भर्खरै :

सहकार्यबाट चुनौतीको सामना र उज्ज्वल भविष्यको निर्माण गरौँ

(जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलन २०२२ को उद्घाटन समारोह (पेइचिङ, २१ अप्रिल २०२२) मा दिनुभएको मन्तव्यको पूर्ण पाठको नेपाली अनुवाद)
महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्युहरू,
महामहिम अन्तर्राष्ट्रिय सङ्घ सङ्कठनका प्रमुखज्युहरू,
महामहिम बोआओ एसियाली मञ्चका सञ्चालक समितिका सदस्यज्युहरू,
विशिष्ट पाहुनाहरू,
प्रिय मित्रहरू ।
बोआओ एसियाली मञ्चको वार्षिक सम्मेलन २०२२ मा पुराना तथा नयाँ मित्रहरूसँग फेरि एकपटक अनलाइन भेटघाट गर्न पाउनु मेरो लागि ठूलो खुशीको विषय हो । सबभन्दा पहिला म चीन सरकार र जनता र मेरो व्यक्तिगततर्फबाट सबै सहभागी पाहुनालाई हार्दिक स्वागत र यो वार्षिक सम्मेलन आयोजनाको निम्ति न्यानो बधाई ज्ञापन गर्न चाहन्छु ।
यतिबेला संसारमा हाम्रै समय र इतिहासमै यसअघि कहिल्यै नभएका परिवर्तन भइरहेका छन् । यी परिवर्तनले निम्त्याएका चुनौतीलाई मानव जातिले गम्भीरतापूर्वक लिनुपर्छ । शताब्दीमै एक पटक आइलागेको महामारीको छाँयाबाट हामी अझै मुक्त भइसकेका छैनौँ । तर, परम्परागत खालका नयाँ सुरक्षा चुनौती पनि देखापर्दैछन् । कमजोर र शिथिल खालको आर्थिक पुनःस्थापना विकासको फराकिलो अन्तरले घेरिएको छ । जलवायु परिवर्तनजस्ता क्षेत्रमा सरकारहरूका कमी कमजोर समाधान भइनसक्दै अहिले डिजिटल प्रशासनजस्ता नयाँ मुद्दा देखापर्दैछ । यस्तो पृष्ठभूमिमा यो वार्षिक सम्मेलनको नारा ‘कोभिड–१९ र त्यसपछिको संसार ः विश्वव्यापी विकास र साझा भविष्यको लागि सहकार्य’ निकै सान्दर्भिक छ ।
चीनमा एउटा पुरानो लोकोक्ति छ ः ‘जस्तै खतरा र जोखिममा पनि कसैले पनि आफ्नो वचन फेर्नु हुन्न र प्रगतिको बाटोमा विमुख हुनुहुन्न ।’ मानव जातिको इतिहासको समीक्षा गर्दा हामीले जति जति हामी कठिनाइ सामना गर्छौँ, त्यति नै हाम्रो आत्मविश्वास बढ्ने कुरा सिकाएको छ । मानव जातिको प्रगति एकपछि अर्को समस्याबीच नै अघि बढ्ने भएकोले हामीलाई समस्यासँग डराउनु छैन । इतिहासको गतिलाई कुनै पनि कठिनाइले रोक्न सक्दैन । हजार चुनौती आइलागे पनि हामीले आत्मविश्वास गुमाउनु हुँदैन, अलमलिनु हुँदैन वा पछि हट्नु हुँदैन । बरु हामी आत्मविश्वासका साथ अघि बढ्दै सबै प्रतिकूलता पार लगाउनुपर्छ ।
महिला तथा सज्जनबृन्द र साथीहरू,
