भर्खरै :

नेमकिपाको २७ औं केन्द्रीय परिषद् बैठक शुरु

भक्तपुर, २० साउन । नेपाल मजदुर किसान पार्टीको २७ औं केन्द्रीय परिषद् शुक्रबारबाट शुरु भएको छ ।
परिषद्मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी तेस्रो चरणको स्थानीय तहको निर्वाचन, प्रादेशिक तथा संघीय निर्वाचनको तयारी र बद्लिंदो अन्तर्राष्ट्रिय परिस्थितिको सम्बन्धमा छलफल हुने बताइएको छ । शुक्रबार पार्टीका विभिन्न पेशागत तथा जनवर्गीय संगठनका प्रतिवेदन प्रस्तुति शुरु भयो ।
परिषद् बैठकको अध्यक्षता गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले पार्टीका प्रकाशनलाई पार्टी कार्यकर्ताले पाठ्यपुस्तकको रुपमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले यो वर्ष अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीलाई अध्ययन र अन्तरक्रिया गरी विश्व इतिहासको महत्वपूर्ण क्रान्तिको स्मरण गर्न पार्षद्हरुलाई निर्देशन दिनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै उहाँले प्रजग कोरियालाई संरा अमेरिकी विदेशमन्त्रीले शत्रु देश नभएको बताए पनि उत्तर कोरियामाथिको नाकाबन्दी र हमला नछोड्नु गलत भएको बताउनुभयो ।
बैठकमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले २६ औं केन्द्रीय परिषद् यताको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
परिषद् बैठक शनिबारसम्म चालु रहने पार्टी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *