वडा नं. ५ मा सुझाव सङ्कलन
- जेष्ठ १३, २०८३
भक्तपुर, २० वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मादल चिह्नमा मतदान गरी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई अत्याधिक मतले विजय गर्न आह्वान गर्दै बुधबार भक्तपुरको क्वाथण्डौमा जनसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले सिंहदरबार कब्जा गरेका शासक दलहरूलाई चुनावमा फेरि मतदान गरेर गल्ती गर्न नहुने बताउनुभयो ।
उहाँले चुनावको बेला शासक दलहरूले घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेको चर्चा गर्दै सत्तारूढ दलका नेता–कार्यकर्तालाई सरकारले राम्रो काम गरेको भन्ने नैतिक अधिकार नभएको बताउनुभयो ।
सांसद सुवालले सरकारले कृषि क्षेत्रमा दिएको अनुदान रकम नक्कली किसानहरूले दुरूपयोग गरिरहेको भन्दै आफूलाई कम्युनिस्ट दाबी गर्ने शासक दलहरूले युवाहरूलाई कुलतमा फसाउने नीति ल्याएकोमा विरोध जनाउनुभयो ।
राजनीतिक दलका नेता राम्रो नभए पार्टी नराम्रो हुने भन्दै शासक दलमा आबद्ध कार्यकर्ताहरूले आफ्नो पार्टीका सरकारले गरेका कमी कमजोरीको विरोध गर्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले निर्वाचन राजनीतिक र वैचारिक सङ्घर्ष भएकोले शासक दलका विचार र नीतिप्रतिको विरोधलाई व्यक्तिगतरूपमा लिन नहुने बताउनुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर नपाको प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले अराजनीतिक पृष्ठभूमिबाट आएका शासक दलका नेताहरूले नेमकिपामाथि लगाउने गरेको लाञ्छना टिप्पणी योग्य नभएको बताउनुभयो ।
चुनाव राजनीतिक विचार र सिद्धान्तबीचको प्रतिस्पर्धा र सङ्घर्ष भएको चर्चा गर्दै उहाँले सङ्ख्यालाई भन्दा विचारलाई प्राथमिकतामा दिनुपर्नेमा जोड दिनुभयो ।
शासक दलहरूले राजनीतिलाई गुण्डागर्दी र विचारहीन बनाएकोमा विरोध गर्दै नेमकिपाका केन्द्रीय सदस्य प्रजापतिले शासक दलहरूले सङ्घीयतालाई बाँदरको हातमा नरिवल बनाएको बताउनुभयो ।
उहाँले नाफामुखी मेडिकल कलेजका मालिकहरूको दबाबमा सरकार र शासक दलहरूले भक्तपुर नपालाई मेडिकल कलेज स्थापना गर्ने अवसर नदिएको बताउनुभयो ।
भक्तपुरमा युवा रोजगारी प्रवद्र्धनबारे सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरमा पर्यटन उद्योगसँग जोडिएको रोजगारी सिर्जना गर्ने हाम्रो प्रयास जारी छ ।”
भक्तपुर नपाको उपप्रमुख पदका लागि नेमकिपाका उम्मेदवार रजनी जोशीले पाँच वर्षमा जनताको साथमा भक्तपुर नपाले गरेका उपलब्धिको चर्चा गर्दै भक्तपुर नगरमा खानेपानीको अभाव समाधान गर्ने, ख्वप विश्वविद्यालय स्थापना गर्ने प्रयास जारी राख्ने, पुनःनिर्माण अधुरो रहेका सम्पदा संरक्षणको निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुरमा सरूवाभन्दा नसर्ने रोग बढी रहेकोले नगरमा नियमित स्वास्थ्य शिविर र घर–घरमा नर्सिङ सेवालाई विस्तार गरिरहेको प्रस्ट पार्दै उहाँले नगरका दसवटै वडामा शिशु स्याहार स्थापना गर्ने, ज्येष्ठ नागरिकको हेरविचारको निम्ति आदर निकेतन स्थापना गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर नपा वडा नं १० का उम्मेदवार लक्ष्मीप्रसाद ह्यौँमिखाले बितेका पाँच वर्षमा भक्तपुर नपा वडा नं १० मा भएका विकास निर्माणबारे जानकारी दिनुभयो ।
नेमकिपा वडा नं १० निर्वाचन परिचालन समितिका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको जनसभामा नेमकिपाका उम्मेदवारहरू जितेन्द्र मुनंकर्मी, कृष्णनारायण दुमरू, तारा शाक्य र विष्णुमाया कामीले बोल्नुभएको थियो ।
Leave a Reply