यो कुहिरो फाट्दै उज्जवल भविष्यतिर अघि बढ्न सबभन्दा बलियो शक्ति सहकार्यबाट आउने गर्छ । ऐक्यबद्धता नै सबभन्दा प्रभावकारी बाटो हो । बितेका साढे दुई वर्षभन्दा लामो समयमा अन्तर्राष्ट्रिय समुदाय कोभिड–१९ का चुनौती सामना गर्न र विश्वभर पुनःस्थापना तथा विकास प्रबद्र्धनको लागि निकै मिहिनेतका साथ काम गरिरहेको छ । यो कठिनाइ र चुनौती मानव समुदाय साझा भविष्य बोकेको समुदाय भएको अर्को द्योतक हो । यस्तो मानव समुदायमा सबै मानिस उठे पनि खसे पनि सँगै हुने गरेको छ । सबै देशले मानिसले साझा भविष्यको समुदाय बनाउने दिशातिर अघि बढ्दै समयको प्रवाह अनुसार शान्ति, विकास र सबैको जित हुने सहकार्यको पालना गर्नुपर्छ । अनि सहकार्यमार्फत चुनौती पार गर्दै उठ्नुपर्छ र उज्ज्वल भविष्य बनाउनुपर्छ ।
मानिसको जीवन र स्वास्थ्य रक्षाको लागि हामीले मिलेर काम गर्नुपर्छ । मानव विकास र प्रगतिको लागि सुरक्षा र स्वास्थ्य पूर्व शर्त हुन् । कोभिड–१९ महामारीविरूद्ध मानिसले अन्तिम विजय हासिल गर्न थप कडा मिहिनेतको आवश्यकता छ । देशहरूले आपसमा सहयोग गर्नु, प्रतिरोधका तरिकामा समन्वय गर्नु र विश्वभर जनस्वास्थ्य व्यवस्थापनमा सुधार गर्नु महत्वपूर्ण छ । त्यसले मात्र महामारीविरूद्ध बलियो अन्तर्राष्ट्रिय ऊर्जा प्राप्त गर्न सम्भव छ । हामीलाई कोभिडका खोप विश्वभर सार्वजनिक वस्तुको रूपमा सहजरूपमा उपलब्ध र सबै देशले किन्न सक्ने हुनुपर्छ । चीनले १२० भन्दा बढी देश र अन्तर्राष्ट्रिय सङ्कठनहरूलाई २ अर्ब १० कोड मात्रा खोप उपलब्ध गराइसकेको छ । विभिन्न देशमा खोप दिने वा विदेशमै खोप उत्पादन गर्ने विषयमा चीनले मूर्त कामसहित आफ्नो प्रतिबद्धता पुरा गरेको छ । खोपमा भएको विभेद कम गर्ने हाम्रो प्रयास स्वरूप चीनले मागअनुसार अफ्रिकी देशहरूलाई ६० करोड र आसियान देशहरूमा १५ करोड मात्रा खोप उपलब्ध गराउनेछ ।
आर्थिक पुनःस्थापनालाई गति दिन हामीले मिले काम गर्नुपर्छ । कोभिड–१९ महामारीले बितेका दसकमा गरिबी निवारणमा संसारले हासिल गरेका उपलब्धिमा गम्भीर क्षति पु¥याएको छ । आर्थिक पुनःस्थापनामा असन्तुलनले संसारभ असमानता गहिरो बनाएको छ । उत्तर–दक्षिण विभाजनलाई अझ फराकिलो बनाएको छ । हामी खुला विश्व अर्थतन्त्र बनाउन प्रतिबद्ध रहनुपर्छ, आर्थिक विश्वव्यापीकरणको प्रभावशाली प्रवाहको हामी हेलिनुपर्छ । बृहत् नीतिगत समन्वय बढाउनुपर्छ, थप आर्थिक वृद्धिको चालकको रूपमा विज्ञान र प्रविधिको उपयोग गर्नुपर्छ, विश्वव्यापी औद्योगिक र आपूर्ति प्रणालीलाई स्थायी बनाउनुपर्छ, केही देशमा नीतिगत समायोजनका गम्भीर नकारात्मक प्रभावबाट जोगिनुपर्छ र सन्तुलित, समन्वयात्मक र समावेशी विश्वव्यापी विकासको लागि सबै प्रयास केन्द्रित गर्नुपर्छ । हामीले जनता केन्द्रित अवधारणा पछ्याउनुपर्छ, विकास र जनताको सुखलाई नै सबभन्दा उच्च प्राथमिकतामा राख्नुपर्छ । हामीले कार्यान्वयनमा लाने नीति, हामीले चाल्ने कदम र गर्ने निर्णयले सधैँ जनताको भलाइलाई नै उच्च प्राथमिकता दिनुपर्छ । हामीले विकासशील देशहरूका तड्कारो आवश्यकताप्रति ध्यान दिनुपर्छ र गरिबी निवारण, खाद्य सुरक्षा, विकासमा लगानी र औद्योगिकीकरणजस्ता प्रमुख क्षेत्रमा व्यवहारिक सहकार्य अघि बढाउनुपर्छ । असमान र अपुग विकास समाधान गर्न हामीले यस्ता कदम चाल्न जरुरी छ । मैले गत वर्ष प्रस्ताव गरेको विश्वव्यापी विकास परियोजना (जीडीआई) को मुद्दा संयुक्त राष्ट्र सङ्घलगायत अन्य अन्तर्राष्ट्रिय सङ्कठनमा पनि उठ्यो समर्थन प्राप्त गर्न सफल भयो । झन्डै एक सय देशले यो परियोजनाप्रति समर्थन जनाएका छन् । जीडीआइको मूर्त कार्यान्वयनको लागि चीनले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिरहेको छ ।
संसारभर शान्ति र स्थायित्व कायम राख्न हामीले सहकार्य गर्नुपर्छ । चीनका एक जना प्राचीन दार्शनिकले भनेका छन्, “स्थायित्वले देशलाई समृद्ध बनाउँछ भने अस्थीरताले देशलाई गरिब बनाउँछ ।” सुरक्षा नै विकासको पूर्व शर्त हो । हामी मानिस अविभाज्य सुरक्षा समुदायमा बाँचेका छौँ । शीतयुद्धकालीन मानसिकताले विश्वव्यापी शान्तिको ढाँचालाई मात्र कमजो बनाउँछ, प्रभुत्ववाद र शक्ति राजनीतिले विश्व शान्तिलाई मात्र जोखिममा पार्छ र मोर्चा मोर्चाबीचको द्वन्द्वले एक्काइसौँ शताब्दीका सुरक्षा चुनौतीलाई थप बलियो बनाउने कुरा पटक–पटक प्रमाणित गरिसकेको छ । संसारभर सुरक्षा प्रबद्र्धन गर्न चीनले निम्नानुसार विश्वव्यापी सुरक्षा अग्रसरता प्रस्ताव गर्दछ ः
साझा, विस्तृत, सहकार्यमूलक र दिगो सुरक्षाको अवधारणाप्रति हामी प्रतिबद्ध हुनु महत्वपूर्ण छ । हामीले विश्व शान्ति र सुरक्षा कायम राख्न सहकार्य गर्नुपर्छ । सबै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानप्रति हामी प्रतिबद्ध रहनुपर्छ, कुनै पनि देशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति कायम राख्नुपर्छ, विभिन्न देशहरूमा त्यहाँका जनताले स्वतन्त्ररूपमा छानेका विकासको बाटो र सामाजिक व्यवस्थाको सम्मान गर्नुपर्छ, संयुक्त राष्ट्र सङ्घको बडापत्रमा उल्लेखित लक्ष्य र सिद्धान्तप्रति प्रतिबद्ध रहनुपर्छ, शीतयुद्धकालीन मानसिकता त्याग्नुपर्छ, एकपक्षतावादको विरोध गर्नुपर्छ, गुटगत राजनीतिक र मोर्चागत द्वन्द्वको विरोध गर्नुपर्छ, सबै देशका जायज सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिन कटिबद्ध रहनुपर्छ, अविभाज्य सुरक्षाको सिद्धान्त अङ्गीकार गर्नुपर्छ, सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा वास्तु निर्माण गर्नुपर्छ र कसैको