सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
अछाम, २७ वैशाख । नेपाल मजदुर किसान पार्टी, अछाम चुनाव प्रचार समितिको आयोजनामा स्थानीय तहको चुनावबारे हात्तीबाँझ कमलबजार नगरपालिकामा एक छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह बिकले एमसीसी पास गर्नु भनेको नेपालको सार्वभौमिकता अमेरिकालाई सुम्पिनुसरह भएको बताउनुभयो । देशको सार्वभौमिकता एमसीसी पास गरेर विदेशीलाई सुम्पिने देशघाती पार्टी एवम् नेताहरू साम्राज्यवादीहरूले प्रयोग गरेका दलालहरू भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति कमाउन वा आफू ठूलो बन्नको लागि नभई समाज परिवर्तनको लागि हो । कम्युनिस्टहरू आफू मरेर पनि देश बचाउँछन् तर हाम्रा देशका नक्कली कम्युनिस्टहरू आफू बाँच्न देश बेच्छन् ।”
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले जित्नकै लागि देशघाती, प्रतिक्रियावादी शक्ति र पार्टीहरूसँग साठगाँठ गर्न नहुने चर्चा गर्दै उहाँले चुनाव जनतालाई सचेत बनाउने एउटा अवसर भएकोले हारजित ठूलो कुरा होइन भन्नुभयो ।
उहाँले विकासको नाममा नेपाली जनताको टाउकोमा ऋण थोपरेर पुल, सडकको योजना ल्याउने ठूला पार्टीका नेताहरू आफ्नै खल्तीबाट पैसा झिकी योजना ल्याएको जस्तो फूर्ति गरिरहेको स्मरण गर्दै विकास आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर अघि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले चुनावमा धाँधली गर्नसक्ने हुनाले हामी सतर्क रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा अछाम जिल्ला समितिका अध्यक्ष झन्कर शाहीले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।
Leave a Reply