भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १० वैशाख । सेवा निवृत्त शिक्षक समाजको आयोजनामा नयाँ वर्ष २०७९ को उपलक्ष्यमा नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले शुभकामना व्यक्त गर्दै आफ्नो पाँचवर्षे कार्यकालमा नगरवासीको गौरव राख्ने ढङ्कले आफूहरूले काम गरेकोमा सन्तोष लागेको विचार व्यक्त गर्नुभयो ।
सरकार रु. ८–१० लाखको लागि विदेशीको मुख ताक्ने प्रवृत्ति रहेको अवस्थामा भक्तपुर नगरपालिकाले जनताकै भरमा धेरै काम गरेको बताउँदै उहाँले काममा अपनत्व र आत्मनिर्भरता हाम्रो विशेषता हो भन्नुभयो ।
देशमै पहिलो नगर शिक्षा ऐन लागु गरेको चर्चा गर्दै नगरपालिका सञ्चालनार्थ ४८ वटा कानुन बिनाद्विविधा बनाई लागु गरेको पनि उहाँले प्रस्ट पार्नुभयो ।
लामो समयदेखि सञ्चालन भइरहेको नर्सिङ कक्षा माओवादी शिक्षामन्त्रीले यस वर्ष रोकेको हुँदा माओवादी कस्तो कम्युनिस्ट भन्ने प्रस्ट भएको छ भन्दै उहाँले ख्वप विश्वविद्यालय नदिए पनि नयाँ नयाँ कलेजहरू खोल्दै सस्तोमा स्तरीय शिक्षा प्रदान गर्दै जानेमा जोड दिनुभयो ।
निर्वाचन घोषणापत्र र विचारको लडाइँ हुनुपर्नेमा यहाँ विचार बन्धक राखेर भागबन्डाको विकृत राजनीति शासक दलहरूले गरिरहेको वास्तवमै देशकै लागि दुर्भाग्य हो, उहाँले भन्नुभयो ।
नपाद्वारा सञ्चालित कलेजले देशभरमै उत्कृष्ट नतिजा दिइरहेको चर्चा गर्दै उहाँले कोरोना कालमा निवृत्त शिक्षक समाजले अक्सिजन प्लान्ट स्थापना गर्न गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
नगरवासी, जनप्रतिनिधि कर्मचारी सबैको साझा प्रयासबाट पाँच वर्षमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका विषयमा ‘ख्वप मोडेल’ बन्न सफल भएको पनि उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा समाजका सल्लाहकार बालमुकुन्द बासुकलाले भक्तपुर नगरपालिकाको पाँचवर्षे कार्यकाल सराहनीय रहेको हुँदा आगामी निर्वाचनमा पनि उहाँहरूलाई नै जिताउनुपर्नेमा जोड दिनुभयो ।
समाजको अर्धवार्षिक पत्रिका ‘शैक्षिक अनुभव’ का सम्पादक ज्ञानसागर प्रजापतिले विचारलाई भन्दा कुर्सीलाई महत्व दिने शासक दलले राजनीतिले नयाँ पुस्तामा राजनीतिप्रति नकारात्मक प्रभाव परेको विचार व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां र पूर्व जिशिअ नयनसिं धामी र तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा निवृत्त शिक्षकहरू शिवकुमार कर्माचार्य, रत्नदेवी प्रजापति र तुल्सीभक्त सुवाललाई अतिथि प्रजापतिले सम्मान गर्नुभएको थियो ।
Leave a Reply