भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
कैलाली, १० वैशाख । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीको आतिथ्यमा शनिबार लम्कीचुहा नगरपालिका वडा नं. १ मा कार्यकर्ता भेला भयो ।
भेलामा केन्द्रीय सदस्य शाहीले नेमकिपाले कामदार जनताको हितमा निर्वाचनलाई उपयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा क्रान्तिकारी संसद्वादको पक्षमा छ । निर्वाचनमार्फत जनतालाई सचेत बनाउने र पुँजीवादी पार्टीहरूको भन्डाफोर गर्ने काम नेमकिपाले गर्दै आएको छ ।
समाजवादी व्यवस्थामा मात्र कामदार जनताको हित हुने बताउँदै उहाँले समाजवादी व्यवस्थाका विशेषताहरूबारे जानकारी दिनुभयो ।
कार्यक्रममा रमेशकुमार रावलले पनि बोल्नुभएको थियो ।
Leave a Reply