रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
स्थानीय तहको निर्वाचन वैशाख ३० गते देशभरि नै हुन गइरहेको छ । निर्वाचनको लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको छ । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचनमा ऐनमा गरिएको छ । त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि निर्वाचनमा उम्मेदवारी दिन आ–आफ्नो पदबाट राजीनामा दिनुपर्छ । उक्त व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारी बन्न जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकहरूले राजीनामा दिन थालेको खबर प्रकाशमा आइरहेको छ ।
निर्वाचनमा उम्मेदवारी उठाउन निर्वाचन आयोगमा दर्ता भएका दलहरूले उम्मेदवारी चयन गर्दै छन् । उम्मेदवारी चयन गर्न दलका नेता तथा कार्यकर्ताहरू जुट्दै छन् । यति बेला कुन कुन दलका कुन कुन उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने हो भन्ने विषयमा टोल, चोक, गल्ली–सहर बजार, चिया पसल तथा घर–घरमा चर्चा परिचर्चाको विषय बनिरहेको छ । राजनीतिक कार्यकर्ता तथा सर्वसाधारण नागरिकबीच यो चासो हुनु स्वाभाविक हो ।
स्वतन्त्रबाहेक उम्मेदवारी दर्ता पार्टीले छानेको व्यक्तिले गर्नुपर्ने हुन्छ । उम्मेदवारी कुनै व्यक्तिको रहरभन्दा पार्टीले विश्वास गरेको व्यक्ति हुन्छ । नेपाली मतदाताले पार्टीले चयन गरेकै व्यक्तिलाई मतदान गर्ने हो । हरेक मतदाताको आफ्नो अमूल्य मत पार्टीकै लागि दिने हो । हाम्रो मत पार्टीले गरिरहेको योगदान या भूमिकाको आधारमा दिने हो ।
हो, पार्टीको उम्मेदवार को को हुने हो सबैमा चासो हुनु स्वाभाविक हो । वैशाख १२ गते उम्मेदवार दर्ता गर्ने अन्तिम समय भएको हुँदा कहाँ कहाँ नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू उठ्ने हुन् ? थाहा हुन्छ । आफूलाई मनपरेका दलका उम्मेदवारलाई अत्यधिक मतले जिताउन आ–आफ्नो स्थानबाट प्रचारप्रसार गर्नुपर्छ, आ–आफ्नो घोषणापत्र या प्रतिबद्धता जनतामाझ पु¥याउनुपर्छ र जनतालाई सुसूचित पार्नुपर्छ । देश र जनताप्रति समर्पित योग्य उम्मेदवार चयन गर्न हाम्रो अमूल्य मत प्रयोग होस् ।
Leave a Reply