कमैयाहरू अहिले पनि कष्टकर जीवन बिताउन बाध्य
- श्रावण १, २०८३
नेपालको अहिलेको राज्य व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीपति वर्गले पुँजीवादी व्यवस्था जोगाउँछ या जोगाउने राजनीति गर्छ । पुँजीवादी व्यवस्था बदल्न सङ्घर्ष गर्नुपर्छ । सङ्घर्ष गर्न क्रान्तिकारी पार्टी चाहिन्छ । क्रान्तिकारी पार्टीको क्रान्तिकारी सिद्धान्त हुनुपर्छ । क्रान्ति गर्न या समाज बदल्न बहुमत जनतालाई क्रान्तिकारी बनाउनुपर्छ या राजनीतिकरूपले सचेत र सङ्गठित गर्नुपर्छ । पुँजीवादी व्यवस्थाको निर्वाचनमा भाग लिएर पुँजीवादी व्यवस्था फाल्न सकिँदैन । यसकारण, सङ्घर्ष आवश्यक छ । सङ्घर्षबाट क्रान्तिको शुभारम्भ हुन्छ, सङ्घर्षबाटै क्रान्ति अघि बढ्छ र सङ्घर्षबाटै क्रान्तिको विजय हुन्छ । तर, त्यस्तो सङ्घर्ष भन्नेबित्तिकै हुने होइन, सङ्घर्ष हतारिए हुँदैन । देश, काल र परिस्थितिअनुसार सङ्घर्ष भइरहन्छ । त्यो सङ्घर्ष कहिले आर्थिक सङ्घर्ष हुन्छ त कहिले राजनीतिक सङ्घर्ष हुन्छ । अहिले हुन गइरहेको चुनाव राजनीतिक सङ्घर्ष हो । जनतालाई सचेत पार्ने र सरकारको गलत कार्यको खबरदारी गर्ने सङ्घर्ष हो निर्वाचन ।
सङ्घर्ष या आन्दोलन नै क्रान्ति होइन । तर, हरेक राजनीतिक सङ्घर्षले क्रान्तिको लागि बाटो तयार गरिरहेको हुन्छ । जनतालाई सैद्धान्तिक, वैचारिक र राजनीतिकरूपमा सचेत तुल्याइरहेको हुन्छ । हरेक सङ्घर्ष र आन्दोलनले जनतामाझ वर्ग शत्रु चिनाउने काम गरिरहेको हुन्छ । जनताको निम्ति काम नलाग्ने पुराना थोत्रो विचार छोडाउने वातावरण तयार गरिरहेको हुन्छ ? त्यो सङ्घर्ष देश र जनतासित सम्बन्धित हुन्छ । सच्चा कम्युनिस्टहरूले एकातिर जनतालाई सुसूचित पार्दै क्रान्तिको लागि बाटो तयारी गरिरहेका हुन्छन् भने अर्काेतिर विदेशी हस्तक्षेप, थिचोमिचो, विदेशी आक्रमण, विदेशी दबाबको विरोध गरिरहेका हुन्छन् । उनीहरू देश जोगाउने अभियानमा जुटेका हुन्छन् । देशलाई स्वाधीन र सार्वभौम बनाएर आत्मनिर्भर बनाउने काममा जुटिरहेका हुन्छन् । कम्युनिस्टहरू आमूल परिवर्तनका पक्षपाती हुन्छन् । उनीहरू द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त मान्छन् । आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्ष आवश्यक भएको ठान्छन् । कम्युनिस्ट पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद मान्नुको कारण वर्गसङ्घर्षलाई आत्मसात गर्नु हो ।
नेपालका कति कम्युनिस्ट पार्टीहरू आफूलाई माक्र्सवादी– लेनिनवादी ठान्छन् तर वर्गसङ्घर्षको कुरा कहिल्यै गर्दैनन् । उनीहरू पुँजीवादी व्यवस्थाभित्र रहेरै या पुँजीवादी निर्वाचनमा भाग लिएरै आमूल परिवर्तन गर्ने सपना बुन्छन् । यो सम्भव छैन । देशका ठूला दलका कम्युनिस्टहरूले पालैपालो शासन गरे । तर, कुनै मौलिक परिवर्तन गर्न सकिएन । वर्गसङ्घर्ष गर्न राजनीतिक वातावरण तयार गर्नुपर्ने ती दलका नेताहरू नै वर्गसङ्घर्ष आवश्यक नभएको स्वीकार्छन् । वर्गसङ्घर्षले मात्र देशमा आमूल परिवर्तन सम्भव छ भन्ने दल र दलका नेताहरूलाई तिनीहरू नक्कली कम्युनिस्ट मान्छन् । नक्कली कम्युनिस्टले सक्कली कम्युनिस्ट पार्टीलाई नक्कली कम्युनिस्ट भन्नुको अर्थ तिनीहरू देशमा आमूल परिवर्तन चाहँदैनन् भन्ने हो । उनीहरू निर्वाचनमा दौडधूप गर्छन्, जसरी भए पनि जित्ने दाउ रच्छन् । उनीहरू सरकार ढाल्ने र जोगाउने काममा सक्रिय हुन्छन् । सरकारको नेतृत्व गरेर व्यक्तिगत र दलगत स्वार्थमा डुब्छन् । जनतालाई राजनीतिकरूपमा सूसूचित पारेर परिवर्तन गर्ने कुरा गर्दैनन्, गर्न चाहँदैनन् । किनकि ती नेताहरू सच्चा कम्युनिस्ट होइनन्, सर्वसाधारण जनताको मत पाउनमात्र उनीहरू कम्युनिस्ट भएका हुन् । देशमा कम्युनिस्ट पार्टी बलियो भएको स्वीकार्ने तिनीहरू कम्युनिस्ट आन्दोलन अघि बढाउँदैनन् । किनकि, उनीहरू पुँजीवादी विचारका छन् । पुँजीवादी विचार बोकेको दलले आमूल परिवर्तन चाहँदैन ।
Leave a Reply