सुरक्षाको मूल्यमा अर्को पक्षको सुरक्षाको विरोधमा उभिनुपर्छ । देशहरूबीच हुने मतान्तर र विवादको संवाद र सरसल्लाहमार्फत समाधानको निम्ति प्रतिबद्ध रहनुपर्छ, सङ्कटको शान्तिपूर्ण समाधानको निम्ति उपयुक्त सबै प्रयासलाई समर्थन गर्नुपर्छ, दोहोरो मापदण्ड त्याग्नुपर्छ, एकपक्षीय नाकाबन्दी र लामो दुरीका हतियारको प्रयोग गर्न पाउने अधिकारको मनपरी प्रयोगको विरोध गर्नुपर्छ, पुराना र नयाँ सुरक्षा व्यवस्थाप्रति प्रतिबद्ध रहनुपर्छ, आतङ्कवाद, जलवायु परिवर्तन, साइबर सुरक्षा र जैविक सुरक्षाजस्ता विश्वव्यापी चुनौती र क्षेत्रीय विवाद मिलेर समाधानका उपायको खोजी गर्नुपर्छ ।
हामीले विश्वव्यापी शासन प्रणालीका चुनौतीको मिलेर सामना गर्नुपर्छ । संसारका सबै देशहरू एउटै डुङ्गाका यात्रु हुन् जसको एउटै नियति छ । आँधीबेहरी पार गर्दै जहाजलाई उज्यालो भविष्यतिर पु¥याउन सबै यात्रुहरूले होस्टेमा हैंसे गर्नुपर्छ । कसैलाई पनि यो जहाजबाट बाहिर फाल्ने सोच स्वीकार्य हुन सक्दैन । आजको समय र युगमा अन्तर्राष्ट्रिय समुदाय निकै अत्याधुनिक र एकआपसमा अन्तरनिर्भर संरचना बनेको छ । कुनै पनि एउटा पेचकिल्ला निकाल्दा यो औजारको काममा गम्भीर समस्या निम्तिने गर्छ । त्यसो भए पीडित र पीडक दुवै पक्षले क्षति बेहोर्नुपर्नेछ । आजको संसारमा एकपक्षवाद र आफ्नै स्वार्थ मात्र फत्ते गर्ने चाहना पक्कै पनि असफल हुनेछ । त्यस्तै विभाजन, आपूर्ति प्रणालीमा समस्या र अत्याधिक दबाब पनि असफल हुने निश्चित छ । त्यस्तै ‘सानो गुट’ बनाउने अथवा वैचारिक आधारमा द्वन्द्व र तनाव बढाउने काम पनि सफल हुने छैन । बरु, हामीले विश्वव्यापी सुशासनको दर्शन अङ्गीकार गर्नुपर्छ जसले विस्तृतरूपमा सरसल्लाह, साझा योगदान र आपसी हितलाई जोड दिन्छ, मानवताको साझा मूल्य प्रबद्र्धन गर्छ र सभ्यताहरूबीच आपसी सम्बन्ध र सिकाइको पक्षमा बोल्छ । हामीले बहुपक्षता अङ्गाल्नुपर्छ, संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय कानुन पालना गर्ने अन्तर्राष्ट्रिय व्यवस्थामा आधारित अन्तर्राष्ट्रिय प्रणालीको दृढताका साथ रक्षा गर्छ । समानता, सहकार्य, असल भावना र कानुनी शासनको सम्मान गर्ने उदाहरणको अनुकरण र त्यही अनुसारको व्यवहारले प्रमुख देशहरूको लागि विशेष महत्वपूर्ण छ ।
महिला तथा सज्जनबृन्द र मित्रहरू,
प्रत्यक्ष र अप्रत्यक्ष लडाइँ, कठिनाइ र चुनौती सामना गरिसकेका एसियाली जनताले शान्तिको महत्व राम्ररी जानेका छन् । उनीहरूलाई विकासका उपलब्धि सजिलै हासिल हुन नसक्ने कुरा राम्ररी बुझेका छन् । बितेका दसकमा एसियालीहरूले समग्रतामा स्थायित्व र दिगो तीव्र विकास हासिल गरे । उनीहरूले सम्भव भएसम्म एसियाली चमत्कार देखाए । एसियालीहरूले प्रगति गर्दा त्यसको लाभ संसारले उठायो । त्यसकारण हामीले एसियालाई विकास गर्ने र बलियो बनाउने क्रमलाई चालु राख्नुपर्छ, एसियाली क्षमता, विकास र शक्ति प्रदर्शन गर्नुपर्छ, एसियालाई विश्व शान्तिको जरा, विश्वव्यापी वृद्धिको केन्द्र र अन्तर्राष्ट्रिय सहकार्यको नयाँ पथप्रदर्शन बनाउनुपर्छ ।
प्रथमतः हामीले दृढतापूर्वक एसियामा शान्तिको रक्षा गर्नुपर्छ । हाम्रो क्षेत्रमा शान्ति र स्थायित्व आफसेआफ हाम्रो काखमा बस्न आउँदैन । अथवा कुनै पनि देशको दानबाट त्यो प्राप्त हुन सम्भव छैन । यो त हाम्रो क्षेत्रका सबै देशहरूको साझा प्रयासको प्रतिफल हो । सुरूमा एसियाले नै अघि बढाएका शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र बाङ्डुङ भावना आज पनि सान्दर्भिक छन् । हामीले आपसी सम्मान, समानता, आपसी लाभ र शान्तिपूर्ण सहअस्तित्वजस्ता सिद्धान्तको हामीले सम्मान गर्नुपर्छ, असल छिमेकी र मित्रताको नीति पछ्याउनुपर्छ र हाम्रो भविष्य सधैँ हाम्रो हातमा बाहिर जान दिनु हुँदैन ।
दोस्रो, हामीले व्यापकरूपमा एसियाली सहकार्य अघि बढाउनुपर्छ । एसियाका धेरै उखानले ऐक्यबद्धता र सहकार्यको मूल्यबोध गराउँछ । जस्तै ‘सँगै पहाड उक्ल र सँगै ओर्ल गल्छीमा’, ‘उखु र लेमनग्रास बाक्लो भएर हुर्किन्छ ।’ एसियाको विकासको निम्ति सबभन्दा उपयुक्त बाटो भनेको सबैको कल्याण गर्ने सहकार्य हो । क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (रिसेप) को कार्यान्वयन र चीन–लाओस रेलमार्गमा यातायात सुचारू गर्नुले हाम्रो क्षेत्रको संस्थागत र भौतिक सम्बन्ध (कनेक्टिभिटी) लाई प्रभावकारीरूपमा टेवा दिएको छ । हामीले थप खुला एसियाली बजारका अवसर छोप्नुका साथै आपसी लाभकारी सहकार्यमा नयाँ फड्को मार्नुपर्छ ।
तेस्रो, हामीले एसियाली एकता मिलेर प्रबद्र्धन गर्नुपर्छ । शून्य उपलब्धिका खेल छोडेर संवाद र सहकार्य, बन्द कोठा र बहिष्करणको अवधारणाको ठाउँमा खुलापन र समावेशी, अहमभावको ठाउँमा आपसमा सिक्ने र आदानप्रदानलाई जोड दिनुपर्छ । एसियालीहरूको खुला हृदयको लागि यो नै एउटा मात्र उपयुक्त छनौट हुन सक्छ । हामीले क्षत्रीय वास्तुमा आसियान केन्द्रियतालाई बलियो बनाउनुपर्छ । सबै पक्षको भावना र लाभलाई सन्तुलितरूपमा समायोजन गरी क्षेत्रीय व्यवस्था अघि बढाउनुपर्छ । देशको आकार र शक्ति जस्तोसुकै भए पनि, त्यो देश क्षेत्रभित्रको वा बाहिरको भए पनि उनीहरूले एसियामा समस्या होइन, गतिशीलता थप्नुपर्छ । सबैले शान्ति र विकासको पथ पछ्याउनुपर्छ, सबैको हित हुने सहकार्य खोज्नुपर्छ र एकता र प्रगति मिलाएर एसियाली परिवारमा योगदान गर्नुपर्छ ।
प्रिय मित्रहरू,
दुई महिनाअघि चीनले व्यवस्थित, सुरक्षित र भव्य ओलम्पिक र पाराओलम्पिक शीतकालीन खेलकुद सम्पन्न ग¥यो । त्यसले संसारमा आशा र आत्मीयता सञ्चार ग¥यो । यो वर्षको उत्तराद्र्धमा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन हुँदै छ । भविष्यको चीनको विकासको लागि त्यो महाधिवेशनले मार्गचित्र कोर्नेछ ।
चिनियाँ अर्थतन्त्रको आधारभूत पक्ष – लचकता, विशाल क्षमता, अथाह सम्भावना र दिगोपनामा कुनै परिवर्तन भएको छैन । यिनले संसारको अर्थतन्त्रको स्थायित्व र पुनःस्थापनाको लागि ठूलो गतिशीलता प्रदान गरेको छ । सबै देशमा बजारको अवसर व्यापक बनाउनेछ । चीनले विकासको नयाँ दर्शनको पूर्ण कार्यान्वयन गर्नेछ । विकासको नयाँ आयाम स्थापनालाई तीव्रता दिनेछ । अनि उच्च गुणस्तरीय विकासको लागि प्रयासलाई दोब्बर बढाउनेछ । संसारमा जस्तोसुकै परिवर्तन आए पनि सुधार र खुलापनप्रति चीनको विश्वास कति पनि विचलित हुनेछैन । चीनले उच्च गुणस्तरीय खुलापनलाई विस्तार गर्नेछ । विदेशी लगानीको नकारात्मक पक्षलाई निरूत्साहित गर्नेछ । विदेशी प्रत्यक्ष लगानीको विस्तार गर्नेछ । लगानी प्रवद्र्धनको लागि सेवा सहज बनाउनेछ । सेवा क्षत्रमा खुलापनको लागि थप नहरको ढोका खोल्नेछ । चीनले हैनान खुला व्यापार बन्दरगाह र नमुना खुला व्यापार क्षेत्र विकासको निम्ति मूर्त कदम चाल्नेछ । त्यस्ता क्षेत्र उच्च गुणस्तरीय अन्तर्राष्ट्रिय आर्थिक र व्यापार कानुनमा आधारित हुनेछन् । संस्थागत खुलापनसहित ती क्षेत्र अघि बढाइनेछ । चीनले पूर्णरूपमा रिसेपको कार्यान्वयन गर्नेछ । अरू देश र क्षेत्रमा उच्चस्तरीय विदेशी व्यापार सम्झौता गर्ने प्रयास गर्नेछ । त्यस्तै विस्तृत तथा प्रगतिशील अन्तरप्रशान्तीय साझेदारी सम्झौता र विद्युतीय आर्थिक साझेदारी सम्झौतामा सक्रियतापूर्वक पालना गर्दै उच्चस्तरीय बेल्ट एन्ड रोड परियोजना अघि बढाउनेछ ।
चीन शान्तिपूर्ण विकासको बाटोमा अथक अघि बढ्नेछ । चीनले विश्व शान्तिको लागि सधैँ योगदान गर्नेछ । विश्वको विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षकको रूपमा काम गर्नेछ ।
सार्थीहरू,
चीनमा एउटा भनाइ छ, ‘हिँड्दै गर ¤ तिमीलाई हजारौँ माइलले थकाउने छैन । हजारौँ कामबाट तिमीलाई थकाइ लाग्नेछैन ।” हामीले हातमा हात जोडेर प्रयास जारी रहे हामीले सहकार्यबाट ठूलो ऊर्जा हासिल गर्नेछौँ । बाटोका हरेक तगारा पन्छाउन सक्छौँ । मानव जातिको उज्ज्वल र उत्तम भविष्य बनाउन सक्नेछाँै ।
अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *