एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
नेपालको निर्वाचनहरूमा जाँड–रक्सी, माछा–मासु, कुर्ता–सुरूवाल, चोलो–सारी, खाममा हजार–हजारको नोट, नुन–तेल, चामल–दालको बोरा, भारतीय कम्पनीको ग्यास चुल्हो, टर्चलाइट, मोबाइल बाँडेर निर्वाचन लड्ने र जित्ने ‘बहादुरी’ देखाउन नेपालका वर्तमान शासक दलहरूलाई केकोे लाज ?
पुँजीवादी प्रजातन्त्रको जननी भनिने बेलायतमै निर्वाचनमा १७ औँ शताब्दीका उम्मेदवारहरूले मतदाताहरूलाई जाँड–रक्सीसहितको भोज गर्थे, हो–हल्ला र रमाइलो गर्ने बन्दोबस्त गर्थे । मतदान केन्द्रकै अगाडि खानपानको व्यवस्था गरी उनीहरू निर्वाचन जित्थे ।
त्यसैले होला, नेपाली काङ्ग्रेस, एमाले, नेका गठबन्धनको प्रचण्ड नेतृत्वको दल, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी आदि बडो गर्वका साथ पुँजीवादी प्रजातन्त्र (बेलायत र संरा अमेरिका) को ‘निष्पक्ष र धाँधलीरहित निर्वाचन’ लाई प्रयोग गर्दै छन् ।
हो त, संरा अमेरिकाका राष्ट्रपिता र प्रथम राष्ट्रपति जर्ज वाशिङ्गटनले १७५८ को निर्वाचनमा चुनाव जित्न एकसय ६० ग्यालन (७२७ लिटर) मदिरा मतदाताहरूलाई बाँडेका थिए । संरा अमेरिका त पहिले बेलायतकै उपनिवेश थियो । मालिक देशले सिकाएको पाठ उपनिवेश देशहरूले नक्कल गर्नु र पाठ सिक्नु कुन अपराध होला र ! (नयाँ पत्रिका – १८ वैशाख २०७९)
अहिले नेपालले कति नराम्रो राजनीतिक संस्कृति भारतबाटै आयात गर्दै छ – जुन हिजो बेलायत र अमेरिकामा प्रचलित थियो र छ । २० औँ शताब्दीमा अर्थात् सय वर्ष अगाडिसम्म निर्वाचनमा एक आपसमा जालसाजी, कुटिलता, धम्काउने–तर्साउने, लोभलालच देखाउने गरिआएकै छन् । चार तोला सुन, चार विघा जमिन, विवाह नगरेकालाई लोग्ने र स्वास्नी, भाडाको घरको एक कोठा, जागिर वा पैसा, छात्रवृत्ति वा परीक्षामा उत्तीर्ण गराउने वा कर्मचारीलाई पदोन्नति तथा कारागारमा सजाय भोगिरहेका अपराधीलाई छोडाइदिने वचनमात्रै होइन सरकारमा गएपछि ऐन–नियम संशोधन गरेर पनि वा कानुनका छिद्रछ्रिद्र केलाएर निर्वाचन आचारसंहिता ऐन–कानुनविपरीत कार्यान्वयन गर्नुजस्तो अपराधलाई गर्वको विषय बनाउँदै छन् । निर्वाचनको बेला गुण्डागर्दी र झगडा हुँदै कसैको हत्या भई पक्राउ परे २४ घण्टाभित्र छोडाउने वचन गृहमन्त्री हुनेहरूकै अगाडि कबुल गर्थे । सत्य के हो भने पुँजीवादी व्यवस्था स्वयं लुटपाट, शोषण, हत्या र हिंसाबाट विकास भएको बन्दोबस्त भएको हुँदा मजदुर र किसान एवं दुःखी र इमानदार जनताको शोषण, दमन, हत्या र हिंसा भएसम्म निर्वाचनमा पनि कुनै सुधार हुनेछैन । सुधारका नाममा पुराना जालसाजीको ठाउँ नयाँ नयाँ कानुन र आचारसंहिताको छिद्रछिद्रलाई प्रयोग गर्दै कानुनी अपराध र शासक वर्गले निर्वाचनमा काबु पाई नै रहने छन् जसरी मतसीमा (थ्रेसहोल्ड) ले नयाँ तानाशाही लागु गरेर प्रजातन्त्रको हत्या गरिँदै छ वा कानुनी डकैती हुँदै छ ।
निर्वाचनलाई चोरी र डकैतीको निम्ति पर्दा बनाउँदै अपराधी ठेकेदार, व्यापारी र पुँजीपति वर्गको ‘बहादुरी’ को एक उदाहरण – ‘चुनावको मौका छोपेर नदीको अवैध दोहन ।’
‘एक मिटर गहिराइ खन्नुपर्नेमा मापदण्डविपरीत पाँच मिटरसम्म खनियो ।’ तस्वीरमा दमक र मिक्लाजुङको सीमा भएर बग्ने मावा नदीमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका एक्साभेटर र टिपरहरू’ देखाइएका छन् । विशेषज्ञहरूलाई मात्र होइन साधारण जनतालाई पनि थाहा भइसकेको विषय हो – बाढी, भूस्खलन, पहिरो, गाउँका जनताको उठीबास र जन–धनको क्षति हुन्छ । ‘जनप्रतिनिधिले राजीनामा दिएको मौका पारेको हुनसक्ने’ उपशीर्षक ! (नयाँ पत्रिका, १८ वैशाख, २०७९)
केही समाचार शीर्षक हेरौँ – ‘दल अदलबदल गरी मेयर ‘म्याराथन’ मा, ‘गुटबन्दीको धरापमा गठबन्धन ।’ (नागरिक १५ वैशाख, २०७९)
‘आचारसंहिता पालन गराउन प्रेस काउन्सिल सक्रिय’, ‘२४ सै घण्टा अनुगमन’, ‘उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने’, ‘भ्रम छर्ने १६ सञ्चारमाध्यमलाईलाई स्पष्टीकरण ।’ (राजधानी, १७ वैशाख २०७९)
Leave a Reply