निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, २५ वैशाख । नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर चुनाव परिचालन समितिको आयोजनामा तारकेश्वर न.पा.को स्थानीय तहको निर्वाचनमा नेमकिपाको मेयर, उपमेयर र वडा नं. ६, ८, ९ र १० का वडा अध्यक्ष र सदस्यहरू उम्मेदवारहरूलाई विजयी बनाउन टोल टोलमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।
वैशाख २४ गते तारकेश्वर न.पा. वडा नं. ९ को गणेशस्थान, निकटी टोल, नविन नगर, सूर्याेदय नगर वडा नं. ४ र ५ को गोलढुङ्गा वडा नं. ६ को बस्नेत टार, महाङ्कालचोक, धर्मस्थली बजार, वडा नं. २ को काभ्रेस्थली, वडा नं. १ को साङ्गलामा घरदैलो कार्यक्रम भएको छ । तारकेश्वर न.पा. वडा नं. ६ धर्मस्थली बजारमा भएको कोणसभामा मेयर उम्मेदवार श्रीकुमार महर्जनले भ्रष्टाचारमुक्त तारकेश्वर न.पा. को लागि नेमकिपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
कोणसभामा नेमकिपाका के.स. सदस्य सनकमान महर्जनले शासक दलहरूले थोपरेको मतसीमा (थ्रेसहोल्ड) प्रजातन्धविरोधी भएकोले नेमकिपाले यसको खारेजीको माग गर्दै आएको बताउनुभयो । देशमा शासक दलले गर्दै आएको, अरबौँ भ्रष्टाचार र भागबन्डाको राजनीति अन्त्यको लागि देशभक्त पार्टी नेमकिपाका उम्मेदवारहरूलाई जिताउन अनुरोध गर्नुभयो ।
तारकेश्वर न.पा.मा मेयर पदमा राजनैतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
Leave a Reply