भर्खरै :

दक्षिण प्रशान्तमा घुमिरहेको ‘भूत’ को हो ?

एउटा ‘भूत’ प्रशान्त महासागरमा घुमिरहेको छ । केही दिनअघि बेलायती ‘गार्डियन’ ले चीन र सोलोमन टापुहरूबीच सुरक्षा सहयोगबारे सम्झौतामा हस्ताक्षर गरेकोमा अमेरिका र अष्ट्रेलियाले निन्दा गर्दै लेख प्रकाशित गरेको छ ।
प्रशान्त महासागरको एक सार्वभौमसत्ता राष्ट्रको रूपमा सोलोमन टापुले समानता र पारस्परिक लाभको आधारमा चीनसँग सामाजिक व्यवस्था कायम राख्दै जनताको जीवन र सम्पत्तिको रक्षा गर्न, मानवीय सहायता लिन र प्राकृतिक प्रकोपको सामना गर्ने सहयोगमा अमेरिका र अष्ट्रेलियाबाट किन प्रतिक्रिया भइरहेको छ ?
अमेरिका र अष्ट्रेलियाले सोलोमन टापुहरूजस्तै प्रशान्त टापुका देशहरूलाई सार्वभौम राज्यहरूको रूपमा कहिल्यै मानेका छैनन् । प्रशान्त टापुका देशहरूले कसैसँग सहयोग लिने र कसैलाई सहयोग गर्ने भन्ने निर्णय अमेरिका र अष्ट्रेलिया हो भन्ने मान्यता राख्नु औपनिवेशिकता र प्रभुत्ववादी सोच हा ।
हालैका वर्षहरूमा अमेरिका, बेलायत र अष्ट्रेलियाले आणविक पनडुब्बी तथा हाइपरसोनिक हतियारहरूजस्ता अत्यन्त संवेदनशील सैन्य सहयोग गर्न तथाकथित त्रिपक्षीय सुरक्षा साझेदारी स्थापना गरेका छन् । यो कदमले फेरि एकपटक दक्षिण प्रशान्त राष्ट्रहरूलाई सामूहिक राजनीति र सैन्य टकरावको शिकार बनाउनेछ ।
सबै प्रकारका खराब व्यवहारहरूले अमेरिका र अष्ट्रेलियालाई दक्षिणमा अलोकप्रिय बनाएको छ । क्षेत्रीय शान्तिलाई धम्की दिने ‘भूत’ दक्षिण प्रशान्त महासागरको आकाशबाट सकेसम्म चाँडो हराउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *