लाख (७५ प्रतिशत) सङ्कलन भयो । पर्यटन शुल्कमा आ.व. २०७८÷०७९ मा रु. १० करोड अनुमान गरिएकोमा कोभिड १९ महामारीको कारण २०७९ वैशाख ७ गतेसम्ममा रु. २ करोड ५५ लाख मात्रै सङ्कलन भयो । यो पर्यटन तर्पm लक्ष्यको २५.५ प्रतिशत हो ।
शिक्षा :
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिँदै थप विकासको निम्ति आवश्यक व्यवस्था गर्दै आयो । कुनै पनि नगरवासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भनी नगरपालिकाले गरिब विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्ने नीतिअनुसार हाल ३१४ जना शैक्षिक ऋण लिएर उच्च शिक्षा अध्ययनरत छन् । नपाद्वारा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि वार्षिक करिब ३ करोड रूपैयाँ बराबर छात्रवृत्ति प्रदान गर्दै आएको र इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा तथा संस्कृति पढ्ने नगरवासी विद्यार्थीहरूलाई वार्षिक थप लाखौँ रूपैयाँ बराबर छात्रवृत्तिको व्यवस्था गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई नगरभित्र सञ्चालित सबै विद्यालयहरूमा लागू गर्दै आएका छौँ । यसरी सबै कक्षाको पाठ्यक्रम बनाई लागू गर्ने सम्भवतः भक्तपुर पहिलो नगरपालिका हो । स्थानीय पाठ्यक्रममार्फत नयाँ पुस्तालाई भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा संरक्षण, मौलिक सीप तथा प्रविधि र विशिष्ट व्यक्तित्वहरूको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएका छौँ । शैक्षिक गुणस्तर माथि उठाउन कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको बन्दोबस्त र सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका लागि समय समयमा दिँदै आएको सहयोगको अतिरिक्त थप भौतिक सुधार गर्न आर्थिक सहयोग प्रदान गरेका छौँ ।
भक्तपुर नपाद्वारा सञ्चालित ७ ओटा शैक्षिक संस्थाहरूमा हाल ७२ जिल्लाका करिब ७ हजार विद्यार्थी अध्ययनरत छन् । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता केही हदसम्म हामीले पूरा ग¥यौँ । ख्वप इन्जिनियरिङ कलेजलाई पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त ११७ कलेजहरूमध्ये सर्वोकृष्ट घोषणा गर्दै २०७६ सालमा सम्पन्न २६ औँ वार्षिक जयन्ती तथा रजत महोत्सवमा पूर्वाञ्चल विश्वविद्यालयले सम्मान ग¥यो भने २०७८ सालमा स्नातकोत्तरमा उक्त विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीमध्ये ख्वप इन्जिनियरिङ कलेजका ई. सन्तोष कटुवाल सर्वोत्कृष्ट हुन सफल हुनुभयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेजले पनि गुणस्तरीय प्राविधिकहरू उत्पादन गर्दै आएको छ । २०७८ सालमा उक्त कलेजमा अध्ययनरत छात्र रमण श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये सर्वोत्कृष्ट हुन सफल हुनुभएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाले ती दुई कलेजबाट ४३२ जना इन्जिनियरहरू उत्पादन गर्दै र विभिन्न विषयमा स्नातकोत्तर तहसम्म शिक्षा प्रदान गर्दै आएका छन् ।
विद्यार्थीमा पठन संस्कृतिको विकासको लागि जनज्योति पुस्तकालयलाई सुविधासम्पन्न बनाउनुका साथै वडा वडामा रहेका पुस्तकालयहरूलाई पनि थप व्यवस्थित गर्ने प्रयास ग¥यौँ । पुस्तकालय समितिको प्रतिवेदनको आधारमा आवश्यकता अनुसार प्रत्येक वडामा सञ्चालित पुस्तकालयहरूलाई आर्थिक सहयोगको नीति बनाई लागू गर्दैछौँ । भक्तपुर नगर भित्र सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर विकासको लागि समय समयमा अनुगमनको व्यवस्था गर्दै आएका छौँ ।
स्वास्थ्य :
नगरवासीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शøयाको बनाउने तयारी अगाडि बढायौँ । हाल २५ शøयाको स्वीकृति प्राप्त उक्त अस्पतालले दैनिक ६०० जनाभन्दा बढी बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छालालगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको उक्त अस्पताल सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दैछौँ । ख्वप अस्पतालले आ.व. २०७७÷७८ मा ४० जिल्लाका १,१२,०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो भने २०७८÷७९ को ९ महिनामा १,२५,९८५ जनालाई उपचार सेवा प्रदान गरेको छ भने श्वासप्रश्वास पुनस्र्थापना केन्द्रले २७६ जनालाई सेवा प्रदान गरेको छ । जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने हाम्रो उद्देश्य अनुसार अस्पतालले दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारमा समेत सेवा प्रदान गर्दै आएको छ । वडा वडामा स्वास्थ्य केन्द्रहरू निर्माण गरी नगरवासीहरूलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने नीतिअनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवती स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको छ ।
कोरोना भाइरसको महामारीको कारण भक्तपुरवासीहरूले पनि निकै पीडा भोग्नुप¥यो । जनताको समस्या सम्बोधन गर्न नगरवासीहरूकै सहयोगमा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरवासीलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खोप नै कोरोना रोगबाट बच्ने भरपर्दो उपाय भएको तथ्यलाई ध्यानमा राखी वडा वडामा खोप केन्द्रहरू स्थापना गरी व्यापक रूपमा खोप अभियान चलायौँ । भक्तपुर नगरपालिकाले हालसम्म मोडर्ना २५,४०१, भेरोसेल १,१७,११०, कोभिशिल्ड १५,९९७ र जोनसन ३,८९६ गरी कोभिडसम्बन्धी जम्मा १,६२,४०४ तथा टाइफाईड २७,३११ मात्रा समेत गरी यस अवधिमा कूल १,८९,७१५ मात्रा खोप लगाइसकेको छ ।
त्यसैगरी, नगरस्तरीय नागरिक आरोग्य केन्द्रले साउनदेखि चैत्र मसान्तसम्मको ९ महिनामा १,८५४ बिरामीलाई आयुर्वेदिक उपचार सेवा प्रदान गर्यो भने सामुदायिक आँखा केन्द्रबाट विगत ९ महिनामा २०,५८२ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ ।
नगरवासीहरूको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न घरदैलो नर्सिङ
सेवा सुरु गरिएकोमा त्यसलाई अझ प्रभावकारी बनाउँदै लाने प्रयास गर्दैछौँ । कडा रोगहरू मुटु, मस्तिष्कघात, क्यान्सर, मृगौला रोग लागेकाहरूलाई पहिले प्रतिव्यक्ति रु. १०,०००।– का दरले आर्थिक सहयोग प्रदान गर्दै आएकोमा हाल रु. १५,०००।– आर्थिक सहयोग गर्दै आएका छौँ । विगत ९ महिनामा १६७ जना बिरामीहरूलाई जम्मा रु. २५,०५,००० आर्थिक सहयोग प्रदान गरियो । आ.व. २०७५÷७६ देखि हालसम्म कूल ६४५ जना बिरामीहरूलाई जम्मा रु. ७१,८०,०००।– आर्थिक सहयोग प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन सञ्चालनका लागि भक्तपुर नपा वडा नं. ६ अँचा पोखरी परिसरमा भवन निर्माण भइरहेको छ । वडा वडामा नियमितरूपमा पाठेघर र स्तन क्यान्सर परीक्षण, दन्त शिविर, हाडजोर्नी तथा आँखा शिविरहरू सञ्चालन गर्दै आएका छौँ ।
सम्पदा तथा कला–संस्कृति संरक्षण र विकास निर्माण :
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन हामी प्रयासरत छौँ । पुर्खाले सिर्जेका सम्पदाहरू हाम्रा अमूल्य निधि हुन् । त्यसको संरक्षण र सम्वद्र्धन गर्नु हाम्रो कर्तव्य हो । जनप्रतिनिधिको रूपमा हामी निर्वाचित भएपछि भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धारमा जोड दियौँ । जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति लियौँ । उपभोक्ता समितिमार्फत काम गराउँदा स्थानीय श्रोत साधन तथा सीप र प्रविधिको प्रयोग हुने, सम्पदाप्रति अपनत्व कायम हुने, गुणस्तरीय निर्माण हुने र स्थानीय जनताले रोजगारी पाउने भएको हुँदा नगरपालिकाले आन्तरिक श्रोतबाट हुने अधिकांश विकास निर्माणका कामहरूलाई उपभोक्ता समितिमार्फत गर्दै आएको हो । अहिले कतिले यसलाई ‘ख्वप मोडल’ पनि भन्ने गरेका छन् । सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा हामी स्पष्ट छौँ । यद्यपि, सङ्घ र प्रदेशको बजेटबाट हुने अधिकांश काम ठेक्काबाट सम्पन्न गर्नुपर्ने हाम्रो बाध्यता हो । जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढङ्गले गुणस्तरीय काम सम्पन्न गर्दै आयौँ । यही नै हाम्रो विशेषता हो ।
हामी विदेशीसँग सहयोग मागेर बनाएका सम्पदाहरूबाट खुसी हुनुभन्दा आफ्नै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरूप्रति गर्व गर्छौँ । आत्मनिर्भर भएर बाँच्ने नेमकिपाले सिकाएको महत्वपूर्ण शिक्षा हो । भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि रु. १ अर्ब २० करोड (१ करोड युरो) सहयोग सम्झौता भएकोमा सम्झौताका बुँदाहरू हाम्रो हितमा नभएको कारण हामीले त्यो सहयोगलाई स्वीकार गरेनौँ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त र अन्य गरी १३८ भन्दा बढी सम्पदाहरूमध्ये अधिकांश सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न भएका छन् । २६ ओटा मन्दिर, ४२ ओटा पाटी, ८ ओटा द्यःछें, ४ ओटा प्रवेशद्वार, ११ ओटा पोखरी, ७ ओटा इनार, ८ ओटा सत्तल पाटी, ७ ओटा ढुङ्गेधारा र ९ ओटा अन्य गरी हालसम्म १२२ ओटा सम्पदाहरूका जीर्णोद्धार सम्पन्न भएका छन् । यसबीच खौमा ढोका, वत्सला मन्दिर पुनःनिर्माण, ङातापोल्हँ र भैरवनाथ मन्दिर जीर्णोद्धार सम्पन्न भयो भने गय्ःभिन्द्यो पुल, भनपा १ स्थित रानीपोखरी र छिपा ताँ पुनःनिर्माण सम्पन्न भएका छन् । त्यसैगरी, बाराही पुल, हनुमानघाट पुल, ब्रम्हायणी पुल, धाँलाखुसी र लिवाली पुल निर्माणाधीन अवस्थामा छन् । भक्तपुरको दूधपाटीदेखि च्याम्हासिंहसम्म नगरको मूल सडक, बाराही स्थान र नगरका विभिन्न ठाउँमा समेत गरी ६.२४ कि.मी. ढुङ्गा छपाइ, १०.५० कि.मी. इँटा छपाइ र कमलविनायक, तुमचो दुगुरे र लिबाली आवास योजनालगायतका विभिन्न सडकहरूमा गरी करिब १८.४६ कि.मी. कालोपत्रे गर्ने काम सम्पन्न भयो । भनपा वडा नं. ७ मा सुधारिएको शव दाहगृह र भाज्या पुखूको पुनःनिर्माण कार्य अन्तिम चरणमा छ । लक्ष्मीनरसिंह मन्दिर, इखालाछी मठ निर्माणाधीन अवस्थामा छन् भने खोला सुधार र ऐतिहासिक महत्वका घाट सुधारका कामहरू भइरहेका छन् ।
नगरभित्रका अमूर्त सम्पदाहरूको संरक्षणको लागि हरेक वर्ष एउटा विधाको सांस्कृतिक प्रतियोगिता गर्ने निर्वाचन घोषणापत्रअनुसार पहिलो वर्ष बाँसुरी, दोस्रो वर्ष धाँ, तेस्रो वर्ष धिमाय् र पाँचौँ वर्ष पछिमा बाजा प्रतियोगिता सम्पन्न ग¥यौँ । चौथो वर्ष विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको कारण २०७७ सालमा प्रतियोगिता गर्न सम्भव भएन । प्रतियोगितासँगै हरेक वर्ष सांस्कृतिक गुरुहरूको सम्मान गर्दै आएका छौँ ।
नगरवासीको नाउँमा नगर प्रमुख सुनिल प्रजापतिको सम्बोधन–२ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ९ (३) बमोजिम नगरको पुरानो सहरलाई सीमाङ्कन गरी सांस्कृतिक क्षेत्र घोषणा गरी पुरानो शहरलाई जीवन्तता दिन जोड दियौँ । प्राचीन नगरको संरक्षण गर्न सांस्कृतिक क्षेत्रमा घर जग्गा स्थानीयवासीहरूबीच मात्रै खरिद–बिक्री गर्ने कानुनी व्यवस्था गरिएकोमा केही सम्पदा विरोधीहरूले सर्वोच्च अदालतमा नगरपालिकाको निर्णयलाई चुनौती दिँदै मुद्दा दिएपछि अदालतको अन्तरिम आदेशको कारण त्यो कार्यान्वयनमा बाधा पुगेको छ । अदालतले सम्पदा संरक्षणको पक्षमा निर्णय दिने अपेक्षा गर्दछौँ । नगरको मौलिकस्वरूप बचाइ राख्न परम्परागत शैलीमा घर बनाउने घर धनीहरूलाई मोहडामा लाग्ने काठ, इँटा र झिँगटीको लागि हुने खर्चको ३५ प्रतिशत अनुदान प्रोत्साहनस्वरूप प्रदान गर्दै आएका छौँ । हालसम्म जम्मा ४२ ओटा घरलाई रु. १ करोड २३ लाख ८४ हजार ९९८ रूपैयाँ अनुदान प्रदान गरिसकेका छौँ । भनपा वडा नं. ५ स्थित जगन्नाथ क्षेत्र संरक्षणको लागि डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा गठित जगन्नाथ क्षेत्र अध्ययन तथा उत्खनन समितिले २०७९ वैशाख ५ गते प्रतिवेदन बुझाइसकेको छ । उक्त क्षेत्रको उत्खनन गर्न प्रतिवेदनले सहयोग गर्ने आशा गर्छौँ ।
बजार अनुगमन :
उपभोक्ताको हितलाई ध्यानमा राखेर नगरपालिकाले नियमित बजार अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पसल नवीकरण नगरिएको, सरसफाइमा कमी, नियमानुसार नापतौल नवीकरण नभएको, मिसावट सामग्री र म्याद नाघेका वस्तुहरू बिक्री गर्ने गरेको, अखाद्य तेल रङ्क प्रयोग भएको, खाद्य मापदण्ड पालना नगरी वस्तुहरूको बिक्री वितरण गर्ने, औषधी जन्य वस्तुहरूको अनुगमन गर्दा अनियमितता पाइएको हुँदा त्यस्ता व्यापारीहरूलाई नियमानुसार कारबाही गर्दै आएका छौँ । सडक पेटीमा जथाभावी सामान बेच्ने, तोकिएको भन्दा बढी मूल्य असुल गर्ने र गुणस्तरहीन सामान बेचविखन गर्नेहरूलाई पनि कानुनबमोजिम कारबाही गर्दै व्यवस्थित गर्ने प्रयास गर्दै आयौँ ।
खेलकुद :
हरेक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता सम्पन्न गर्ने निर्वाचन घोषणापत्रमार्पmत प्रतिबद्धता गरेअनुसार खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ । पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष क्रमशः भलिबल, कराँते, एथ्लेटिक्स र बुद्धिचाल प्रतियोगिता सम्पन्न ग¥यौँ भने पाँचौँ वर्षमा विश्वव्यापीरूपमा फैलिएको कोरोनाको कारण अन्तर नगर खेलकुद प्रतियोगिता गर्न सम्भव नभएपछि वडा वडामा खेलकुद गतिविधि सकृय बनाउने उद्देश्यले प्रत्येक वडामा एक एक ओटा खेल प्रतियोगिता सम्पन्न ग¥यौँ । जस्तोसुकै प्रतिकूलताबीच पनि हामीले खेलकुद गतिविधिमा कुनै कमी आउन दिएनौँ ।
हरेक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न गर्दै आएका छौँ । सबै नागरिकहरूलाई खेलकुदको माध्यमबाट स्वस्थ राख्ने प्रयास गर्नुका साथै प्रत्येक वडामा व्यायामशालाहरू स्थापना गरी शारीरिक व्यायाम नागरिक जीवनको एक महत्वपूर्ण हिस्सा बनाउने प्रयास ग¥यौँ  । हालसम्म नगरका हरेक वडामा २ ठाउँमा र कलेजहरूमा समेत गरी २३ ठाउँमा खुल्ला व्यायामशालाहरू स्थापना गरी नगरवासीहरूलाई व्यायामका अवसरहरू प्रदान गर्दै आएका छौँ । भलिबल, फूटबल, बक्सिङ, जिम्नेस्टिक, टेबुल टेनिस र कराँते गरी विभिन्न ६ ओटा खेलको नियमित प्रशिक्षणका साथै विद्यालयहरूमा खेलकुद प्रशिक्षण दिन पूर्णकालीन प्रशिक्षकको व्यवस्था गर्दै आएका छौँ । विद्यालयहरूमा छात्राहरूका लागि आत्मरक्षासम्बन्धी तालिमलाई पनि निरन्तरता दिँदैछौँ । वडा वडामा खेलकुद समितिहरू गठन गरी युवाहरूलाई खेलकुद गतिविधिमा सहभागी बनाउने हाम्रो प्रयास जारी छ । कमलविनायक कभर्ड हलमा बक्सिङ रिङको व्यवस्था गरिएको छ ।
भनपा वडा नं. ८ स्थित लिवालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भयो भने वडा नं. १० मा टेबुल टेनिस कभर्ड हल निर्माणाधीन अवस्थामा छ । खेलाडीहरूको चाहनालाई ध्यानमा राखी आवश्यकताअनुसार कभर्ड हल निर्माण कार्यलाई जोड दिँदैछौँ ।
हरेक वर्ष खेलाडी सम्मान कार्यक्रम गर्दै आएका छौँ भने कोभिडको समयमा अनलाइन मार्पmत व्यायाम प्रशिक्षण दियौँ ।
सरसफाइ तथा वातावरण सुधार :
फोहोरमैला व्यवस्थापन हाम्रो ठूलो चुनौती हो । जस्तोसुकै अप्ठेरो स्थितिमा पनि नगरको सरसफाइमा कमी आउन दिएनौँ । हनुमन्ते खोला र कासान खोला सुधारको लागि फोहोरलाई प्रशोधन गर्न नगरको दुई ठाउँमा सल्लाघारी र हनुमानघाटमा उपचार पोखरी निर्माणको लागि पहल ग¥यौँ र हाल ती उपचार पोखरीहरू निर्माणाधीन छन् । नेपाल सरकार आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) सँगको सहयोग र समन्वयमा भइरहेको उक्त कामले तीव्रता पाउँदैछ ।
नगरको वातावरण सुधारको लागि सडकका किनारामा रुख रोप्ने, पुराना सहरका महत्वपूर्ण सम्पदा क्षेत्रमा हरियाली प्रबद्र्धन गर्ने तथा हरेक महिनाको १ र १५ गते नियमित सर–सफाइको आयोजना गरी भक्तपुरलाई स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने काममा जोड दिँदै आएका छौँ । ‘एक विद्यालय, एक सम्पदा सर सफाइ’ नीतिलाई लागू ग¥यौँ । कोभिड महामारीको समयमा पनि सुरक्षा नीति अपनाई सरसफाइलाई निरन्तरता दियौँ ।
खानेपानी :
खानेपानी भक्तपुर नगरको स्थायी समस्याजस्तै बनिरहेको छ ।
खानेपानीको आफ्नै श्रोत नहुनु, नगरकोट र बोडेको पानीको भर पर्नुपर्ने कारणले नगरवासीहरूले खानेपानीको ठूलो समस्या भोग्दै आएका छन् । सम्भव भएका विभिन्न ठाउँहरूमा ११ ओटा डीप बोरिङ गरी वडा वडामा खानेपानी सहज वितरणको व्यवस्था मिलाउँदै आयौँ । खानेपानीको स्थायी समाधानको लागि मेलम्चीको भरपर्नुबाहेक हामीसित अर्को विकल्प छैन । त्यसको निम्ति निरन्तर प्रयास जारी छ । हाल कटुञ्जेमा ट्याङ्की निर्माण कार्य सम्पन्न भइसकेको छ । खानेपानीको अस्थायी समस्या समाधान गर्न समय समयमा नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्दै आएको छ । खानेपानी वितरणको लागि पाइप सुधार गरिएको छ ।
क्यान्सर अस्पताल सरकारी स्वामित्वमा :
भक्तपुर नगरपालिका वडा नं. १ स्थित सार्वजनिक जग्गामा निर्मित भक्तपुर क्यान्सर अस्पताल केही वर्ष अघिसम्म एउटा एनजीओले सञ्चालन गर्दै आएको थियो । सरकार, विदेशी अनुदान र नगरपालिकाको जग्गामा सञ्चालित उक्त अस्पतालका सञ्चालकहरूले सबै निजी सम्पत्तिको रूपमा ब्रम्हलुट गरी अकुत सम्पत्ति कमाइरहेको र अस्पतालमा भइरहेको व्यापक भ्रष्टाचार सार्वजनिक भएपछि नगरपालिकाले सरकारी स्वामित्वमा ल्याउन पहल ग¥यो । लामो विवादपछि अन्ततः उक्त अस्पताल सङ्घीय सरकारको मातहतमा गएको छ । त्यसबाट जनतालाई सस्तो र गुणस्तरीय उपचार सेवा प्राप्त भइरहेको छ । भक्तपुर क्यान्सर अस्पताल सरकारीकरण हुनु हाम्रो कार्यकालको एउटा महत्वपूर्ण उपलब्धि हो । त्यस्तै भक्तपुर अस्पताल व्यवस्थापन समितिमा नगरपालिकाको प्रतिनिधित्व भएपछि क्रमशः सुधार हुँदै गयो । गत वर्ष उक्त अस्पताल बागमती प्रदेशकै उत्कृष्ट घोषित भयो । सरकारी स्वामित्वमा रहेका अस्पतालहरूमा सुधार भएमा जनतालाई स्वास्थ्य उपचारमा सहज पुग्ने भएको हुँदा हाम्रो ध्यान त्यसमा केन्द्रित भयो ।
सहकारी सम्बन्धमा :
भक्तपुर नगर भित्र सञ्चालित १५४ ओटा सहकारीहरूलाई सहकारी सिद्धान्तअनुसार सञ्चालन गर्न नगरपालिकाले समय समयमा अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधारको लागि सुझावहरू दिने र त्यसको कार्यान्वयन गराउने प्रयास गर्दै आएको छ । साथै भक्तपुर नगरपालिकाको सहकारी ऐनविपरीत नगरपालिकाको स्वीकृति बिना सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई कानुनविपरीत सञ्चालन नगर्न सचेत पार्ने काम पनि गर्दै आएका छौँ ।
देको–मिवा–इतापाके आवास योजना :
भक्तपुर नगरलाई व्यवस्थित शहरको रूपमा विकास गर्न भनपा वडा नं. २ र ६ मा १६५४ रोपनीमा देको मिवा इतापाके आवास योजना सञ्चालन भइरहेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी भएको उक्त योजनामा जनताको गुनासो सम्बोधन गर्ने क्रममा र कोभिडको कारणले केही ढिलाई हुन गएको हो । यद्यपि, चरणबद्धरूपमा जग्गा फिर्ता दिने कामअगाडि बढाइएको छ । हाल जग्गा फिर्ता गर्ने क्रम चालू छ । जनताका समस्याहरूलाई क्रमशः सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ ।
प्रकाशन तथा सञ्चार :
भक्तपुर नगरपालिकाका हरेक गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले मासिक ‘भक्तपुर’, नेपाल भाषाको पाक्षिक ‘ख्वप पौ’ निरन्तर प्रकाशित गर्दै आएका छौँ । त्यसैगरी, अनलाइन पत्रिका ‘भक्तपुर खबर डट कम’, ‘भक्तपुर म्युनिसिपालिटी’ फेसबुक पेज र भक्तपुर एफएम मार्फत ‘ख्वप सः’ कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ ।
नगरपालिकाद्वारा महत्वपूर्ण सम्पदाहरू जीर्णोद्धारपछि त्यसका सम्पूर्ण विवरणसहित ‘भैरवनाथ मन्दिर जीर्णोद्धार (२०७६)’, भक्तपुरका विभिन्न पक्षबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री ‘ख्वपको पहिचान’ भाग १ (२०७६), पुनःनिर्माण र जीर्णोद्धार गरिएका सम्पदाहरूको संक्षिप्त विवरणसहित फोटो पुस्तक ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्घार –२०७७’, भक्तपुर नपाले गरेका अभ्यासहरूलाई समेटेर प्रकाशित गरेको ‘हाम्रो अभ्यास’ (२०७७), ‘ङातापोल्हँ जीर्णोद्धार—२०७७’, ‘ख्वपको पहिचान भाग २ (२०७८)’ प्रकाशित भइसकेको छ भने भाग ३ प्रकाशोन्मुख अवस्थामा छ । त्यसैगरी यसवर्ष ‘वत्सला मन्दिर जीर्णोद्धार—२०७८’, ‘न्हू पुखू (रानी पुखू) जीर्णोद्घार २०७८’ र ‘सञ्चारमाध्यममा भक्तपुर नगरपालिका (२०७८)’ पुस्तक प्रकाशित भइसकेको छ । त्यसैगरी भक्तपुरका विभिन्न पक्ष समेटिएका महत्वपूर्ण पुस्तकहरू प्रकाशित गर्दै जाने नीति लिएका छौँ । यसले भविष्यमा भक्तपुरबारे बुझ्न र अध्ययन अनुसन्धान गर्न चाहनेहरूको लागि मद्दत मिल्ने हाम्रो विश्वास छ ।
निजी आवास पुनःनिर्माण :
२०७२ सालको भूकम्पले झण्डै ८ हजार घरमा आंशिक र पूर्ण क्षति भएको थियो । तीमध्ये ७,६५६ परिवारको लाभग्राही सूची प्रकाशन भएकोमा ५६८१ लाभग्राहीले अनुदान सम्झौता गरेको, ५,६८० परिवारले पहिलो किस्ताबापत रु. ५०,०००।– पाए भने हालसम्म दोस्रो किस्ता लिनेहरूको सङ्ख्या २,३९८ र तेस्रो किस्ता लिनेहरूको सङ्ख्या २,२३० रहेको छ ।
सीपमूलक तालिमहरू :
युवाहरूलाई सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउनेतर्फ भक्तपुर नपाले निरन्तर जोड दिँदै आएको छ । कृषिसम्बन्धी माटो परीक्षण, कीटनाशक औषधिको प्रयोग, उन्नत जातको बीउबाट उत्पादन तथा कृषि प्राविधिक नर्सरी सम्बन्धी, च्याउ खेती, बेमौसमी तरकारी खेतीसम्बन्धी तालिमहरूलाई निरन्तर सञ्चालन गर्दै आएका छौँ । सिजनअनुसार किसानहरूको लागि उन्नत जातको बीउ वितरण गर्दै आएकोमा हालसम्म धान ७४,००० केजी, गहुँ ३५००० केजी र आलु ४०,००० केजी बीउ वितरण गरिसकेका छौँ भने यो वर्ष थप २०,००० केजी धानको बीउ खरिद गरेर वितरण भइरहेको छ ।
नगरपालिकाले चिनियाँ भाषा (५ समूह) १५० जना, जापानी भाषा (२ समूह) ६० जना, नेपाल भाषा (२ समूह) ६१ जना काष्ठ कला (२ समूह) ७० जना, पाक शिक्षा (३ समूह) ७५ जना, बुटिक (२ समूह) ५५ जना, हेयर कटिङ (१ समूह) १८ जना, फोटोग्राफी (२ समूह) ६२ जना, रेडियो प्रस्तोता (२ समूह) ६४ जनालाई सीममूलक तालिम सम्पन्न गरेको छ । त्यसै गरी, बेसिक (५ समूह) १८८ जना र एडभान्स सिलाइ (४ समूह) ८८ जनालाई तालिम प्रदान गरेको छ भने कृषि प्राविधिक (२२ जना), बेमौसमी तरकारी खेती (३० जना), गड्यौला मल बनाउने÷कौसी खेती (३० जना), च्याउ खेती (३० जना), माटो परीक्षण÷धान बालीसम्बन्धी ४० जना र नर्सरी खेती
(३० जना) समेत गरी हालसम्म १००३ जनाले तालिम पाइसकेका छन् । यसमा वडाहरूमा सञ्चालित तालिमहरू समावेश गरिएको छैन ।
कानुन निर्माण :
हामी पाँच वर्षको निम्ति निर्वाचित भएकोमा पदावधिको अन्तिम चरणमा छौँ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार यस अवधिमा १० ओटा नियमित र १ ओटा विशेष गरी ११ ओटा नगरसभाहरू सम्पन्न भए । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको आवश्यकताअनुसार नगर सभाबाट २२ ओटा ऐन, ३ ओटा नियमावली, ६ ओटा विनियम, १२ ओटा कार्यविधि, ४ ओटा निर्देशिका र १ ओटा नीति गरी हालसम्म ४८ ओटा कानुन निर्माण गरी कार्यान्वयन गर्दै आएका छौँ ।
न्यायिक समिति :
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उपप्रमुख रजनी जोशीको संयोजकत्वमा गठित न्यायिक समितिले २०७४ देखि २०७८ सम्म २०२ ओटा मुद्दा दर्ता भएकोमध्ये १६३ ओटा फर्छयौट भई ३९ ओटा फछर्यौट हुन बाँकी रहेको जानकारी गराउन चाहन्छौँ ।
अपाङ्गताको परिचयपत्र वितरण :
२०७६ असार २ गतेदेखि २०७८ चैत्र २१ गतेसम्म भक्तपुर नगर क्षेत्रभित्रका अपाङ्गता भएका ५७५ जना व्यक्तिहरूलाई अपाङ्गता परिचय पत्र प्रदान गरियो । त्यस्तै भनपाका १० वटै वडा कार्यालय, पर्यटन शाखा र जनज्योति पुस्तकालयका सहयोगी कर्मचारीहरूलाई एक महिने साङ्केतिक भाषाको तालिम २२ जनालाई, नगरक्षेत्रभित्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरूका लागि २ महिने सीपमूलक हस्तकला सामग्री बनाउने तालिम प्रदान गरियो । वडा नं १ देखि १० सम्मका जम्मा ८९ जना अपाङ्गता भएका नागरिकहरूले माग गरेबमोजिम पूर्ण अपाङ्गता भएका २३ जनालाई अपाङ्गता सहायक सामग्रीहरू ह्विल चियर र ट्वाइलेट वितरण गरियो ।
केही पूरा हुन नसकेका काम :
निर्वाचन घोषणापत्रअनुसार हामीले ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन सकेनौँ । उक्त कामको लागि निरन्तर प्रयास ग¥यौँ । तर, सङ्घीय सरकारले प्रतिनिधिसभामा ख्वप विश्वविद्यालय विधेयक प्रस्तुत गरी नदिएको कारण भक्तपुरका जनताको त्यो चाहना हाम्रो कार्यकालमा पूरा हुन पाएन । मेडिकल कलेज स्थापना गरी सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने हाम्रो उद्देश्य थियो । हामीले यसलाई निरन्तर जोड दिइरहेका छौँ ।
त्यसैगरी दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवन (लाल बैठकसहित) पुनःनिर्माणको क्रममा राणाकालीन शैलीमा निर्माण गर्ने वा मल्लकालीन भन्नेमा केही समस्या देखिएकोमा पछि मल्लकालीन शैलीमा निर्माण गर्न संस्कृति मन्त्रालय, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाबीच सहमति भए पनि युनेस्कोको अनुमति लिनुपर्नेजस्ता प्राविधिक कारणले त्यो पूरा हुनसकेन । साथै सरकारले पटक पटक आश्वासन दिएर पनि आवश्यक बजेट व्यवस्थापन गरी नदिएको हुँदा भनपा–६ मा अरनिको सभा भवन निर्माण गर्ने हाम्रो योजना अधुरो रह्यो ।
अन्त्यमा, भक्तपुरलाई व्यवस्थित नगरको रूपमा विकास गर्न समय समयमा विभिन्न सुझावहरू दिएर सहयोग गर्न हुने नेमकिपाका अध्यक्ष का. नारायणमान बिछुक्छेँप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । त्यसैगरी, माननीय प्रेम सुवाल, प्रदेश सभाका सांसदहरू सुरेन्द्रराज गोसाई, सृजना सैंजूलगायत सम्पूर्ण सहयोगी जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, नपाद्वारा गठित विभिन्न समितिहरूमा बसी सहयोग गर्नुहुने विज्ञहरू, उपभोक्ता समितिमा बसी सहयोग गर्नुहुने महानुभावहरू, स्वयंसेवकहरू, सहयोगी सङ्घ, संस्था, खेलकुद समिति, कृषक समूह, प्रशिक्षकहरू, नगरपालिकाका कर्मचारीहरू, दाफा भजन, टिम, क्लब, अस्पताल, चिकित्सकहरू, सेना, प्रहरी र सशस्त्र प्रहरी, सम्पदा पुनःनिर्माण, अक्सिजन प्लान्ट स्थापनालगायतका कार्यमा आर्थिक एवं भौतिक सहयोग गर्नुहुने दाता तथा सहयोगी सम्पूर्ण महानुभावहरूमा जनप्रतिनिधिहरूको तर्पmबाट धन्यवाद ज्ञापन गर्दछौँ । भक्तपुर नगरपालिकाले गरेका कार्यहरूकोबारे जनताबीच प्रचारप्रसार गरी सहयोग गर्नु भएकोमा सम्पूर्ण पत्रकार÷लेखक मित्रहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । नगरपालिकाको काममा राय, सल्लाह र सुझावका साथै आलोचना गरेर सहयोग गर्ने सबै राजनैतिक दलहरूलाई पनि हामी जनप्रतिनिधिहरूको तर्पmबाट धन्यवाद ज्ञापन गर्दछौँ ।
साथै नगर भित्रका सरकारी कार्यालयका प्रमुखहरू, विद्यालय÷कलेजका प्रमुखहरूलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू तथा नगरपालिकाको काममा निरन्तर प्रत्यक्ष र अप्रत्यक्षरूपमा सहयोग गर्ने विभिन्न समुदायका जनताप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौँ । बाँकी दिनमा पनि जनताको हितमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *