पर्यटक पथप्रदर्शकका लागि भक्तपुरमा एकदिने पुनर्ताजगी तालिम
- आश्विन १५, २०८३
भक्तपुर, २५ वैशाख । नेपाल मजदुर किसान पार्टी सुडाल निर्वाचन परिचालन समितिको आयोजनामा आइतबार चुनावी सभा भयो ।
उक्त सभामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले नेकाको सरकारले ट्रलिबस, भृकुटी कागज कारखाना, भक्तपुर इँटा तथा टायल कारखाना आदि उद्योग तथा कलकारखानाहरू कौडीको मूल्यमा निजीकरण गरेकोमा विरोध गर्नुभयो ।
निजीकरण गरिएका उद्योग कारखानाहरू राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अमेरिकी सरकारको धम्कीसामु झुकेर शासक दलहरूले एमसीसी सम्झौता गरेर देशघात गरेको बताउनुभयो ।
“एमसीसी सम्झौता पारित भएपछि अमेरिकाले नेपाललाई संरा सङ्घको बैठकमा रूसविरूद्ध मत हाल्न बाध्य पार्ने काम असंलग्न परराष्ट्र नीतिविपरीत हो”, उहाँले भन्नुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख पदका उम्मेदवार केशवप्रसाद तिमिल्सिनाले नपामा भ्रष्टाचार व्यापक बढेको गुनासोपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फाइल कब्जा गरेको प्रसङ्ग उल्लेख गर्दै जनतालाई मार नपर्ने गरी कर असुली गरेर जनताकै सेवा–सुविधामा खर्च गर्न सकिने बताउनुभयो ।
सभामा पूर्वशिक्षक सन्तराम दुलालले निर्वाचन घोषणापत्रको लडाइँ हो, यो एक प्रकारको जनतालाई सुसूचित पार्ने विश्वविद्यालय हो भन्नुभयो ।
सांसद विकास कोषको रकम विभिन्न गाउँहरूमा खर्च गरेको हुँदा नेमकिपालाई गाउँ नहेर्ने पार्टी भन्नु झूट हो भन्नुभयो ।
निर्वाचन परिचालन समिति सुडालका मदन गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार कल्पना लामा, मिनबहादुर बाटा, नारायण घिमिरे, वलिदा नायजू, सम्झना बुढाथोकी, बुद्धिकुमार श्रेष्ठ र करूणा तिमिल्सनाले पनि बोल्नुभएको थियो । े
Leave a Reply