भर्खरै :

दलबदलको परिणाम आ–आफै भिडन्त

काठमाडौँ, १३ वैशाख । पुँजीवादी व्यवस्थाको दलीय बन्दोबस्तको निर्वाचनको समयमा देखिने अराजकता सा¥है शरमलाग्दो हुन्छ । ‘आया राम, गया राम’ भनिने भारतीय राजनैतिक परिदृश्यमा देखिने लेनदेन र पदलोलुप प्रवृत्तिले भारतीय जनतामा राजनीतिप्रति वितृष्णा देखिएको ५० वर्ष नाघ्यो ।
राजनैतिक दलहरू एक न एक राजनैतिक दर्शन र नीतिको आधारमा स्थापना भएको हुन्छ । तर, प्रजातन्त्रको नाममा व्यक्तिगत स्वतन्त्रता एवम् मानव अधिकारको दुहाइ दिई केही राजनैतिक कार्यकर्ता र नेताले हरेक निर्वाचनमा आफ्नो दल बदल्ने काम गरिरहेका हुन्छन् । राजनैतिक नेता, कार्यकर्ता तथा राजनैतिक दलहरूलाई सिद्धान्तहीन, देश र जनताको हितभन्दा आफ्नो व्यक्तिगत हितलाई प्राथमिकता दिने काम अराजनैतिक व्यक्ति र दलले गरेको प्रस्टिन्छ– भारत र नेपालमा ।
यसकारण, राजनैतिक नेता र कार्यकर्ताहरूलाई साधारण जनता र बुद्धिजीवीहरू बाटोमा भेट्दा ‘नमस्कार’, ‘जय हिन्द’ भनी हरेक प्रान्तमा जातजाति र भाषाभाषीअनुसार सम्बोधन र ‘प्रणाम’ गर्छन् । नेता र कार्यकर्ता पान चपाउँदै अगाडि बढ्छन् र नेतालाई तारिफ गर्ने र ‘प्रणाम’ गर्ने व्यक्तिले एकै क्षणमा ‘चोर नेता’ भनेर गाली गर्छन् ।
त्यस्तै प्रतिष्ठित र ज्येष्ठ नागरिकहरूसँग तपाईँहरू किन राजनीतिलाई मन पराउनुहुन्न, राजनीति नहुने के कुनै देश हुन्छ ?, देश चलाउन कुनै एक दल वा धेरै दल र एक व्यक्तिले भए पनि शासन नगरी देश चल्दैन भन्ने प्रश्नमा सा¥है घृणाको भावमा आफ्नो मुख अँध्यारो पार्दै भन्ने गर्छन् – ‘जसले जुत्ता खोल्छ र त्यसले जुत्ताले अरूलाई हान्छ, तिनीहरूले राजनीति गर्छन् ।’
आज नेपालको राजनैतिक मञ्चमा यस्तै दृश्य नेका, एमाले, प्रचण्ड गुट, माधव नेपालको एकीकृत समाजवादी र अरूले गएको निर्वाचनमा एउटा दलको मेयर, उपमेयर, पालिका सदस्य र हिजोको मनोनयन दर्ता गर्दा अर्कै दलका उम्मेदवारको रूपमा दर्खास्त हाले । १२
वैशाख २०७९ को ‘अन्नपूर्ण’ दैनिकले घरीघरी दल बदल्ने राजनैतिक नेता र कार्यकर्ताका तस्बिरहरू छाप्दै समाचार छाप्यो, ‘जनप्रतिनिधिको अदलबदल ।’
१३ वैशाखको ‘नागरिक’ दैनिकको समाचारको शीर्षक थियो, ‘रणभूमि बन्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय ।’
समाचार सिन्धुपाल्चोकको हो र सुरक्षाको फितलो बन्दोबस्तले ‘ढुङ्गामुढा, लाठी प्रहार, भागदौड र कोलाहलले अधिकृतको कार्यालयको दृश्य युद्धभूमिभन्दा कम थिएन ।’
भिडन्त भने नेपाली काङ्ग्रेसको नेृतत्वको गठबन्धनका दुई घटक माओवादी र ‘समाजवादी’ को बीचमा भएको थियो । सारमा माओवादी माओवादीमै चल्यो सङ्घर्ष । कस्तो सिद्धान्त र राजनीति ? नेपाल काङ्ग्रेस रेफ्री वा निर्णायक देखिन्छ ।
‘सिस्नो रोपेर तुलसी उम्रन्न’ भनेकै यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *