विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
आजभन्दा करीब ५५२ वर्ष पहिले संसारलार्ई यस्तो दूषित तर राजनीतिको घिनलाग्दो खेलमा सत्य सावित भएको सिद्धान्त दिने निकोलो मेकियावेलीको जन्म इटलीको फ्लोरेन्स सहरमा सन् १४६९ मा भएको थियो । मेकियावेलीका बुबा एक कुशल वकिल थिए । त्यसैले मेकियावेलीले सानै उमेरदेखि घरमै अनौपचारिकरूपमा व्यावहारिक शिक्षा हासिल गर्न पाएका थिए । उनले ग्रामर, ग्रीकलगायतका कैयौँ विषयको अध्ययन गरेका थिए । मेकियावेलीले आफ्नो पहिलो जागीर सचिवको रूपमा गरे र पछि उनी फ्लोरेन्स सहरको चान्सलर पनि भए । राजनीति र शासन सत्ताको विषयमा मेकियावेलीले जुन किसिमको विश्व प्रख्यात सिद्धान्त प्रतिपादन गरे, उनी त्यस्तै परिस्थितिमा हुर्के–बढेका थिए ।
मेकियावेलीको सिद्धान्तलार्ई बुझ्नको लागि युरोपको तत्कालीन परिस्थितिबारे थोरै जान्नुपर्ने हुन्छ । त्यतिबेला युरोपमा अस्थिरता र हलचल व्याप्त थियो । इटली पनि कैयौँ स–साना राज्यहरूमा विभाजित थियो । मेकियावेली हुर्के–बढेको सहर फ्लोरेन्समा पनि गणतन्त्र अति नै कमजोर अवस्थामा थियो । त्यहाँ शक्तिको अनुपातमा सरकार बदलिरहन्थ्यो । धर्मगुरू ‘पोप’ कै प्रभुसत्ता सर्वमान्य थियो भने केही क्षेत्रमा पोप र चर्चलार्ई चुनौती दिनेहरू पनि थिए । उता फ्रान्स, स्पेन र रोमको बीचमा पनि समय–समयमा शक्ति सङ्घर्ष चलिरहन्थ्यो ।
सन् १४९४ मा फ्लोरेन्स सहरले गणतान्त्रिक शासनलार्ई आत्मसात गरेर शक्तिशाली मेडिची परिवारलार्ई सत्ताबाट टाढा राखिदियो । जहाँ मेडिची परिवारले ६० वर्षसम्म शासन गरेको थियो । त्यही समयमा मेकियावेली सरकारको सचिव बनेका थिए । तर, उनी लामो समयसम्म सचिवको पदमा रहेनन् । सन् १५१२ मा चर्चको सहयोग लिएर मेडिची परिवारले फेरि गणतान्त्रिक सरकारको विरूद्वमा युद्वको आह्वान गर्यो । युद्व भयो, गणतान्त्रिक सरकारको हार भयो, अर्थात् जनताको हार भयो । गणतान्त्रिक शासकलार्ई निर्वासित बनाइयो साथै फ्लोरेन्स सहरमा सरकार नै भङ्ग भयो । त्यसपछि मेकियावेलीको पनि खराब समय आयो । यिनै घटनाको गहिरो प्रभाव मेकियावेलीको सिद्धान्तमा परेको देखिन्छ ।

सन् १५१३ मा मेडिची परिवारले मेकियावेलीलार्ई घूसपैठको आरोप लगाएर जेल चलान गरिदियो । जेलमा उनलार्ई कठोर यातना दिइन्थ्यो । तर, जस्तोसुकै यातना दिए पनि मेकियावेलीले आफू निर्दोष रहेको कुरा बारबार बोलिरहे । अन्त्यमा तीन हप्तापछि मेकियावेलीलार्ई रिहाइ गरियो तर तत्कालीन प्रशासनले उनलार्ई बाह्य गतिविधि तथा राजनीतिबाट टाढै बस्न बाध्य बनायो । त्यसपछि मेकियावेलीले गाउँले जीवन जिउन थाले । त्यही समयमा उनले दुनियाँकै प्रसिद्ध किताब ‘द प्रिन्स’ लेखे । यही किताबका कारण उनी संसारभर चिनिन सफल भए ।
मेकियावेलीको किताब ‘द प्रिन्स’ इटालियन भाषामा लेखिएको राजनीतिक शासन पद्धतिसम्बन्धी सरल एवम् उत्कृष्ट निबन्ध थियो । यो किताब सन् १५२७ मा मेकियावेलीको निधन भएको पाँच वर्षपछि सन् १५३२ मा मात्र प्रकाशित भयो । यो किताब देख्दा सानो भए पनि यसमा राजनीतिक शासन पद्धतिसम्बन्धी सरल साथै व्यवहारिक कथ्यहरू समावेश गरिएको हुनाले यसलार्ई संसारका राजनीतिक सीमा पार गर्न ज्यादा समय लागेन । मेकियावेलीलार्ई कतिपय मान्छेहरू निरङ्कुशतालार्ई मलजल गरेको आरोप लगाउँछन् । आलोचकहरू भन्ने गर्छन् कि पछिल्लो शताब्दीमा विश्वका ठूला–ठूला शासकहरू मेकियावेलीले लेखेको सिद्धान्त अपनाएर देशको सर्वोच्च पदमा पुगे । जसको उदाहरणको रूपमा बेलायती प्रधानमन्त्री विस्टन चर्चिल, अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन रूजवेल्ट र फ्रान्सका शासक नेपोलियन बोनापार्टलगायत कैयौँ चर्चित राजनेताको नाम लिन्छन् । त्यतिमात्र नभएर कतिपयले हिटलर र मुसोलिनी निरङ्कुश हुनुको दोष पनि यही किताबलाई दिन्छन् । तर, यी र यस्ता आरोप प्रमाणित गर्ने ठोस आधार भने भेटिएको छैन ।
यी १५ औँ शताब्दीका राजनीतिक दार्शनिक निकोलो मेकियावेलीले आफ्नो किताब ‘द प्रिन्स’ मा शासकीय सिद्धान्तको बारेमा चर्चा गरेका केही महत्वपूर्ण पक्षलार्ई हामीले समेट्ने कोसिस गरेका छौँ ।
द प्रिन्स अर्थात् राजा शासकहरूको गुण तथा अवगुणको दस्तावेज हो । शासकको गुणको चर्चा गर्नुको अलावा मेकियावेलीले राजालाई उसको व्यक्तित्वप्रति सचेत गराएको देखिन्छ । मेकियावेलीका अनुसार, शासकका आसेपासेहरूलार्ई यस्तो नलागोस् कि हामीले यसलार्ई अवहेलना गर्नसक्छौँ र अनादर गर्नसक्छौँ । उनका अनुसार हरेक शासकले सार्वजनिक जीवन जिउने गर्छन् र यसका कैयौँ मर्यादा र बाध्यता हुन्छन् । शासकमा असल गुण भएको राम्रो तर उसलाई जिन्दगीले यस्तो कुरा सिकाउँदैन किनकि अधिकांश शासकहरूको प्रतिस्पर्धा सधैँ कपट, लोभी तथा स्वार्थी मान्छेहरूसँग हुने गर्छ । यस्ता मान्छेहरूको सामना गर्न र लामो समयसम्म शासक भएर रहनको लागि क्रूर हुनुपर्छ । यसको मतलब यो होइन कि शासक सधैँ क्रूर हुनुपर्छ तर आवश्यक परेको खण्डमा क्रुरतालार्ई आत्मसात गर्नसक्नुपर्छ । मेकियावेलीले भनेका छन् कि यदि राजाले सामान्य मानवीय भावनाको आवेगमा आएर साधारण मान्छेको व्यवहार गरेको खण्डमा उसको सत्ता छिनिन सक्छ । त्यसैले जहिले पनि शासकले आफ्नो शक्तिको प्रयोग गरेर सत्तामा नियन्त्रण राखिरहनुपर्छ ।
द प्रिन्स’ को १६ औँ अध्यायमा मेकियावेलीले लेखेका छन्, ‘राजा अर्थात् शासकले आफ्ना जनताप्रति ज्यादा दयावान र उत्तरदायी हुनु त्यति राम्रो कुरा होइन । किनकि यसबाट जनतामा आफ्नो शासकप्रतिको आशा अझ बढेर आउँछ ।’ मेकियावेलीका अनुसार जनताको बीचमा असल देखिनको लागि शासकले केही राम्रा योजनाको सुरूआत जरूर गर्नुपर्छ तर त्यसबाट राज्यको ढुकुटी पनि बिस्तारै–बिस्तारै रित्तिँदै जान्छ । त्यसैले ज्यादा उत्तरदायी हुनु राज्यको आर्थिक पक्षको लागि पनि राम्रो होइन । किनकि यदि राज्यको सञ्चित धन खतम भएको खण्डमा शासकले जनताका सपना पूरा गर्नको लागि जनताबाटै उठाउने करमा वृद्धि गर्नुपर्छ । जसले गर्दा फेरि जनताले शासकलार्ई मनपराउन छोड्छन् भने राज्यको सञ्चित धन खर्च हुने खालका लोकप्रिय योजनाहरू बन्द गरेको खण्डमा पनि जनताले शासकको आलोचना गर्न थाल्छन् । जहिले पनि शासकको असल व्यवहार कालान्तरमा जनताको नजरमा घृणाको कारण बन्न पुग्छ ।
मेकियावेलीको मान्यता थियो– शासक कहिल्यै पनि जनताको शत्रु बन्नुहुँदैन र जनताको नजरमा शासकले शत्रुतापूर्ण व्यवहार पनि देखाउनुहुँदैन । तर, जनतासँग मित्रता गर्नको लागि राज्यमा खुसियाली नै फैलाउनुपर्छ भन्ने छैन । तथापि जनतामाझ जहिले पनि हाम्रो शासक असल छ भन्ने भ्रमचाहिँ फैलाइरहनुपर्छ । साथै शासकले आवश्यक परेको खण्डमा राजनीतिक हतियारको रूपमा प्रयोग गर्नसक्ने किसिमले मात्र आफ्ना जनतासँग मित्रताको भावना प्रकट गर्नुपर्छ । जसले राज्यमा स्थिरता ल्याउँछ र शासनकाल पनि लम्बिन्छ ।
राजालाई जनताले प्रेम गर्नुपर्छ वा उसको डरमा जिउनुपर्छ ?
यसको जवाफमा मेकियावेलीले लेखेका छन् कि एक साधारण शासक सैद्धान्तिकरूपमा यो चाहन्छ कि मान्छेले उसलाई प्रेम पनि गरून् र उसको डर पनि मानून् । तर, प्रेम र डर दुवैको संयोजन एकदम गा¥हो कार्य हो । यी सबै कुरा मानवीय स्वभावमा भरपर्छ । त्यसैले प्रेम र डर दुवैको संयोजन गर्न नसकेको खण्डमा बरू प्रेम गर्नुको अलावा मसँग डराउन भन्ने चाहना शासकमा हुने गर्छ ।
मेकियावेलीले लेखेका छन् कि राज्यको सुरक्षा गर्ने समयमा शासकले आफ्नो इज्जतको चिन्ता गर्नुहुँदैन । इज्जतको चक्करमा कैयौँ राजा दयालु बन्छन् । जसको कारण राज्यमा अशान्ति फैलिन सक्छ र परिणाममा सत्ता नै गुम्न सक्छ । तर, यसको मतलब एक शासकले जनतामा आफूप्रति घृणा नै पैदा हुने गरी डर सृजना गर्नुपर्छ भने होइन ।
मेकियावेलीका अनुसार शासकले आफू सधैँ धार्मिक देखिने कोसिस गरिरहनुपर्छ । तर, धर्मको लागि मात्र धार्मिक देखिनु शासकको लागि हानिकारक हुनसक्छ । शासकले धर्मको पालन गरोस् या नगरोस् तर आफू धार्मिक रहेको कुरा देखाइरहनु जरूरी हुन्छ । किनकि, जनता तुलनात्मकरूपमा धर्मको अनुसरण गर्ने शासकलाई ज्यादा मन पराउँछन् । त्यसैले जनताको मन जित्नको लागि शासकले जनतामाझ धार्मिक आचरण देखाइरहनुपर्छ । तर, मेकियावेलीले यो पनि भनेका छन् कि सच्चा चरित्रलार्ई सामान्य धार्मिक गुणहरूले मात्र परिभाषित गर्नसक्दैन । शासकले धार्मिकताको अलावा राजकौशलमा रणनीति, शक्ति, बहादुरी र आवश्यक परेको खण्डमा कठोरतासाथ निर्णय लिन–दिन सक्नुपर्छ ।
मेकियावेलीले शासकको चर्चा गर्ने क्रममा ‘आपराधिक सद्गुण (ऋचष्mष्लब िखष्चतगभ)’ भन्ने शब्दको अधिक चर्चा गरेको देखिन्छ । आपराधिक सद्गुण अरू केही नभएर राज्यलाई सु–सज्जित तरिकाले सञ्चालन गर्नको लागि आवश्यक सन्तुलित कार्य हो । यसको प्रयोग गर्नको लागि राजाले आफ्ना कडा सर्त अघि सार्ने गर्छन् ।
मेकियावेलीको शासकीय सिद्वान्त पढिसकेपछि कैयौँ विद्वानहरूले मेकियावेलीलाई युरोपका चाणक्य पनि भन्ने गरेको पाइन्छ । तथापि, यो एउटा छुट्टै कुरा हो तर युरोपमा मेकियावेलीको शासकीय राजनीतिक सिद्धान्त अति नै लोकप्रिय भयो । उनको सिद्धान्त राजनीतिशास्त्रको नाममा प्रसिद्ध भयो । यसको अर्थ हुन्छ– “एक यस्तो व्यक्ति जसले नैतिकता, इज्जतको अलावा उपयोगिता वा औचित्यलार्ई प्राथमिकता दिने गर्छ ।”
राजनीतिक शासकीय सिद्धान्तको छोटो चर्चा
– शासक अर्थात् देशमा शासन गर्नेहरूले कहिल्यै पनि जनताको शत्रु बन्नुहुँदैन र जनतासँग कहिल्यै पनि शत्रुतापूर्ण व्यवहार गर्नुहुँदैन । तर, यो पनि होइन कि जनतासँग मित्रता गर्नको लागि राज्यमा खुसी नै फैलाउनुपर्छ । शासकले जनताप्रति ज्यादा दयावान बन्नाले पनि उक्त दया राज्यको विरूद्ध प्रयोग हुनसक्छ । मित्रता केवल एउटा राजनीतिक हतियार हो, जसको प्रयोगबाट शासकले राज्यमा स्थिरता ल्याई आफ्नो शासनकाल लम्ब्याउन सक्छ ।
– आवश्यक परेको समयमा जनतासँग शासकले क्रूर पनि हुनुपर्छ भने धर्मप्रति आस्था होस् वा नहोस् धार्मिक देखिने कोसिस गरिरहनुपर्छ ।
– राजनीति ‘बेइमानी र जालझेल’ को संयोजन हो । वास्तवमा आम मान्छेहरू लोभी, स्वार्थी, धूर्त र कृतघ्न हुन्छन् । कसैको उपकारलार्ई सजिलै बिर्सिन्छन् । त्यसकारण, जनतालार्ई प्रेमको आधारमा नभई दमनको भरमा नियन्त्रण गर्नुपर्छ ।
– यदि ठूलो लक्ष्य हासिल गर्नु छ भने त्यसको लागि अनैतिक बाटो अपनाउन पनि पछाडि हट्नुहुँदैन । तर, उक्त अनैतिक बाटोबाट भविष्यमा जनताले राम्रो नतिजा देख्न पाउनुपर्छ । ताकि शासकका यस्ता अनैतिक माध्यमलाई जनताले सजिलै माफी दिन सकून् ।
– राजनीति अनैतिकता, बेइमानी, छल र दुष्टको संयोजन हो । त्यसैले, शासकले दयालु हुनुपूर्व यो कुरा सोच्नुपर्छ कि उसको दयाको कसैले अनुचित लाभ उठाउन नसकोस् ।
– राजा अर्थात् शासकको पहिलो कर्तव्य आफ्नो देशको रक्षा र दीर्घकालीन हित हुनुपर्छ । शासकले राजकाज गर्ने क्रममा कोहीप्रति केही अन्याय गर्नुपर्यो भने पनि हिच्किचाउनु हुँदैन । एकै पटकमा त्यो काम गरिहाल्नुपर्छ । किनकि, राज्यको सुरक्षा, विकास र इज्जतका अगाडि सानितिनो अन्याय भन्ने कुरा गौण हुन जान्छ ।
Leave a Reply