भर्खरै :

जनताको सेवामा चुनौती सामना गर्नु अन्यथा होइन

  • बैशाख २८, २०७९
  • राजा नेपाल
  • विचार

अन्य मुलुकबाट आएका पर्यटक पाहुनाहरूले ऐतिहासिक नगर भक्तपुर प्रवेश गर्न एक अमेरिकी डलरको प्रवेश शुल्क तिर्नुपर्ने भनपाको नयाँ प्रावधानले उतिबेला सरकार नै उक्त निर्णय विरुद्ध लागेको थियो । वर्षाैँदेखि पर्यटन व्यवसायमा संलग्न धनाढ्यहरू, नाम चलेका ट्राभल्स एजेन्सी र ठूला होटल सञ्चालकहरू पनि भनपाको यस नविन प्रयोगविरुद्ध उभिए । प्रवेश शुल्क अन्तर्राष्ट्रिय बजारको चलनचल्तीमा सहज तरिकाले परम्परादेखि व्यवहारमा लागु हुँदै आएको एउटा स्वीकारयोग्य रफत हो ।
उनीहरूले भन्न थाले, विदेशी पाहुनाहरूले गरिने किनमेल (shoping) ठप्पै हुने भयो । पर्यटकहरूलाई लक्षित गरी सानातिना व्यवसाय गर्नेहरूको जीवन निर्वाह गर्ने उपाय बेहाल हुने भयो । अब नेपालमा पयर्टन व्यवसाय धरासयी हुने सम्भावना टाढा छैन ।
संसारका धेरै देशहरू भ्रमण गरेका ती व्यक्तिहरूलाई विश्वका अरू मुलुकहरूका एउटा सामान्य गल्लीभित्र छिर्नसमेत प्रवेश शुल्क तिर्नुपर्ने नीतिनियम राम्ररी थाहा छ । ती सहरहरूमा घुमफिर गर्दा नियमानुसारको प्रवेश शुल्क तिरेको विगत तिनीहरूले सम्झेकै होलान् । फेरि गरिब देशका नागरिक भनेर वा माउन्ट एभरेस्ट या बुद्ध जन्मेको पवित्र भूमिबाट आएका विदेशी पाहुना भएर कुनै छुट नदिँदा मन दुखेको नमीठो क्षण पनि यादै होला । ती व्यक्तिहरूलाई धनी देशका पाहुनाहरूले एक डलर (उनीहरूको एक रुपियाँ) थप खर्च हुनेमा टाउको दुखाउनुपर्ने आवश्यकै थिएन । राजधानीभित्र भनपाको विरोधमा भएको यो घटनाको बाछिटा अन्य जिल्लाहरूमा पनि पैmलाई केन्द्रीय सरकारबाट हस्तक्षेप गराउनेसम्मका कार्यहरू तिनीहरूबाट भएका थिए ।
भनपाको विरोधमा उफ्रिने ती अविवेकीहरूले त्यो बेला भक्तपुर नगरमा वि.सं २०४९ सालमा निर्वाचित नगर प्रमुख ज्ञानबहादुर न्याईच्याइलार्ई अबौद्धिक मेयरको दुखद निर्णय भनी सस्तो आलोचना गर्नसम्म भ्याए । तर, आवश्यक प्रवेश शुल्क तिरी खुसी भएर यस ऐतिहासिक नगर भक्तपुर भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्यामा भएको वृद्धिले एक डलरको प्रवेश शुल्कको नवीन प्रावधानले नेपालमा पर्यटन विकास धरासयी हुने भविष्यवाणी गरेका ती व्यक्तिहरूको भनाइ शतप्रतिशत हावादारी सावित भयो । तीमध्ये कोही त पर्यटन विकास विषयका विज्ञ पनि छन् । केही महिनापछि नै काठमाडौँ उपत्यकाभित्र रहेका सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्व बोकेका र विश्व सम्पदा सूचीमा दर्ज भइसकेका स्थान र स्थलहरूले पनि भनपाकै नीति नियम अनुसरण गर्दै विदेशी पाहुनाहरूलाई प्रवेश शुल्क अनिवार्य गर्न थाले । त्यतिबेला कहीँकतैबाट विरोधको एक शब्दसम्म उच्चारण भएको सुनिएन ।
यसरी भनपाले अन्य पालिकाहरूका लागि प्रकाशस्तम्भको भूमिका निर्वाह गरेको सरोकारवाला सबैतिरबाट महसुस गरियो । तिनीहरूको चिन्तन दिमागमा गोबर भरिएपछि स्वदेश वा विदेशमा अध्ययन गरी प्रमाणपत्र प्राप्त गर्दैमा तिनको विचार सही र समयसाक्षेप हुन नसक्ने प्रस्ट छ । भनपाको नविन प्रवेश शुल्कबारे मिथ्या प्रचार गर्ने विज्ञ र बौद्धिक भनिएकाहरूको शैक्षिक प्रमाणपत्र पूर्व भनपाका नगर प्रमुख स्व. ज्ञानवहादुर न्याईच्याईको दूरदर्शिता, व्यवहारिक ज्ञान र अनुभवको अगाडि रद्दीको टोकरीमा फाल्न मिल्ने कागजको खोस्ता भए । तिनीहरूको सोच र विचार आधारहीन सावित भयो । भनपाको हरेक क्रियाकलाप र गतिविधिहरू नजिकबाट नियाल्दै गरेकाहरू भन्छन्, “पर्यटकबाट उठ्ने रकम भक्तपुर नगरको विकास र पुर्खाले सिर्जेका ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको संरक्षण र पुनःनिर्माणका लागि कायाकल्प भएको छ । स्वदेश या विदेशका विश्वविद्यालय दीक्षित हुँदैमा उनको हरेक कुरा र कार्य सही हुन्छ भन्ने होइन ।”
कुनै पनि विकास कार्यको थालनी गर्न विदेशी दातृ सङ्घसंस्थाको मुख ताक्नु दरिद्र मानसिकताको उपज हो । आप्mनै पुर्खाको गौरवगाथा बिर्सेर अर्काको जुठोमा जीवन गुजारा गर्ने मनसायले बाँचेकाहरू पानीआन्द्रे र नामर्द हुन् । भक्तपुर नगरको ऐतिहासिक सम्पदा पुनर्निमार्णका लागि जर्मन सरकारले सर्तसहितको वैदेशिक अनुदान रकम भनपाले अस्वीकार गरेको देखेर वा सुनेर नेपाल सरकारको विभिन्न मन्त्रालय र विभागका उच्च ओहदाको कुर्सीमा उपरखुट्टी लाएर बस्ने वरिष्ठ अधिकृत भनिएकाहरूले ¥याल चुहाएको पनि थाहा भयो ।
सर्तसहितको उक्त वैदेशिक आर्थिक अनुदान हरहालतमा भनपालाई स्वीकार गर्न लगाई कमिसन कुम्ल्याउने लोभले तिनीहरूबाट जोरबल नगरेका पनि होइनन् । तर, विदेशी अनुदानसँग गाँसिएका ती सर्तअनुसार सम्पदाहरूको पुनःनिर्माण गर्दा परम्परागत कला शैली र मौलिकता हराउन बलियो सम्भावना छ । उक्त आर्थिक सहयोग जन निर्वाचित भनपाका स्वाभिमानी जनप्रतिनिधिहरूले स्वीकार गरेनन् । यस सङलो र पवित्र निर्णयलाई हृदयगम गरी आप्mनै परम्परा, रीतिरिवाज, कला संस्कृति र आप्mनोपनप्रति अपार स्नेह र सद्भाव भएका नेपाली जनबाट भनपाले स्यावासी पाएका छन् । यसरी आर्थिक मामिला र पारदर्शितामा सफा भइरहेको भनपाको छविलाई फोहर गर्न स्वदेशी तथा विदेशीहरूको दौडधूप असफल नभएको होइन ।
विश्वको धेरै ठाउँ घुमेर पनि भक्तपुरमा ५० वर्षको लामो बसाइका कारण यहाँको ऐतिहासिक नाचगान, रीतिरिवाज, संस्कार, कला संस्कृति, परम्परा र वास्तुकलाबारे राम्रो ज्ञान हासिल गर्नुभएका जर्मन सम्पदाविद् निल्स गुत्सो (Niel Gutschow) का आप्mनै निजी विचारले भक्तपुरजस्तो सुन्दर जीवित सङ्ग्रहालय (Living Museum) संसारको अन्य ठाउँमा हुन नसक्ने बताउँछ । विभिन्न सम्पदाको पुनःनिर्माणलगायत ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न जनश्रमदान र आर्थिकरूपले नगरवासीहरूले देखाएको सहयोग र सहभागिता यसैगरी पारदर्शिता र मितव्ययितामा प्राथमिकता रहन्छ भने आगामी दिनहरूमा पनि जनहितका कार्य गर्न तथा लोपोन्मुख सांस्कृतिक गतिविधिहरूलाई पनि जीवन्त राख्न भनपालाई कुनै वैदेशिक अनुदानको खाँचो आवश्यक नपर्ने वास्तविकता सबैले बुभ्mन आवश्यक छ ।
अर्काले दिएको सर्तसहितको बैशाखी टेकेर आप्mनो लक्ष्यमा कहिल्यै नपुग्ने यथार्थ शारीरिक अवस्थाले तन्दुरुस्त व्यक्तिलाई अवश्य थाहा हुनुपर्छ । देश र जनताको निःस्वार्थ सेवामा लागिपर्दा चुनौती सामना गर्नु अन्यथा होइन । नेमकिपालाई जरैदेखि उखेल्न निरङ्कुश तानाशाही पञ्चायतीद्वारा राज्यस्तरबाट सञ्चालित २०४५ सालको भक्तपुर काण्डलाई स्मरण गर्दा काफी हुन्छ ।
न्यायिक पैmसला अगावै प्रहरी हिरासतको चरम यातना भोगेर जेलभित्र परेका साथीहरू तथा नेमकिपाका अध्यक्ष रोहितलाई समेत पञ्चायती सरकारका प्रधानमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूले फाँसीको माग गरेका थिए । कठोर भूमिगत अवस्थामा पनि केही अविचलित साथीहरू विभिन्न विदेशी कूटनीतिज्ञ तथा सञ्चारमाध्यमहरूमार्फत त्यस राष्ट्रियस्तरको जनविरोधी षड्यन्त्रणको भण्डाफोर गर्न निरन्तर लागिपरे । नेमकिपालाई निम्ट्यान्न पार्ने हेतुले रचेको उक्त छलकपटबारे अङ्ग्रेजीमा अनुवादित लेख, रचना र समाचारहरू विदेशी पाहुनाहरूको हातमा थम्याई उनीहरूको मुलुकको विभिन्न अखबारहरूमा प्रकाशित गर्न आग्रह गर्दै आप्mनै हिसाबले भेषबदली ती साथीहरू पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण नेपालका विभिन्न स्थान र सहरहरूमा अहोरात्र खटे ।
त्यतिबेला हाकुपतासी र भक्तपुरवासीहरूमाथिको विशेष निगरानीमा खटिएका प्रहरीहरूसित लुकामारी र तेलकासा खेल्दै आप्mनो कार्यमा सफल हुनु निरङ्कुश पञ्चायत व्यवस्थामा कम चुनौतीपूर्ण थिएन । वि.सं. २०४५ सालपछि जन्मेका युवाहरूलाई नेमकिपाका कार्यकर्ता र त्यसमा आस्था र विश्वास राख्ने साथीहरूले ती दिनहरूमा भोगेका कष्टपूर्ण तथा सङ्घर्षशील घटनाहरूबारे सुन्न र बुझ्ने गरे एकादेशको कथाझैँ लाग्नसक्छ । नेमकिपाका साथीहरूले निर्वाचित भइसकेपश्चात् भनपाको विद्यमान उज्ज्वल छविलाई अझ तेजेश्वी बनाउन सबै वर्ग र क्षेत्रका महानुभावहरूको साथ र सहयोग लिई निम्न कार्यहरू गर्नेतर्फ अग्रसर हुनुपर्ने देखिन्छ ।
१. स्वावलम्बी भएर सुखी जीवनयापनको लागि कुनै न कुनै व्यवसाय गर्नु असल नागरिकको पहिचान हो । नगरको बाक्लो बस्तीभित्र च्यूरा मिल सञ्चालनको व्यवसायले छरछिमेकका ज्येष्ठ नागरिक र बालबच्चाहरूको स्वास्थ्यमा धुलोका स–साना कण र धुवाँले पार्ने प्रतिकूल प्रभाव तथा काष्ठ उद्योग जहाँ बिहान सबेरैदेखि गरिने काठ चिरान र अन्य सम्बन्धित कार्यले सिर्जना गर्ने असह्य ध्वनि प्रदूषणबारे जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ ।
२. भनपा भवनको अलि वर इन्द्रायणी पीठ भई लाय्कु दरबार जाने बाटोको पश्चिमतिर अवस्थित उद्योग क्षेत्रको कारण स्थानीय जनताले भोगिरहेका दुःख र बाटोछेवैको अग्ला कच्चा भवनहरूमा सञ्चालित कुखुरा व्यवसायको कारण भक्तपुर नगर छिर्नेबित्तिकै वाकवाक्ती आउने कडा गन्धले पयर्टकहरूले नाक खुम्च्याउनुपर्ने बाध्यात्मक अवस्थाले भक्तपुर नगरलाई सुन्दर र सफा राख्ने कार्यदिशातर्फ व्यङ्ग गरेजस्तो लाग्छ । यस वास्तविकताबारे केही विदेशी पाहुनाहरूले नमीठो टिप्पणी गरेको सुन्नुपर्दा कुनै पनि सचेत नागरिकलाई असजिलो हुनु स्वाभाविक हो । स्थानीयवासीहरूको मर्मलाई आत्मसात गरी बस्तीभित्रको वातावरण अमैत्री उद्योग हटाउन भनपाले लामो समयदेखि गरिरहेको प्रयासलाई सम्बन्धित सरकारी निकायले अटेर गरेको सञ्चारमाध्यमबाट सार्वजिनक भएको सबैलाई ज्ञात छ । तर, प्रयास जारी राख्नु मनासिव हुन्छ ।
३. ङातापोल्हँ मन्दिर, तमारी, दत्तात्रय, लाय्कु दरबार परिसरको वातावरणलाई हृदयदेखि प्रशंसा नगर्ने विदेशी पाहुनाहरू सायद नहोला । यी सुन्दर ऐतिहासिक स्थानहरूलगायत विभिन्न पोखरीहरूको छेउछाउको वातावरण तथा दृश्यभित्र आपूmलाई कैद गरी फेसबुकमा पोस्ट गर्न अचेल सेल्फी खिच्ने युवायुवतीहरूको सङ्ख्या दिनदिनै बढ्दो छ । तर, पवित्र ऐतिहासिक सुन्दर परिसर अन्य सार्वजनिक स्थानहरूमा बजारिया छाडा चलचित्र तथा Open society मा हुर्केका पश्चिमेली गोराहरूको सिको गर्दै दुई विपरीत लिङ्गका प्रेमी जोडीहरूको अशोभनीय क्रियाकलापले त्यस क्षेत्रमा टहल्न आउने अन्य सजन तथा भद्र नागरिकहरूले “…….लाई भन्दा देख्नेलाई लाज” को अवस्था सृजना भएको महसुस गर्ने गर्छन् । नेपाली समाजको मूल्य मान्यताविपरीतका तत्सम्बन्धी अश्लीलता र अमर्यादित क्रियाकलाप रोक्नु खाँचो भइसकेको छ ।
४. भक्तपुरको लाय्कु भने बित्तिकै लुँःध्वाका (Golden Gate) र ङेङापाः झ्य दरबार (55 windows palace) नसम्झिने कोही नहोला । वास्तविक इतिहासको अध्ययन नभएका केही यिअब िनगष्मभ हरूले पुस्तक साथमा भएका विदेशी पाहुनाहरूलाई पनि विश्व सम्पदामा सूचिकृत ती अद्वितीय मानव संरचनाबारे गलत ढङ्गले व्याख्या गरिरहेको पाइन्छ । ङेङापाः झ्य दरबार देखाउँदै तिनीहरूले अङ्ग्रेजीमा भने “King Bhupatindra Malla had 55 queens. Each windows belonged to a queen. लुँःध्वाकालाई सङ्केत गर्दै भने, “This is not a real golden gate, just gilded ” यसरी पर्यटकहरूलाई जथाभावी ढङ्गले वास्तविकता बङ्गयाउनु किमार्थ उचित होइन । गाइडहरूलाई प्राचीन इतिहासको ज्ञान प्रदान गरी आवश्यक थप तालिम दिनेतर्फ सोच्न आवश्यक छ ।
५. विद्यमान शैक्षिक सुविधाहरूको उपलब्धताका कारण अध्ययनशील विभिन्न सङ्कायका विद्यार्थीहरू भनपाद्वारा सञ्चालित सो पुस्तकालयबाट लाभान्वित भइरहेको यथार्थ हो । तर, त्यस उपयोगी पुस्तकालयको छेवैको पिपलबोटलाई घेरा हाली नेवारी शैलीको दाचीअप्पा वरिपरि खाली बियर सीसी, कवाडी खानेकुराका फोहर छताछुल्ल अवस्थामा हेरिरहन गा¥हो भयो । बिहान र बेलुकी नजिकैको नः पुखुमा टहल्न आउने नागरिकहरूलाई दुखै दिने नियतले बियर सीसीका काँचका ससाना टुक्राहरू धेरै ठाउँमा छरपस्ट रहेको र पोखरीमा बेहिसाब फालिएका फोहरा देख्दा नागरिक सचेतना कहीँ विलायो जस्तो लाग्छ ।
अब आउने स्थानीय सरकारका जननिर्वाचित पदाधिकारीहरूले यी कार्यहरूको थालनी गरेर जनताको सेवामा अझ बढी जिम्मेवारीसाथ अघि बढ्ने नगरवासीहरू विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *