जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
- श्रावण ३, २०८३
प्योङयाङ, २६ डिसेम्बर । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया राष्ट्रिय मामिला आयोगका अध्यक्ष तथा कोरियाली मजदुर पार्टीका महासचिव किम जङ उनले आफ्नो देशको राष्ट्रिय सुरक्षा प्रणाली थप सशक्त बनाउने र परमाणु हतियारको सङ्ख्या बढाउने घोषणा गर्नुभएको छ । कोरियाली जनसेनाको ९० औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा सोमबार भएको विशाल सैन्य प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै कोरियाली जनसेनाका सर्वोच्च कमान्डर किमले परमाणु अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गर्नुभएको हो ।
“हामीले तीव्रगतिमा हाम्रो देशको पारमाणविक क्षमता सुदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालिरहने छौँ”, उहाँले भन्नुभयो ।
कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार परमाणुअस्त्र प्रयोग गर्ने फौज जुनसुकै बेला पनि तयार छ र शत्रुको आक्रामक कदमको द¥हो मुकाबिला गर्नेछ ।
प्रजग कोरियाको परमाणु अस्त्र वस्तुतः आफूविरुद्ध हुनसक्ने सम्भावित युद्धलाई निरुत्साहित गर्ने साधन भएको तर प्रजग कोरिया र कोरियाली जनताको रक्षाका लागि जुनसुकै बेलामा पनि परमाणु अस्त्र प्रयोग गर्न प्रजग कोरिया नहिच्किचाउने बताइएको छ । आफूमाथि आक्रमण भए प्रजग कोरियाले निर्मम प्रत्याक्रमण गर्ने चेतावनी पनि दोहो¥याइएको छ ।
कोरियाली जनसेनाको ९० औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रजग कोरियाले हालै सफल परीक्षण गरेको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) ह्वासोङ –१७ पनि प्रदर्शन गरिएको केसीएनएले जनाएको छ । गत मार्च महिनामा प्रजग कोरियाले सन् २०१७ पछि सबैभन्दा ठूलो आईसीबीएम परीक्षण गरेको थियो । परमाणुअस्त्र बोक्न सक्नेगरी बनाइएका ती आईसीबीएम क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता संयुक्त राज्य अमेरिकाको कुनै पनि भागसम्म रहेको दाबी गरिएको छ ।
सोमबारको सैनिक परेडमा ध्वनिको गतिभन्दा तीव्ररूपमा जाने हाइपरसोनिक क्षेप्यास्त्र तथा पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक क्षेप्यास्त्रहरू पनि प्रदर्शन गरिएको केसीएनएले जनाएको छ । प्योङयाङमा भएको उक्त सैनिक परेडमा हजारौँ सेनाले भाग लिनुका साथै दसौँ लाख कोरियाली जनताले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अवलोकन गरेका थिए ।
सैन्य परेडमा सैनिकको लामो लस्करसहित अत्याधुनिक ट्याङ्क, तोप र नयाँ नयाँ अस्त्रहरू प्रदर्शन गरिएका थिए ।
(सिन्ह्वा÷केसीएनए)
Leave a Reply